Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सरकार सैद्धान्तिक विचलनमा फस्यो : कमला पन्त

सरकार सैद्धान्तिक विचलनमा फस्यो : कमला पन्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकार सैद्धान्तिक विचलनमा फस्यो : कमला पन्त

काठमाडाैं । नेपाली काँग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकार सैद्धान्तिक विचलनको शिकार भएको आरोप लगाउनुभएको छ । शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतृ पन्तले सरकारले संसदलाई छल्दै अध्यादेशमार्फत शासन सञ्चालन गरिरहनु लोकतान्त्रिक मूल्य-मान्यता विपरित भएको जिकिर गर्नुभएको हो । नेतृ पन्तले सरकारसँग स्पष्ट दृष्टिकोणको अभाव रहेको बताउँदै सत्ता टिकाउनेबाहेक जनताका समस्या समाधानमा सरकारको ध्यान नगएको आरोप लगाउनु भयो । उहाँले राष्ट्रिय सभामा विधेयकहरू ल्याउन पटक-पटक आग्रह गर्दा पनि सरकारले संसदको गरिमा नराखेको गुनासो गर्नुभयो । सहकारी ऐनका केही प्रावधानमा विपक्षले विरोध गर्दागर्दै पनि सरकारले बहुमतको दम्भमा त्यसलाई अगाडि बढाएको उहाँले स्मरण गराउनु भयो । उहाँले भन्नुभयो, ‘सरकार सैद्धान्तिक रूपमा विचलित छ । सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? हप्तैपिच्छे कानून संशोधन गर्ने र अध्यादेशको सहारा लिने कार्यशैलीले सरकारको असफलता पुष्टि हुन्छ । हामीले पटक-पटक संसदीय प्रक्रियामार्फत कानुन बनाउन सुझाव दिएका थियौँ । राष्ट्रिय सभामा विधेयक ल्याएको भए हामीले घनिभूत छलफल गरी त्यसलाई परिष्कृत गर्न सक्थ्यौँ, तर सरकारले संसद् छल्ने बाटो रोज्यो । विपक्षले दिएका सुझावलाई मार्गनिर्देशनका रूपमा लिनुको साटो सरकारले हामीलाई शत्रुको रूपमा हेर्छ । यो सरकार विक्षिप्त अवस्थामा छ ।’ प्रतिपक्षलाई विश्वासमा लिनुको साटो शत्रुतापूर्ण व्यवहार गरेको पन्तको आरोप छ । काँग्रेस महाधिवेशनबाट आएको नयाँ नेतृत्वसहित सरकारलाई सही बाटोमा हिँडाउने कार्यमा लाग्ने पन्तले प्रतिवद्धता जनाउनु भयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

‘सांसद खगेन्द्र सुनारमाथि प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
ताजा खबरJust now

‘सांसद खगेन्द्र सुनारमाथि प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’

काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि आवश्यक परे प्रक्रियाअनुसार अनुसन्धान गरेर अघि बढ्ने बताएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सांसद सुनारसँग सम्बन्धित विषयमा सरकारले आवश्यक प्रक्रिया अघि बढाउने बताएका हुन् । सांसद सुनारले एक महिलामाथि अश्लील शब्द प्रयोग गर्दै धम्की […] ...

लोकपथ
ऋण तिर्न जाँदा बैंकले किस्ता लिएन, अहिले १० करोडको घरजग्गा साढे ३ करोडमा लिलाम !
ताजा खबरJust now

ऋण तिर्न जाँदा बैंकले किस्ता लिएन, अहिले १० करोडको घरजग्गा साढे ३ करोडमा लिलाम !

• एनएमबी बैंकले पोखराका घरधनीहरूको घरजग्गा लिलाम गरेकोमा पीडितहरूले आक्रोश व्यक्त गर्दै मालपोत कार्यालय घेराउ गरेका छन्। • बैंकले ऋण तिर्न खोज्दा किस्ता नबुझ्ने र पछि ऋण नतिरेको भन्दै घरजग्गा लिलाम गरेको आरोप लगाइएको छ। • पीडितहरूले सरकारसँग निष्पक्ष छानबिनको माग गर्दै ऋणी र बैंकको जिम्मेवारीको स्पष्टता आवश्यक रहेको बताएका छन्। ...

नेपालबहस
चिकित्सा शिक्षामा ४१८ सिट थप, कुल सिट संख्या ९  हजार ६९१ पुग्यो
ताजा खबरJust now

चिकित्सा शिक्षामा ४१८ सिट थप, कुल सिट संख्या ९ हजार ६९१ पुग्यो

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि देशभरका विभिन्न शिक्षण संस्थाहरूमा कुल ९ हजार ६ सय ९१ सिट निर्धारण गर्दै समग्र क्षेत्रमा ४ सय १८ सिट वृद्धि गरेको छ। प्रधानमन्त्री... ...

रातोपाटी
यस वर्षका लागि सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय ?
ताजा खबरJust now

यस वर्षका लागि सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय ?

• सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य ४१०७ रुपैयाँ प्रतिक्वीन्टल तोकेको छ, जुन गत वर्षको ३९४५ रुपैयाँ भन्दा बढी हो। • मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू पनि गरेको छ, जसमा बाढी प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने र राहत प्रदान गर्ने योजना समावेश छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play