Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजना : श्रम, आर्थिक र जलवायु कूटनीतिमा जोड

ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजना : श्रम, आर्थिक र जलवायु कूटनीतिमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजना : श्रम, आर्थिक र जलवायु कूटनीतिमा जोड

काठमाडौं । ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र ओमानबीचको सम्बन्ध थप सुदृढ बनाउन चारवर्षीय रणनीतिक कार्ययोजना प्रस्तुत गर्नुभएको छ । मंगलबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उहाँले श्रम कूटनीति, आर्थिक साझेदारी र जलवायु कूटनीतिलाई कार्यकालका मुख्य प्राथमिकताका रूपमा अघि सार्नुभएको हो । समितिको बैठकमा प्रस्तावित राजदूत राणाले नेपाल र ओमानबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै श्रम आप्रवासन दुई देशबीचको सम्बन्धको महत्त्वपूर्ण आधार रहँदै आएको उल्लेख गर्नुभयो । परराष्ट्र मन्त्रालयको तथ्यांकअनुसार हाल करिब २५ हजार नेपाली ओमानमा कार्यरत छन् । उहाँले आफ्नो कार्यकालमा नेपाली श्रमिकको हकहित, सुरक्षा र सीप विकासलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो । राणाले ओमानको ‘भिजन २०४०’ सँग नेपालको प्राथमिकतालाई जोड्दै आर्थिक कूटनीतिलाई अघि बढाउने योजना पनि प्रस्तुत गर्नुभयो । कृषि, पर्यटन, नवीकरणीय ऊर्जा तथा नेपालमा वैदेशिक लगानी भित्र्याउने क्षेत्रमा सहकार्य विस्तार गर्ने उहाँको योजना छ । त्यसैगरी, उहाँले जलवायु कूटनीतिलाई कार्ययोजनाको तेस्रो प्रमुख आधारका रूपमा प्रस्तुत गर्नुभयो । ओमानले जलस्रोत व्यवस्थापन र हरित ऊर्जाका क्षेत्रमा गरिरहेका काम नेपालका लागि उपयोगी हुन सक्ने उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा विपद् व्यवस्थापनमा दुवै देशबीच सहकार्य विस्तार गर्न सकिने बताउनुभयो । राणाले चारवर्षीय कार्ययोजनालाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रस्ताव गर्नुभएको छ । जसअनुसार सन् २०२७ सम्म आधार तयार पार्ने, २०२८ मा साझेदारी विस्तार गर्ने, २०२९ मा सम्भावनायुक्त क्षेत्रमा काम गर्ने र २०३० सम्म प्राप्त उपलब्धिलाई दिगो बनाउने लक्ष्य राखिएको छ । प्रस्तावित कार्ययोजनामार्फत नेपाली श्रमिकको हित संरक्षण, आर्थिक सहकार्य विस्तार र जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल–ओमान सम्बन्धलाई थप प्रभावकारी बनाउने लक्ष्य उहाँले अघि सार्नुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

प्रतिनिधिसभामा मधेसी दलितको प्रतिनिधित्वबारे रास्वपासँग जेनजीको प्रश्न
ताजा खबरJust now

प्रतिनिधिसभामा मधेसी दलितको प्रतिनिधित्वबारे रास्वपासँग जेनजीको प्रश्न

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको प्रतिनिधित्व नभएको विषय उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग प्रश्न गरेका छन् । उनले संविधानमा समानता र समावेशिताको... ...

रातोपाटी
युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा
ताजा खबरJust now

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

खार्तुम । अफ्रिकी देश सुडानमा जारी युद्ध र एल निनोका कारण उत्पन्न खडेरीले भोकमरीको जोखिम बढाएको छ । खाद्य सुरक्षा तथा सङ्कटको अनुगमन गर्ने अन्तर्राष्ट्रिय निकायले देशका डार्फर र कोर्दोफान क्षेत्रमा... ...

रातोपाटी
परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट
ताजा खबरJust now

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

काठमाडौँ, असोज २७ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा अनिल सुकलालले भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबी... ...

गोरखापत्र
इमरान खानको पार्टी खारेजविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा पीटीआई
ताजा खबरJust now

इमरान खानको पार्टी खारेजविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा पीटीआई

पाकिस्तान– जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले आफूले शासन गर्दै आएको खैबर पख्तुनख्वा प्रान्तको सत्ता संघीय सरकारले आफ्नो नियन्त्रणमा लिएको निर्णयलाई अदालतमा चुनौती दिने तयारी गरेको छ । पीटीआईका केन्द्रीय सूचना सचिव शेख वकास अक्रमले अलजजिरासँग कुरा गर्दै आइतबार लागू गरिएको संकटकालीन व्यवस्था र गभर्नर शासनविरुद्ध मंगलबार अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको बताएका छन् । उनका अनुसार ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play