Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भोटेकोशी बाढीमा छोरा बेपत्ता, काजकिरिया गर्न खर्च जुटाउनै मुस्किल ७० वर्षीय बाबुरामलाई

भोटेकोशी बाढीमा छोरा बेपत्ता, काजकिरिया गर्न खर्च जुटाउनै मुस्किल ७० वर्षीय बाबुरामलाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीमा छोरा बेपत्ता, काजकिरिया गर्न खर्च जुटाउनै मुस्किल ७० वर्षीय बाबुरामलाई

हेटौँडा । रसुवाको भोटेकोशीमा आएको बाढीमा २५ वर्षीय छोरा प्रदीप बेपत्ता भएको ४७ दिन बितिसक्दा पनि हेटौँडा–५ का ७० वर्षीय बाबुराम सापकोटाले न छोराको शव भेट्नुभएको छ, न काजकिरिया गर्ने खर्च जुटाउन सक्नुभएको छ। आर्थिक अभाव र शारीरिक अशक्ततासँग जुधिरहनुभएका उहाँ छोराको अन्त्येष्टि संस्कारका लागि सहयोग माग्दै हिँडिरहनुभएको छ। बेपत्ता छोराको शव नभेटिएपछि पुरेतले कुशको शव बनाएर परम्पराअनुसार अन्त्येष्टि संस्कार गर्न सुझाव दिएका छन्। तर आर्थिक अवस्था कमजोर भएकाले बाबुरामलाई काजकिरियाको खर्च जुटाउनसमेत कठिन भएको छ। सोमबार उहाँ सहयोगको अपेक्षासहित जिल्ला प्रशासन कार्यालय मकवानपुर पुग्नुभएको थियो। “कमाइ गर्ने छोरा भोटेकोशीको बाढीमा बेपत्ता भयो। पुरेतले कुशको शव बनाएर काजकिरिया गर्न भनेका छन्। खर्च नभएपछि के गर्ने भन्ने भएको छ,” बाबुरामले भन्नुभयो। घरमा एक पैसा पनि नभएको र राहतसमेत नपाएको उहाँले बताउनुभयो। रुखबाट लडेर उहाँको दाहिने खुट्टा भाँचिएको छ। दमका बिरामी बाबुराम कानले पनि राम्रोसँग सुन्न सक्नुहुन्न। यस्तो अवस्थामा छोराको काजकिरिया गर्ने खर्च जुटाउन नसकेपछि उहाँले प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसँग सहयोग माग्नुभएको हो। “पछि पाउने राहत रकमबाट कट्टा हुने गरी काजकिरिया गर्न केही रकम उपलब्ध गराइदिन अनुरोध गरेँ,” उहाँले भन्नुभयो। प्रमुख जिल्ला अधिकारी अधिकारीले हेटौँडा उपमहानगरपालिका–५ का वडाध्यक्षलाई राहत रकम प्राप्त भएपछि कट्टा हुने गरी सहयोग उपलब्ध गराउन अनुरोध गर्नुभएको छ। वडाध्यक्ष सुशील घिमिरेले तत्काल २० हजार रुपैयाँसम्म सहयोग गर्न सकिने बताउनुभएको छ। सरकारले विपद्का घटनामा बेपत्ता भएका र शव नभेटिएकालाई ४५ दिनपछि मृत घोषणा गर्ने निर्णय गरे पनि आवश्यक प्रक्रिया पूरा गर्न समय लाग्ने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो। बेपत्ता व्यक्तिका आफन्तले पाउने राहत रकमसमेत यकिन भइनसकेको उहाँको भनाइ छ। दसैँमा घर फर्किने बताएका छोरा अझै बेपत्ता छ महिनाअघि मात्रै बाबुरामका जेठा छोरा प्रदीप मजदुरी गर्न रसुवा जानुभएको थियो। उहाँ त्यहाँ निर्माणाधीन जलविद्युत् आयोजनामा काम गर्नुहुन्थ्यो। भदौ ९ गते साँझ प्रदीपले आमा यमकुमारीसँग दसैँमा घर फर्किने बताउनुभएको थियो। “दसैँमा आउँछु भनेको छोराको अत्तोपत्तो नै छैन,” यमकुमारीले भन्नुभयो, “बुढेसकालमा यस्तो आपत् आइलाग्यो।” बाबुरामका दुई छोरामध्ये प्रदीप जेठा हुनुहुन्छ। कान्छा छोरा हेटौँडामै अध्ययनरत छन्। परिवारको आर्थिक अवस्था कमजोर छ। लामो समयसम्म बेपत्ताको शव नभेटिएपछि भोटेकोशी बाढीबाट प्रभावित अधिकांश परिवारले कुशको शव बनाएर परम्पराअनुसार अन्त्येष्टि संस्कार गरिसकेका छन्। तर सापकोटा परिवार भने आर्थिक अभावका कारण काजकिरिया गर्नसमेत असमर्थ बनेको छ। मकवानपुरका ५८ जना अझै सम्पर्कविहीन जिल्ला प्रशासन कार्यालय मकवानपुरको विवरणअनुसार भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि मकवानपुरका ५८ जना अझै सम्पर्कविहीन छन्। प्रशासनका अनुसार थाहा नगरपालिकाका २०, मनहरी गाउँपालिकाका चार, मकवानपुरगढी गाउँपालिकाका तीन, भीमफेदी गाउँपालिकाका दुई, बकैया गाउँपालिकाका तीन, इन्द्रसरोवर गाउँपालिकाका दुई, कैलाश गाउँपालिकाका दुई र राक्सिराङ गाउँपालिकाका एक जना सम्पर्कविहीन छन्। भीमफेदीका एक जनाको मृत्यु भएको पनि प्रशासनले जनाएको छ। बागमती गाउँपालिकामा भने बाढीबाट प्रभावित भएको विवरण छैन। सम्पर्कविहीनमध्ये ४१ जना चालक, १५ जना मजदुर, एक जना नेपाली सेनाका जमदार र एक जना इन्जिनियर रहेको प्रशासनको तथ्यांक छ। बाढीमा फसेका मकवानपुरका ४५ जनालाई रसुवा र नुवाकोटका विभिन्न क्षेत्रबाट उद्धार गरिएको थियो। बाढीमा परी मकवानपुरका चार जनाको मृत्यु पुष्टि भइसकेको छ। उनीहरूका आफन्तले शव बुझेर दाहसंस्कार गरिसकेका छन्। प्रशासनका अनुसार मृत्यु पुष्टि भएका व्यक्तिमा हेटौँडा–१५ का सुमन गोले, हेटौँडा–५ का उद्धव खड्का, हेटौँडा–१५ का रमेश मगर र भीमफेदी–२ का सविन राना रहेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

स्थानीय तह निर्वाचनका आधारभूत आयाम
ताजा खबरJust now

स्थानीय तह निर्वाचनका आधारभूत आयाम

स्थानीय तहको तेस्रो कार्यकालको निर्वाचनलाई केवल नयाँ जनप्रतिनिधि छनोट गर्ने प्रक्रियाका रूपमा होइन, एक दशकको संघीय अभ्यासबाट सिकेका पाठलाई संस्थागत गर्ने अवसरका रूपमा लिनुपर्छ । ...

कान्तिपुर
१० बजे १० समाचार : विवादित माननीयको अर्को विवाद, अस्तव्यस्त छ बजार
ताजा खबरJust now

१० बजे १० समाचार : विवादित माननीयको अर्को विवाद, अस्तव्यस्त छ बजार

आज २०८३ असोज २७ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– ...

रातोपाटी
रुसी डिजेल निर्यातले मूल्य घटाउनेमा ईयूका अर्थ प्रमुख सशंकित
ताजा खबरJust now

रुसी डिजेल निर्यातले मूल्य घटाउनेमा ईयूका अर्थ प्रमुख सशंकित

ईयू – युरोपेली संघ (ईयू) अर्थ मामिला प्रमुख भल्डिस डोम्ब्रोभ्स्किसले अमेरिकाले रुसी डिजेल निर्यातलाई अनुमति दिए पनि त्यसले विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपार्ने बताएका छन् । इरान युद्ध सुरु भएयता इन्धनको मूल्य उल्लेख्य रूपमा बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रुसले विश्व बजारमा ठूलो परिमाणमा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play