Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/शिवम सुगर मिलको दूषित पानीले खेतीयोग्य जमिनमा असर पार्ने भन्दै स्थानीयद्वारा ज्ञापनपत्र

शिवम सुगर मिलको दूषित पानीले खेतीयोग्य जमिनमा असर पार्ने भन्दै स्थानीयद्वारा ज्ञापनपत्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
शिवम सुगर मिलको दूषित पानीले खेतीयोग्य जमिनमा असर पार्ने भन्दै स्थानीयद्वारा ज्ञापनपत्र

बारा । बाराको कलैया उपमहानगरपालिका-१५ बकुलहरमा निर्माणाधीन शिवम सुगर मिल्स एन्ड केमिकल इन्डस्ट्रिज प्रालिबाट निस्कने दूषित पानीले खेतीयोग्य जमिनमा असर पार्न सक्ने भन्दै स्थानीयवासी तथा जनप्रतिनिधिहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ । कलैया उपमहानगरपालिका-२७ का वडाध्यक्ष अशोककुमार तिवारीको नेतृत्वमा सोमबार गएको टोलीले जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी र कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कँडेललाई ज्ञापनपत्र बुझाउँदै चिनी मिलबाट निस्कने दूषित पानीको उचित व्यवस्थापन गर्न माग गर्नु भएको हो । कलैया उपमहानगरपालिकाका वडा नम्बर ९, ११, १४ र २७ का अधिकांश खेतीयोग्य जमिनमा सिँचाइ गर्न किसानकै अगुवाइमा कुलो निर्माण गरी सञ्चालनमा ल्याइएको ज्ञापनपत्रमा उल्लेख छ । उक्त कुलोको पानी प्रयोग गरेर यस क्षेत्रका किसानले वर्षौंदेखि खेतबारीमा सिँचाइ गर्दै आएका छन् । तर, निर्माणाधीन चिनी मिलबाट निस्कने हानिकारक रसायनयुक्त पानी इम्रिती नदी हुँदै सिँचाइ कुलोमा मिसाइएको स्थानीयले आरोप लगाउनु भएको छ । यस्तो पानी सिँचाइमा प्रयोग भए खेतीयोग्य जमिनको उर्वराशक्ति घट्नुका साथै कृषि उत्पादनमा समेत नकारात्मक असर पर्न सक्ने भनि उहाँहरुले चिन्ता व्यक्ति गर्नु भएको छ । स्थानीयवासीले खेतीयोग्य जमिनको संरक्षण र किसानको हितलाई ध्यानमा राख्दै चिनी मिलबाट निस्कने दूषित पानीको निकास अन्यत्र व्यवस्थापन गर्न तथा समस्या समाधानका लागि आवश्यक कदम चाल्न सम्बन्धित निकायसँग माग गर्नु भएको छ । यसैबीच, इम्रिती सिँचाइ योजना जल उपभोक्ता समितिले पनि असोज २२ गते बसेको बैठकबाट चिनी मिलको फोहोर पानी सिँचाइको मुहानमा मिसाउने कार्य तत्काल रोक्न माग गर्ने निर्णय गरेको छ । उक्त मुहानको पानी कलैया उपमहानगरपालिकाका चारवटा वडाका किसानले खेतबारीमा सिँचाइ गर्न प्रयोग गर्दै आएको समितिका अध्यक्ष घनश्याम पाण्डेयले बताउनु भयो । फोहोर पानीका कारण किसानले क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसको रोकथामका लागि ज्ञापनपत्रमार्फत आग्रह गरिएको उहाँले बताउनुभयो । कलैया उपमहानगरपालिकाका वडा नम्बर ९, ११, १४ र २७ का जनप्रतिनिधिले समेत यस विषयमा आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई सिफारिस उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अधिकारी अधिकारीले दशैँपछि दुवै पक्षलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर छलफल गराउने र त्यसपछि लिखित रुपमा जानकारी दिने आश्वासन दिएको वडाध्यक्ष तिवारीले बताउनुभयो । फोहोर पानीको उचित व्यवस्थापन सुनिश्चित गरेपछि मात्रै चिनी मिल सञ्चालन गर्नुपर्ने वडाध्यक्ष तिवारीले माग गर्नुभयो । समस्या समाधान नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने उहाँले चेतावनी दिनुभयो । इम्रिती नदीमा पाँचवटा वडाका छठघाट रहेकाले नदीको पानी दूषित भए छठपूजा गर्न आउने स्थानीयवासी समेत प्रभावित हुन उहाँले जानकारी गराउनुभयो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य रामनाथ कुशवाहा, वडा नम्बर १४ का वडा सदस्य राजकुमार साह, इम्रिती सिँचाइ योजना जल उपभोक्ता समितिका अध्यक्ष घनश्याम पाण्डेय, वडा नम्बर २७ का पूर्ववडाध्यक्ष रेयाजुलहक अन्सारी, वडा नम्बर २७ का वडा सदस्य आलमहम्मद अन्सारी सहित किसान, जनप्रतिनिधि तथा युवाहरुको उपस्थिति रहेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

सुदूरपश्चिममा आजै बजेट पारित गर्ने तयारी
ताजा खबरJust now

सुदूरपश्चिममा आजै बजेट पारित गर्ने तयारी

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा मंगलबार बजेट पारित गर्ने तयारी गरिएको छ । बजेट पारित गर्ने विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएपछि कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने... ...

रातोपाटी
काठमाडौंका सडकमा राति रोड मार्किङ, दशैँअघि मुख्य सडकको काम सक्ने लक्ष्य
ताजा खबरJust now

काठमाडौंका सडकमा राति रोड मार्किङ, दशैँअघि मुख्य सडकको काम सक्ने लक्ष्य

काठमाडौं । काठमाडौंका सडकमा ट्राफिक व्यवस्थापन सहज र सडक आवागमन सुरक्षित बनाउन सडक डिभिजन काठमाडौंले रोड मार्किङ तथा ट्राफिक संकेत निर्माणको काम तीव्र पारेको छ । दिउँसो सवारीसाधनको चाप बढी हुने भएकाले डिभिजनले सडकमा थर्मोप्लास्टिक पेन्टिङसहितका चिह्न निर्माणको काम रातिको समयमा गरिरहेको छ । सडक डिभिजन काठमाडौंकी इन्जिनियर श्रीयंका रौनियारका अनुसार सडकमा रोड मार्किङको काम […] ...

लोकपथ
विदेशी नागरिकको निगरानी प्रभावकारी बनाउँदै अध्यागमन
ताजा खबरJust now

विदेशी नागरिकको निगरानी प्रभावकारी बनाउँदै अध्यागमन

भक्तपुर : नेपालमा विदेशी नागरिक कहाँ बस्छन्, कति समय बस्छन् र उनीहरूको आवागमनको अभिलेख कसरी राख्ने भन्ने विषयमा गृह मन्त्रालय संवेदनशील देखिएको छ। विदेशी नागरिकको सुरक्षा र सम्भावित आपराधिक गतिविधि नियन्त्रणमा अध्यागमन विभागले सूचना प्रणाली (एफएनएमाइएस)को विकास गरेको छ। विदेशी नागरिकको विवरण संकलन, अभिलेख व्यवस्थापन र सुरक्षा निगरानीलाई प्रभावकारी बनाउने कार्… ...

अन्नपूर्णपोष्ट
अर्थमन्त्री स्वर्णिम वाग्ले थाइल्याण्ड प्रस्थान
ताजा खबरJust now

अर्थमन्त्री स्वर्णिम वाग्ले थाइल्याण्ड प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्याण्डको राजधानी ब्याङ्कक प्रस्थान गरेका छन् । विश्वभरका अर्थमन्त्री सहभागी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play