Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सिमेन्ट उद्योगीलाई राहत: सडक निर्माण गर्दा बिटुमिन र अस्फाल्टको विकल्प खोज्नुपर्ने, स्वदेशी सामग्रीलाई प्राथमिकता

सिमेन्ट उद्योगीलाई राहत: सडक निर्माण गर्दा बिटुमिन र अस्फाल्टको विकल्प खोज्नुपर्ने, स्वदेशी सामग्रीलाई प्राथमिकता

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिमेन्ट उद्योगीलाई राहत: सडक निर्माण गर्दा बिटुमिन र अस्फाल्टको विकल्प खोज्नुपर्ने, स्वदेशी सामग्रीलाई प्राथमिकता

काठमाडौं । सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेसँगै सडक, पुल, भवनलगायतका पूर्वाधार निर्माणमा आयातित सामग्रीको निर्भरता रोकेर स्वदेशी सामग्री र प्रविधिको प्रयोग बढाउने व्यवस्था गरिएको हो । निर्देशिकाले विशेषगरी सडक निर्माणमा आयातित बिटुमिन र अस्फाल्टमा आधारित कालोपत्रेको विकल्पमा प्राविधिक रूपमा उपयुक्त भए स्वदेशी सिमेन्टबाट बन्ने कङ्क्रिट सडक, स्थानीय ढुङ्गा तथा अन्य स्वदेशी निर्माण प्रविधि अपनाउनुपर्ने व्यवस्था गरेको छ । यसले कालोपत्रे सडक निर्माणमा प्रयोग हुँदै आएको आयातित सामग्रीको विकल्प खोज्नुपर्ने अवस्था सिर्जना गरेको छ । सरकारको यो नीतिको उद्देश्य सरकारी बजेटबाट हुने निर्माण तथा खरिदमा स्वदेशी उत्पादनको खपत बढाउनु, आयात प्रतिस्थापन गर्नु, स्वदेशी उद्योगको बजार विस्तार गर्नु र रोजगारी सिर्जना गर्नु रहेको छ । निर्देशिकाअनुसार निर्धारित गुणस्तर र प्राविधिक मापदण्ड पूरा गर्ने स्वदेशी मालसामान तथा स्थानीय सामग्री उपलब्ध भएसम्म सरकारी निकायले तिनको प्रयोग गर्नुपर्नेछ । सडक, पुल र भवनलगायतका पूर्वाधारको डिजाइन गर्दा उपयुक्त स्वदेशी विकल्प हुँदाहुँदै विदेशी सामग्री प्रयोग गर्नैपर्ने गरी डिजाइन बनाउन पाइने छैन । सरकारी भवन निर्माणमा पनि स्वदेशी सामग्रीको प्रयोगलाई प्राथमिकता दिइनेछ । आयातित ग्रेनाइट र टायलको सट्टा उपयुक्त स्वदेशी मार्बल, ढुङ्गा, स्लेट तथा टायल प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । भवनको सजावट, विद्युतीय जडान, फर्निचर तथा स्यानिटरीसम्बन्धी काममा समेत स्वदेशी विकल्प अपनाउनुपर्ने निर्देशिकामा उल्लेख छ । तर, स्वदेशी सामग्री प्रयोग गर्ने नाममा गुणस्तरमा सम्झौता गर्न पाइने छैन । निर्माण सामग्रीको गुणस्तर, सुरक्षा, टिकाउपन र प्राविधिक मापदण्ड अनिवार्य रूपमा पूरा हुनुपर्नेछ । स्वदेशी उत्पादनको बजार विस्तारसँगै औद्योगिक उत्पादन वृद्धि, रोजगारी सिर्जना र आयात प्रतिस्थापनलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य छ । निर्देशिकाले सरकारी खरिदमा विदेशी ब्रान्डलाई लक्षित गरेर प्राविधिक स्पेसिफिकेसन तयार गर्ने प्रवृत्तिलाई समेत निरुत्साहित गरेको छ । उपयुक्त स्वदेशी विकल्प उपलब्ध हुँदाहुँदै कुनै विदेशी ब्रान्ड, उत्पादनस्थल वा उत्पत्तिको मुलुकलाई मात्र लक्षित गरी खरिदसम्बन्धी मापदण्ड बनाउन पाइने छैन । यसैगरी, आयोजनाको सम्भाव्यता अध्ययन, डिजाइन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), लागत अनुमान तथा बोलपत्र तयार गर्ने चरणदेखि नै स्वदेशी सामग्री र प्रविधिको अधिकतम प्रयोग सुनिश्चित गर्नुपर्नेछ । बोलपत्र, प्राविधिक स्पेसिफिकेसन, परिमाण सूची र खरिद सम्झौतामा स्वदेशी सामग्री प्रयोग गर्ने व्यवस्था समावेश गर्नुपर्नेछ । सम्झौतामा स्वदेशी सामग्री तोकिएको अवस्थामा स्वीकृतिबिना विदेशी सामग्री प्रयोग गर्न पाइने छैन । नेपालभित्र उपलब्ध प्राकृतिक स्रोत तथा कच्चा पदार्थबाट उत्पादित वा प्रशोधित निर्माण सामग्रीलाई देशभरका सार्वजनिक आयोजना र सरकारी खरिदमा प्रयोग गर्न सकिने व्यवस्था पनि निर्देशिकामा गरिएको छ । यसले स्थानीय स्रोतसाधनमा आधारित उद्योग तथा उत्पादनलाई राष्ट्रिय बजारसम्म विस्तार गर्ने अपेक्षा गरिएको छ । स्वदेशी सामग्रीको प्रयोग सुनिश्चित गर्ने जिम्मेवारी सम्बन्धित सार्वजनिक निकायका प्रमुख, अध्ययन तथा डिजाइन तयार गर्ने प्राविधिक एवं परामर्शदाता र स्वीकृति दिने पदाधिकारीलाई तोकिएको छ । यसबाट आयोजना निर्माणको सुरुवाती चरणदेखि नै स्वदेशी सामग्रीको प्रयोग सुनिश्चित गर्न खोजिएको छ । विदेशी सामग्रीलाई स्वदेशी भन्दै आपूर्ति गर्ने, नक्कली ब्रान्ड वा लेबल प्रयोग गर्ने तथा उत्पादनस्थलबारे झुटो विवरण दिने निर्माण व्यवसायी वा आपूर्तिकर्तामाथि पनि कारबाहीको व्यवस्था गरिएको छ । त्यस्तो अवस्थामा सामग्री अस्वीकार गर्ने, भुक्तानी रोक्ने तथा कालोसूचीमा राख्ने र कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सकिनेछ । The post सिमेन्ट उद्योगीलाई राहत: सडक निर्माण गर्दा बिटुमिन र अस्फाल्टको विकल्प खोज्नुपर्ने, स्वदेशी सामग्रीलाई प्राथमिकता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

१२ बजे १२ समाचार : टुंगो लाग्यो गगन टीमदेखि अध्यादेशको विरोधसम्म
ताजा खबरJust now

१२ बजे १२ समाचार : टुंगो लाग्यो गगन टीमदेखि अध्यादेशको विरोधसम्म

काठमाडौँ। रातोपाटीको नियमित प्रस्तुति १२ बजे १२ समाचारमा पाठकवृन्दलाई स्वागत छ । विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुला विद्युत् व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा... ...

रातोपाटी
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
ताजा खबरJust now

आरुघाटमा बेलीब्रिज जडान गरिँदै

गोरखा । नेपाली सेना र गोरखा सडक योजनाले संयुक्त रूपमा आरुघाटमा बेलीब्रिज जडान गर्ने काम सुरु गरेका छन् । गत आइतबार बूढीगण्डकीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको पुलको केही... ...

रातोपाटी
भन्सार छलीका ९ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद
ताजा खबरJust now

भन्सार छलीका ९ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद

रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बनरहवाबाट प्रहरीले भन्सार छली गरी लुकाइछिपाइ राखिएका रु नौ लाख १८ हजार मूल्य बराबरका मोबाइलका डिस्प्ले तथा बडी प्यानल बरामद गरेको छ । इलाका प्रहरी... ...

रातोपाटी
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि सिट निर्धारण, यसै शैक्षिकसत्रदेखि पठनपान हुने
ताजा खबरJust now

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि सिट निर्धारण, यसै शैक्षिकसत्रदेखि पठनपान हुने

धनगढी । कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिकसत्र २०८३/८४ देखि पठनपाठन सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले पठनपाठनका लागि स्वीकृति दिँदै विभिन्न शैक्षिक कार्यक्रमका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play