काठमाडौँ महानगरद्वारा ‘कामठमाडौँ स्कुल पार्टनरसिप कार्यक्रम’ कार्यान्वयनका कार्यविधि पारित

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयबीच सिकाइ र क्षमता आदानप्रदान गर्न ‘कामठमाडौँ स्कुल पार्टनरसिप कार्यक्रम’ कार्यान्वयनका लागि कार्यविधि पारित गरेको छ । बुधवार बसेको कार्यपालिकाको ५९ औँ बैठकले ‘काठमाडौँ महानगरपालिका विद्यालय–विद्यालय साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ पारित गरेको हो । महानगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘कामठमाडौं स्कुल पार्टनरसिप कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको थियो । उक्त कार्यविधि पारित भएसँगै सामुदायिक र संस्थागत विद्यालयका बीचमा सम्बन्ध विकास गरेर आपसी सिकाइ र क्षमता आदानप्रदान गर्न कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । उक्त कार्यविधि बैठकमा प्रश्तुत गर्दै महानगरपालिकाको शिक्षा विभागका प्रमुख नमराज कोइरालाले विद्यालय शिक्षाको गुणस्तर सुधार गरी शिक्षित, संस्कारयुक्त, सक्षम र स्वस्थ नागरिक तयार गर्न विद्यालयहरु बिचमा शैक्षिक स्रोत, शिक्षण सिकाईमा नवप्रवर्तनसम्बन्धी असल अभ्यास र सफल अनुभव आदानप्रदान गर्न उक्त कार्याविधि ल्याइएको बताए । उनले भने, “विद्यालय शिक्षाको गुणस्तर सुधार गरी शिक्षित, संस्कारयुक्त, सक्षम र स्वस्थ नागरिक तयार गर्न विद्यालयहरु बीचमा शैक्षिक स्रोत, शिक्षण सिकाईमा नवप्रवर्तनसम्बन्धी असल अभ्यास र सफल अनुभव आदानप्रदान गर्न वाञ्छनिय भएकोले उक्त कार्यविधि ल्याइएको हो ।” उनले उक्त कार्यक्रममार्फत सामुदायिक विद्यालयहरु बीच तथा निजी र सामुदायिक विद्यालयबीच समेत साझेदारी गर्न सकिने बताए । काठमाडौँ महानगरपालिकाद्वारा ’प्रारम्भिक बाल विकास केन्द्र (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ स्वीकृत काठमाडौँ महानगरपालिकाले प्रारम्भिक बालविकास केन्द्रको अभिलेखीकरण तथा नियमन गर्न ’प्रारम्भिक बाल विकास केन्द्र (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ स्वीकृत गरेको छ । महानगरपालिकाभित्र सञ्चालनमा रहेका प्रारम्भिक बालविकास केन्द्रहरुको अभिलेखीकरण गरी नियमन गर्न उक्त कार्यविधि तयार गरिएको महानगरपालिकाका शिक्षा विभाग प्रमुख नमराज कोइरालाले बताए । महानगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा जिल्ला शिक्षा कार्यलयबाट अनुमति प्राप्त गरेका वा सम्बन्धित वडा कार्यालयमा व्यवसाय दर्ता गरी सञ्चालनमा रहेका शिशु स्याहार केन्द्र, प्रारम्भिक बाल विकास तथा शिक्षा र पूर्वप्राथमिक विद्यालयहरुलाई अभिलेखीकरण गर्ने कार्यक्रम घोषणा गरेको थियो । उक्त कार्यविधि स्वीकृत भएसँगै कार्यविधिमा संशोधन गर्ने बाटो समेत खुला भएको छ । कार्यविधिमाथि संशोधन हाल्न चाहाने कार्यपालिका सदस्यहरूलाई यही शुक्रबारसम्म संशोधन दर्ता गराउन सकिने महानरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन्। त्यसैगरी कार्यपालिकाको बैठकले काठमाडौँ महानगरपालिका सामुदायिक विद्यालय आर्थिक प्रशासन नियमावली, २०८३ स्वीकृत र काठमाडौँ महानगरपालिका पुस्तकालय व्यवस्थापन निर्देशिका, २०८३ पनि स्वीकृत गरेको छ । काठमाडौँ महानगरले स्वीकृत ग¥यो जियोडाटाबेस मार्गदर्शन, नदी किनारबाट हटाइएका सुकुम्बासीको खाना खर्च भुक्तानी काठमाडौँ महानगरपालिकाले भौगोलिक सूचना प्रणालीमा आधारित विस्तृत तथ्यांक संकलन, जियोडाटाबेस निर्माण तथा एकीकरणसम्बन्धी मार्गदर्शन, २०८३ स्वीकृत गरेको छ । बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त मार्गदर्शन स्वीकृत गर्न निर्णयार्थ प्रस्तुत गरेकोमा कार्यपालिका सदस्यहरूले टेबल बजाएर स्वीकृत गरेका हुन् । बैठकले काठमाडौँ महानगरपालिका आपत्कालीन केन्द्र सञ्चालन कार्यविधि, २०८३ पनि स्वीकृत गरेको छ । बैठकले जोखिममा रहेका नदी किनारका अव्यवस्थित बसोवासीलाई उद्दार कार्य सम्पादन गर्दा र अस्थायी बसोबास स्थलमा उपलब्ध गराइएको खाना खाजाको भुक्तानी गर्ने निर्णय पनि गरेको छ । सरकारले गत बैशाख १२ र १३ गते काठमाडौंका विभिन्न स्थानमा रहेको सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाएको थियो ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित
न्युयोर्क, असोज २८ गते । संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित गरेको छ । मङ्गलबार गोप्य मतदानबाट चयन भए... ...

प्रस्तावित १३ जना राजदूतको संस्दीय सुनुवाइ सकियो
• १३ जना प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया सम्पन्न भएको छ र समितिमा निर्णयको छलफल भइरहेको छ। • मन्त्रिपरिषद्को बैठकले विभिन्न देशका लागि राजदूतहरूको सिफारिस गरेको थियो, जसमा प्रमुख देशहरू भारत, चीन, अमेरिका र बेलायत समावेश छन्। • राजदूतका लागि सिफारिस गरिएका व्यक्तिहरूमा डा. निश्चलनाथ पाण्डे, डा. कल्याणराज शर्मा र चिरनजंग थापा जस्ता नामहरू रहेका छन्। ...

बूढीगण्डकी बाढीले उत्तरी गोरखाका पाँच हजार घरमा विद्युत् अवरुद्ध
• बूढीगण्डकी नदीमा आएको बाढीले उत्तरी गोरखाका पाँच हजार घरधुरीमा विद्युत् सेवा अवरुद्ध गरेको छ। • बाढीले विद्युत् पोल, प्रसारण संरचना र पुलमा क्षति पुर्याएकोले चुमनुब्री र धार्चे गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन्। • विद्युत् र इन्टरनेट सेवा बन्द हुँदा प्रशासनिक काम र सूचना आदानप्रदानमा समस्या आएको छ। ...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
काठमाडौँ । विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । रौतहट, सुनसरी, मकवानपुर लगायतका जिल्लामा भएको सारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको हो । रौतहटको चन्द्रपुर नगरपालिका–८... ...


