प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न

काठमाडाैँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत डा. मञ्चलाकुमारी झालाको कार्यषमतामाथि प्रश्न उठाएका हुन् । संसदीय सुनुवाईका क्रममा चौलागाईंले उनको कुटनीतिक अनुभव विगतको कार्यसम्पादन र प्रश्तावित नियुक्तिमाथि प्रश्न उठाएका हुन् । सांसद चौलागाईंले डा. झाको प्राज्ञिक पृष्ठभूमि र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यकाललाई लिएर असन्तुष्टि व्यक्त गर्दै कुटनीतिक क्षमतामाथि प्रश्न खडा गरे । सांसद चौलागाईंले प्रस्तावित राजदुत झाको बुद्ध सर्किट र नेपाल–श्रीलंकाबिचको कुटनीतिक सम्बन्ध विस्तारको योजनाबारे स्पष्ट जवाफ माग गरे । उनले डा. झाको कार्यक्षेत्र मिथिला संस्कृतिमा मात्रै सिमित रहेको भन्दै समग्र बुद्ध कला र नेपालका अन्य महत्वपूर्ण धार्मिक क्षेत्रहरूलाई समेट्न नसकेको आरोप लगाए । सांसद चौलागाईंले कुटनीतिक अनुभवको अभावलाई मुख्य चुनौतीका रूपमा औंल्याउँदै भारत र चीनको प्रभाव रहेको श्रीलंका जस्तो संवेदनशील मुलुकमा उहाँले कसरी राष्ट्रिय हित रक्षा गर्न सक्छिन् भनी जिज्ञासा राखे । उनले राजदुत नियुक्तिसम्बन्धी निर्देशिकाको मापदण्ड र समावेशिताको नाममा गरिएका नियुक्तिको औचित्यमाथि समेत प्रश्न गरिन् । यसका साथै, सन् २०१५ देखि २०१९ सम्म सत्य निरुपण तथा मेलमिलाप आयोगमा रहँदा उनले द्वन्द्वपीडितहरूलाई न्याय दिन नसकेको र मुद्दाहरू अलपत्र पारेको भन्दै सांसद चौलागाईंले उनको कार्यसम्पादनमाथि टिप्पणी गरे । उनले भने, “विगतमा द्वन्द्व व्यवस्थापनमा असफल देखिएको व्यक्तिले संवेदनशील संवैधानिक वा कुटनीतिक निकायमा कसरी अपेक्षित परिणाम दिन सक्छ ?” सार्क र बिमस्टेकको मञ्च प्रयोग गरेर क्षेत्रीय हित प्रवद्र्धन गर्ने तथा लुम्बिनी–श्रीलंकाबिचको धार्मिक पर्यटन र हवाई उडानलाई अगाडि बढाउने ठोस कार्ययोजना पेश गर्न सांसद चौलागाईंले डा. झालाई चुनौती दिए ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधकिृतमा कवि फुयाँल नियुक्त
फुयाँलले यसअघि सन नेपाल लाइफ इन्स्योरेन्समा वरष्ठि नायब प्रमुख कार्यकारी अधकिृत र आईएमई लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधकिृतका रूपमा काम गिरसकेका छन् । ...

झिझिया नृत्यबारे बहस
जीवछ यादवलहान, असोज २८ गते । मधेसको मिथिला भाषाभाषीको बाहुल्यता रहेको क्षेत्रमा दसैंको समयमा प्रस्तुत गरिने झिझिया नृत्यलाई लोकनृत्यको रुपमा लिइने गरिन्छ । यो लोकनृत्य संस्कृतिको स... ...

पोखरा–दुबई उडान : वर्ष दिनको टिकट बुकिङ खुला
पोखरा।फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ। सुरुमा ६ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो। फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले दुबई–पोखरा–दुबई उडान सुरुवातमै उत्साहजनक रहेपछि फ्लाई दुबईले ...
महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव पाँच दिनपछि फेला
सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ। ...


