दुई महिनामा बैंक तथा वित्तीय संस्थामा ७२ अर्ब ८० करोड निक्षेप थपियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ७२ अर्ब ८० करोड रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार समीक्षा अवधिमा निक्षेप ०.९ प्रतिशतले बढेर ८३ खर्ब ९४ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेर ५९ खर्ब ५० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रतर्फको कर्जा प्रवाह ७.३ प्रतिशतले बढेको छ । २०८३ भदौ मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ४.७० प्रतिशत रहेको छ। विकास बैंकहरूको औसत आधार दर ६.१५ प्रतिशत र वित्त कम्पनीहरूको ६.७२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी दर क्रमशः ५.७२, ८.०९ र ८.७७ प्रतिशत थिए । भदौ मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.११ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.३८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेपको औसत ब्याजदर ३.९६ प्रतिशत र कर्जाको औसत ब्याजदर ७.६६ प्रतिशत थियो । समीक्षा अवधिमा वाणिज्य बैंकहरूबीच ३ खर्ब १९ अर्ब ४० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाबीच २० अर्ब १७ करोड रुपैयाँ गरी कुल ३ खर्ब ३९ अर्ब ५७ करोड रुपैयाँ बराबरको अन्तरबैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कारोबार २ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो । भदौमा मोबाइल बैंकिङमार्फत ८ करोड ११ लाख ९४ हजार कारोबारबाट ६ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । क्यूआर कोडमार्फत ७ करोड ५५ लाख ८१ हजार कारोबारबाट १ खर्ब ६७ अर्ब ९३ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । डेबिट कार्ड प्रयोगकर्ताले १ करोड ८० हजार कारोबारमार्फत ७४ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् । नेपाल स्टक एक्सचेन्जको नेप्से सूचकाङ्क २०८२ भदौ मसान्तको २ हजार ६७२.२५ बाट घटेर २०८३ भदौ मसान्तमा २ हजार ६१२.४३ कायम भएको छ । समीक्षा अवधिमा धितोपत्र बजारको पुँजीकरण ४४ खर्ब ९६ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको भदौ मसान्तमा बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ थियो । कुल गार्हस्थ्य उत्पादनमा बजार पुँजीकरणको अनुपात ६८.१३ प्रतिशत रहेको छ । भदौ मसान्तसम्म नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको सङ्ख्या ३०५ पुगेको छ। सूचीकृत कम्पनीमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी, १११ जलविद्युत् कम्पनी, ३१ उत्पादन तथा प्रशोधन उद्योग, नौ होटल, सात लगानी कम्पनी, चार व्यापारिक संस्था र १० अन्य समूहका कम्पनी रहेका छन् । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १२ अर्ब ३ करोड रुपैयाँ बराबरका थप धितोपत्र सूचीकृत भएका छन् । यस अवधिमा धितोपत्र बोर्डले कुल ३ अर्ब ८७ करोड रुपैयाँ बराबरका म्युचुअल फन्ड, ऋणपत्र तथा साधारण सेयर सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । The post दुई महिनामा बैंक तथा वित्तीय संस्थामा ७२ अर्ब ८० करोड निक्षेप थपियो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

बानियाँ तेस्रो मतसहित कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा तेस्रो स्थान हासिल गर्दै उनी केन्द्रीय कार्यसमितिमा पुगेका हुन्।... ...

कोशी बाढीपीडित चार सय परिवारलाई राहत सामग्री प्रदान
बाढीपीडितलाई बाँडिएको राहतमा दाल, चामल, बेडसिट, ब्ल्याङ्केट, साबुन, कपडा, झुल, खानेपानी फिल्टरलगायत दैनिक उपभोगका सामग्री छन् । ...

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली चीन जाने
काठमाडौँ । आईएसएफ फुटबल वर्ल्ड कपको २९औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ । प्रतियोगिता असोज ३१ गतेदेखि कात्तिक ९ गते... ...

चितवनको भरतपुर फुटबल क्लब ‘चौथो ज्योतिपुञ्ज कप’को फाइनलमा
रामपुर नगरपालिका–७, किसानबारीस्थित खेलमैदानमा आयोजित सेमिफाइनलमा चितवनकै सूर्यपुर एफसी, कालिकालाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान पक्का गरेको हो । ...


