Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

काठमाडौं । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेबाट प्रदेश सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन्। एमालेका मन्त्रीहरूले मुख्यमन्त्री यादवलाई राजीनामापत्र बुझाउनुका साथै प्रदेश प्रमुख डा. सुरेन्द्र लाभसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसमेत बुझाएका हुन्। राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह रहेका छन्। मधेस प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री हुनुहुन्छ। प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी पनि गठबन्धनमा सहभागी छ। एमालेले सरकार गठनका बेला भएको सहमतिअनुसार मुख्यमन्त्रीले काम नगरेको र चालु आर्थिक वर्षको बजेट निर्माणमा कांग्रेसले एकपक्षीय ढंगले योजना समावेश गरेको आरोप लगाएको छ। एमालेका मधेस प्रदेश प्रमुख सचेतक हरिनारायण महतोले सरकार गठनका बेला १५ बुँदे सहमति भएको स्मरण गराउँदै सहमतिअनुसार काम नभएका कारण सरकारमा बसिरहन नसकिएको बताउनुभयो। उहाँले चालु आर्थिक वर्षको बजेटमा कांग्रेसले एकपक्षीय रूपमा योजना समावेश गरेको भन्दै एमालेले असन्तुष्टि जनाउँदै आएको जानकारी दिनुभयो। सरकारबाट बाहिरिएपछि नयाँ सरकार गठनका विषयमा थप छलफल गरेर अघि बढ्ने महतोले बताउनुभयो। उहाँका अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा अन्य कुनै दलसँग सहकार्य गरेर सरकार गठनको प्रक्रिया अघि बढाइनेछ। एमाले सरकारबाट बाहिरिएसँगै मधेस प्रदेशको सत्ता समीकरणमा फेरबदल आउने देखिएको छ। अब प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीचको छलफल र सहकार्य निर्णायक हुने देखिन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

नेपालमा नोभेम्बर १७ देखि आईसीसी एसिया सम्मेलन हुने
ताजा खबरJust now

नेपालमा नोभेम्बर १७ देखि आईसीसी एसिया सम्मेलन हुने

काठमाडौँ। नेपालमा आगामी नोभेम्बर १७ देखि २१, २०२६ सम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापन तथा आईसीसीको आयोजनामा सम्मेलन हुन... ...

रातोपाटी
सिद्धार्थ बैंकको मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’सञ्चालनमा ल्यायो
ताजा खबरJust now

सिद्धार्थ बैंकको मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’सञ्चालनमा ल्यायो

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएल सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ । बैंकले एनपीएलसँगको आफ्नो सहकार्यलाई डिजिटल माध्यमसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई मनोरञ्जनसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो । मोबाइल बैंकिब एपको लगइन स्क्रिनमा उपलब्ध यस गेममा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन् । ...

कर्पोरट खबर
हेटौंडाको ट्राफिक अस्तव्यस्तता, प्रहरीदेखि उपमहानगरपालिका जिम्मेवारी पन्छ्याउँदै
ताजा खबरJust now

हेटौंडाको ट्राफिक अस्तव्यस्तता, प्रहरीदेखि उपमहानगरपालिका जिम्मेवारी पन्छ्याउँदै

• हेटौंडामा सवारी चाप बढ्दै गए पनि ट्राफिक व्यवस्थापन र पूर्वाधारमा सुधार हुन सकेको छैन, जसले समस्या चुल्याएको छ। • स्थानीय सरकार र प्रहरीबीचको समन्वयको अभावले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ, र यसलाई समाधान गर्न आवश्यक कदम चाल्नुपर्ने आवश्यकता छ। • हेटौंडाको ट्राफिक व्यवस्थापन सुधार गर्न बुद्धचोक, सीमाचोक र बाइपास क्षेत्रको सवारी चाप अध्ययन गरी दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिइएको ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play