Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो ६ महिनाका उपलब्धि : विधेयकदेखि मौसम विभागसम्म (सूची)

ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो ६ महिनाका उपलब्धि : विधेयकदेखि मौसम विभागसम्म (सूची)

Share:WhatsAppFacebookX (Twitter)Telegram
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो ६ महिनाका उपलब्धि : विधेयकदेखि मौसम विभागसम्म (सूची)

काठमाडौँ । सरकारले गठन भएको पहिलो ६ महिनामा ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको नीतिगत सुधार, विद्युत् प्रसारण विस्तार, सिँचाइ सुविधा वृद्धि र विपद् पूर्वसूचना प्रणाली सुदृढीकरणमा काम गरेको जनाएको छ । मन्त्रालयका अनुसार नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक संसद्मा पुगेको छ भने जलस्रोतसम्बन्धी विधेयक अघि बढाइएको छ। विद्युत् विकास नीति, विद्युत् विधेयक र सिँचाइ विधेयकको प्रारम्भिक मस्यौदासमेत तयार गरिएको छ। नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना गरी विद्युत् उत्पादन, प्रसारण, वितरण तथा व्यापारका लागि छुट्टाछुट्टै कम्पनी बनाउने कार्ययोजना तयार भइरहेको मन्त्रालयले जनाएको छ। विद्युत् अनुमतिपत्र र विद्युत् खरिद सम्झौताको समीक्षा सम्पन्न गरी प्रतिवेदन प्राप्त भएको छ। सरकारले विद्युत् नियमन तथा उपभोक्ता सेवामा सुधार गर्न नयाँ निर्देशिका र मापदण्डसमेत जारी गरेको छ। नेपाल र भारतबीच विद्युत् आदानप्रदान क्षमता बढाउने सहमति भएको छ। ढल्केबर–मुजफ्फरपुर र ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनबाट नेपालले भारतबाट आयात गर्न सक्ने विद्युत् क्षमता १ हजार मेगावाटबाट १ हजार ४०० मेगावाट र निर्यात क्षमता १ हजार १०० मेगावाटबाट १ हजार ६५० मेगावाट पुर्‍याउने सहमति भएको छ। नयाँ बुटवल–गोरखपुरसहित विभिन्न अन्तरदेशीय प्रसारण लाइनको निर्माण तथा क्षमता विस्तारका योजना पनि अघि बढाइएका छन्। सिँचाइतर्फ सिक्टा आयोजनामा ६ महिनामा १३ किलोमिटर नहर निर्माण गरी थप १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ। बबई सिँचाइ आयोजनाबाट थप ६०० हेक्टर, महाकाली आयोजनाबाट १ हजार १५५ हेक्टर, बड्कापथ आयोजनाबाट ६१० हेक्टर र रानी जमरा कुलरिया आयोजनाबाट १५० हेक्टर जमिनमा सिँचाइ सुविधा थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ। सरकारले बबई र भेरी–बबई आयोजना आगामी दुई आर्थिक वर्षभित्र तथा अन्य राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ। विद्युत् प्रसारण र वितरणतर्फ विभिन्न आयोजना निर्माण तथा सञ्चालनमा ल्याइएका छन्। बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ भने बाह्रबिसे र नयाँ खिम्ती सबस्टेसन आंशिक सञ्चालनमा ल्याइएको छ। मस्र्याङ्दी करिडोरअन्तर्गत मार्कीचोक–भरतपुर प्रसारण लाइन र काठमाडौँको चोभार सबस्टेसन सञ्चालनमा आएका छन्। हेटौँडा–ढल्केबर प्रसारण लाइनका लामो समयदेखि अवरुद्ध टावर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ। जलविद्युत् विकासतर्फ २३ आयोजनालाई कुल १ हजार ६२३ मेगावाट क्षमताको सर्वेक्षण अनुमतिपत्र र चार आयोजनालाई ३०.५९ मेगावाट क्षमताको उत्पादन अनुमतिपत्र जारी गरिएको छ। ३९ जलविद्युत् आयोजनाको कुल ९५१.३४२ मेगावाट क्षमताको ग्रिड प्रभाव अध्ययन सम्पन्न भएको छ। माथिल्लो अरुण, उत्तरगङ्गा, तनहुँ, बुढीगण्डकी र किमाथाङ्का अरुणलगायत आयोजना अघि बढाउन अनुमति, अध्ययन, जग्गा अधिग्रहण तथा निर्माणसम्बन्धी काम भइरहेको मन्त्रालयले जनाएको छ । वैकल्पिक ऊर्जातर्फ ग्रामीण क्षेत्रमा लघु तथा साना जलविद्युत् र सौर्य प्रणालीमार्फत विद्युत् पहुँच विस्तार गरिएको छ । ३१५ सौर्य सिँचाइ पम्प जडान भएका छन् भने घरायसी बायोग्यास, विद्युतीय चुलो र सुधारिएको चुलो गरी १ लाख १९ हजार ५०० स्वच्छ खाना पकाउने प्रविधि जडान तथा वितरण गरिएको छ। विभिन्न संस्थामा १८ हजार ५७५ किलोवाटभन्दा बढी क्षमताको छानामाथि जडान गरिने सौर्य विद्युत् प्रणाली स्थापना भएको विवरणमा उल्लेख छ। बाढी तथा मौसम पूर्वसूचना प्रणालीमा पनि सुधार गरिएको छ। भदौ १० गते भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका बेला प्रभावित क्षेत्रका बासिन्दालाई करिब ७ लाख सन्देश पठाएर सतर्क गराइएको थियो। त्यसपछि थप ७ लाख सन्देश पठाइएको मन्त्रालयको विवरणमा उल्लेख छ। प्रमुख नदीको बाढी पूर्वानुमान अवधि तीन दिनबाट पाँच दिन र साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान अवधि २४ घण्टाबाट ४८ घण्टा पुर्‍याइएको छ। मौसमसम्बन्धी सूचना दिन चौबीसै घण्टा सेवा सञ्चालन गरिएको छ। मन्त्रालयले नागरिक सहायता, डिजिटल सेवा र जलवायु वित्तका क्षेत्रमा पनि काम अघि बढाएको जनाएको छ। नागरिकका गुनासा सम्बोधन गर्न निःशुल्क टेलिफोन नम्बर ११५१ र कृत्रिम बुद्धिमत्तामा आधारित ‘एआई साथी’ सञ्चालनमा ल्याइएको छ। जलवायु परिवर्तनबाट हुने क्षति सम्बोधन तथा ऊर्जा रूपान्तरणका लागि अन्तर्राष्ट्रिय कोषमा विभिन्न परियोजना प्रस्ताव पेस गरिएका छन्। यी उपलब्धि मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको प्रगति विवरणमा आधारित छन् । The post ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो ६ महिनाका उपलब्धि : विधेयकदेखि मौसम विभागसम्म (सूची) appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित
ताजा खबरJust now

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

न्युयोर्क, असोज २८ गते । संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित गरेको छ । मङ्गलबार गोप्य मतदानबाट चयन भए... ...

गोरखापत्र
प्रस्तावित १३ जना राजदूतको संस्दीय सुनुवाइ सकियो
ताजा खबरJust now

प्रस्तावित १३ जना राजदूतको संस्दीय सुनुवाइ सकियो

• १३ जना प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया सम्पन्न भएको छ र समितिमा निर्णयको छलफल भइरहेको छ। • मन्त्रिपरिषद्को बैठकले विभिन्न देशका लागि राजदूतहरूको सिफारिस गरेको थियो, जसमा प्रमुख देशहरू भारत, चीन, अमेरिका र बेलायत समावेश छन्। • राजदूतका लागि सिफारिस गरिएका व्यक्तिहरूमा डा. निश्चलनाथ पाण्डे, डा. कल्याणराज शर्मा र चिरनजंग थापा जस्ता नामहरू रहेका छन्। ...

नेपालबहस
बूढीगण्डकी बाढीले उत्तरी गोरखाका पाँच हजार घरमा विद्युत् अवरुद्ध
ताजा खबरJust now

बूढीगण्डकी बाढीले उत्तरी गोरखाका पाँच हजार घरमा विद्युत् अवरुद्ध

• बूढीगण्डकी नदीमा आएको बाढीले उत्तरी गोरखाका पाँच हजार घरधुरीमा विद्युत् सेवा अवरुद्ध गरेको छ। • बाढीले विद्युत् पोल, प्रसारण संरचना र पुलमा क्षति पुर्याएकोले चुमनुब्री र धार्चे गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन्। • विद्युत् र इन्टरनेट सेवा बन्द हुँदा प्रशासनिक काम र सूचना आदानप्रदानमा समस्या आएको छ। ...

नेपालबहस
छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
ताजा खबरJust now

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौँ । विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । रौतहट, सुनसरी, मकवानपुर लगायतका जिल्लामा भएको सारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको हो । रौतहटको चन्द्रपुर नगरपालिका–८... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play