घटस्थापनामा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ भन्दा बढी जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं । नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडादशैँको पहिलो दिन घटस्थापनाको अवसरमा देशभरका १२ शाखाबाट २७ भन्दा बढी जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले “जेसीबी शुभारम्भ” कार्यक्रमअन्तर्गत मेसिन हस्तान्तरण गरेको हो । घटस्थापनाको परम्पराअनुसार आयोजित समारोहमा प्रत्येक मेसिनको विधिपूर्वक पूजा गरी टीका र माला अर्पण गरिएको थियो । त्यसपछि ग्राहकका परिवारजन तथा एमएडब्ल्यू अर्थमुभर्सका प्रतिनिधिको उपस्थितिमा ग्राहकलाई मेसिनको चाबी हस्तान्तरण गरिएको थियो । समारोहको अन्त्यमा केक काट्नुका साथै मिठाई वितरण गरिएको कम्पनीले जनाएको छ । ग्राहकहरूले नयाँ मेसिन सञ्चालन गर्दै शाखा परिसरबाट प्रस्थान गरेका थिए । हस्तान्तरण गरिएका मेसिनमा जेसीबी ३डीएक्स ब्याकहो लोडर, एक्साभेटर, एग्रीम्याक्सलगायतका मोडेल रहेका छन् । कार्यक्रममा एमएडब्ल्यू अर्थमुभर्स प्रालिका प्रमुख सञ्चालन अधिकृत दुर्गाप्रसाद निरौलाले घटस्थापनाको दिन २७ भन्दा बढी ग्राहकले नयाँ जेसीबी मेसिनसँगै आफ्नो व्यवसायको नयाँ सुरुवात गरेको बताए । “घटस्थापनाको दिन हामी सबै शुभ काम सुरु गर्छौँ । आज २७ भन्दा बढी ग्राहकले नयाँ जेसीबीसँग आफ्नो व्यवसायको नयाँ सुरुवात गर्नुभएको छ । हाम्रो लागि यो केवल मेसिन हस्तान्तरण होइन, २७ भन्दा बढी परिवार र व्यवसायको शुभारम्भ हो । हामीमाथि भरोसा गर्नुहुने सबै ग्राहकप्रति हामी आभारी छौँ,” उनले भने । हस्तान्तरण गरिएका मेसिन विभिन्न जिल्लामा पूर्वाधार विकास, सडक निर्माण र कृषिलगायतका क्षेत्रमा परिचालन हुनेछन् । ती मेसिनले देशको आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा कम्पनीले गरेको छ । एमएडब्ल्यू अर्थमुभर्सले २४ वर्षभन्दा बढी समयदेखि नेपालमा जेसीबी मेसिन तथा सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार देशभर फैलिएको सञ्जालमार्फत हाल १२ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।
Read Complete Original Article
Published originally on टक्सार
Related News
![दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]](https://hamrakura.com/uploads/news/images/badri-roy.jpg)
दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]
सीजी ब्रान्डले घरायसी प्रयोजनका सामग्रीहरू किन्दा भारी मात्रामा उपहार लिएर बजारमा आएको जनाएको छ । ...

दूतावासको खर्चमा प्रथम सचिवकी बहिनीको स्वास्थ्य बीमा ! सरकारी क्वार्टरमा पनि बसोबास
• जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवमाथि अनियमितताको आरोप र उनकी बहिनीको स्वास्थ्य बीमा विवरण फेला परेको छ। • यादवले बहिनीलाई एटेंडेंट भिसामा ल्याउन चाहेका थिए, तर दूतावासले भिसा नदिएपछि विद्यार्थी भिसामा ल्याएको बताइएको छ। • यादवले ४२ दिनको हाजिरी गरेको विषयमा छानबिन र कारबाहीको मागसहित उजुरी परेको छ, र पत्रकारलाई धम्की दिएको आरोप पनि छ। ...

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव, संघीय सरकारको ४० प्रतिशत शेयर हिस्सा रहने
• सरकारले पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ, जसमा नेपाल सरकारको ४० प्रतिशत शेयर स्वामित्व रहनेछ। • प्रस्तावित कानूनी व्यवस्थाबाट पूर्वाधार क्षेत्रमा लगानी बढ्ने, स्थानीय तहको वित्तीय पहुँच सुदृढ हुने र सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ। • विधेयक पारित भएमा नगर विकास कोष ऐन, २०५३ खारेज हुनेछ र सम्पूर्ण सम्पत्ति, दायित्व ...



