Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

Share:WhatsAppFacebookX (Twitter)Telegram
कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जाको वालिङ १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले उत्पादन लागत कम गर्न आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिएको छ। गण्डकी प्रदेशका एघार जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पहिलो पटक धान काट्ने अत्याधुनिक मेसिनको प्रयोग थालेको हो । पछिल्लो समय कृषि क्षेत्रमा लागत बढ्दै गएकाले त्यसलाई कम गर्न आधुनिक प्रविधि भित्र्याउनुपरेको कार्यालय प्रमुख सुदीप रेग्मीले बताए। “हामीले उत्पादन गर्ने कृषि उपजको लागत मुल्य ह्वात्तै बढेर गएको छ ” उनले भने, “लागत मूल्य कम गराउन सकेको खण्डमा कृषक तथा उपभोक्तालाई प्रत्यक्षरुपमा लाभ पुग्छ।” कार्यालयले उन्नत जातका धान, गहुँ, कोदो लगायतका तरकारीजन्य बालीका बीउ उत्पादन गर्दै आएको छ । बीउ उत्पादनका लागि खेतबारीमा काम गर्ने कामदार पाउन कठिन हुने गरेको उनले बताए। “कामदार लगाएर उत्पादन गर्दा लागत धेरै बढ्ने भएकाले पनि आधुनिक यन्त्र उपकरणको प्रयोगतर्फ जोड दिएका छौं” उनले भने, “पछिल्लो समय धान काट्ने रीपर मेसिन ल्याएर प्रयोग गरेका छौं, यसले छोटो समयमै धेरै क्षेत्रफलमा धान काट्छ ।” कूल १० देखि १५ मिनेटमा तीन रोपनी धान काट्न सक्ने भएकाले पनि यो सस्तो, छिटोछरितो भएको उनी बताउँछन्। रीपरको प्रयोगले दिनभरी धान काट्न लाग्ने समयलाई घटाएर एकाध घण्टामा सिमित गरिदिने भएकाले समयको वचत हुने देखिन्छ । धान काट्नकालागि ज्यालामा श्रमिक नपाईने समस्या हटेर जानुकासाथै झण्डै ५० प्रतिशतसम्म लागत घट्ने उनी बताउँछन्। धान काट्ने मेसिनको प्रयोगले काटेको धानलाई एकैनासले पाँजा बनाउने र जमिनदेखि एउटै सतहमा सफा तरिकाले काट्ने भएकाले पनि पराल उठाउन र बाँध्न सजिलो हुने गरेको छ । सायिकरुपमा कृषि व्यावसाय गर्दै आएका समूह, सहकारी वा फर्मले धान काट्ने मेसिनको प्रयोग गर्दा उत्पादन लागत घट्ने भएकाले यसको प्रयोग अझ उपयोगी हुने उनले बताए। कार्यालय परिसरमा २२ रोपनी र वालिङ १ बगुवामा ८३ रोपनी क्षेत्रफलमा व्यावसायिकरुपमा धानको बीउ उत्पादन गर्दै आएको छ । कार्यालयले रामधान, हर्दिनाथलगायतका उन्नत धानका बीउ उत्पादन गर्दै आएको छ । उत्पादित बीउको सम्पूर्ण प्रक्रिया पूरा गरी बिक्री वितरण हुने गरेको छ। रासस The post कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

भारतीय टेल्को जियोले २७ करोड कित्ता शेयर निष्कासनमार्फत ३०२ अर्ब भारतीय रुपैयाँ जुटाउँदै
प्रविधिJust now

भारतीय टेल्को जियोले २७ करोड कित्ता शेयर निष्कासनमार्फत ३०२ अर्ब भारतीय रुपैयाँ जुटाउँदै

मेटा र गुगलको लगानी रहेको भारतको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक ‘जियो प्लेटफर्म्स’ (Jio Platforms) ले प्रारम्भिक सार्वजनिक निष्कासन मार्फत ३०२ अर्ब रुपैयाँ (३.२ अर्ब डलर) सम्म रकम जुटाउने योजना बनाएको छ। जियो प्लेटफर्म्सले अक्टोबर २१ देखि अक्टोबर २३ सम्म आईपीओमार्फत २७ करोड कित्ता सेयर बिक्री गर्नेछ। यसका लागि प्रति कित्ता मूल्य १,०६५ भारतीय रुपैयाँदेखि १,११९ भारतीय रुपैयाँ तोकिएको छ। टेलिकम ...

टेक्नोलोजी खबर
डिजिटल विज्ञापनदेखि क्लिन फिडसम्म, नियमन कसिलो बनाउँदै बोर्ड
प्रविधिJust now

डिजिटल विज्ञापनदेखि क्लिन फिडसम्म, नियमन कसिलो बनाउँदै बोर्ड

काठमाडौं । विज्ञापन बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन विज्ञापन बोर्डले डिजिटल विज्ञापनको प्रभावकारी नियमन, सरकारी विज्ञापनको एकद्वार व्यवस्थापन, लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण र विज्ञापनसम्बन्धी कानुन संशोधनलाई प्राथमिकतामा राखेको छ ।बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पेस गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा आगामी कार्यदिशा र हालसम्मका उपलब्धि समेटिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत राष्ट्रिय ...

आइसिटी समाचार
८००० एमएएच ब्याट्रि भएको भिभो वाई ३२ नेपाली बजारमा सार्वजनिक
प्रविधिJust now

८००० एमएएच ब्याट्रि भएको भिभो वाई ३२ नेपाली बजारमा सार्वजनिक

२९ असोज, काठमाडौं। भिभोले ८,००० एमएएच ब्याट्री क्षमतासहितको नयाँ स्मार्टफोन भिभो वाई३२ नेपाली बजारमा सार्वजनिक गरेको छ। दैनिक कामकाजमा स्मार्टफोनको उच्च प्रयोग हुने प्रयोगकर्तालाई लक्षित गरिएको वाई३२ युवा पेसाकर्मी, फिल्डमा काम गर्ने कर्मचारी तथा दिनभर सक्रिय रहनुपर्ने र काम तथा व्यक्तिगत जीवन दुवैका लागि भरपर्दो स्मार्टफोन खोज्ने प्रयोगकर्ताका लागि तयार गरिएको हो। वाई सिरिजअन्तर्गत सार्वजनिक गरिएको […] The post ८००० एमएएच ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play