Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/इनड्राइभको ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ क्याम्पेन सार्वजनिक

इनड्राइभको ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ क्याम्पेन सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
इनड्राइभको ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ क्याम्पेन सार्वजनिक

विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा यात्रुहरूलाई लक्षित गर्दै नयाँ प्यासेन्जर ३६० क्याम्पेन ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ सार्वजनिक गरेको छ। ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ भन्ने मूल सन्देशसहित सुरु गरिएको क्याम्पेनले यात्रुहरूलाई भाडा निर्धारणमा छनोटको स्वतन्त्रता प्रदान गर्नुका साथै छिटो, सहज र भरपर्दो सवारी सेवा उपलब्ध गराउने इनड्राइभको प्रतिबद्धतालाई जोड दिएको छ। कम्पनीका अनुसार यात्रु र चालकबीचको आपसी सहमतिमा भाडा निर्धारण गर्ने अवधारणालाई क्याम्पेनको केन्द्रमा राखिएको छ। इनड्राइभ एपमार्फत यात्रुहरूले सुझाव गरिएको भाडा हेरेर आफूले तिर्न चाहेको रकम प्रस्ताव गर्न सक्छन्। नजिकै रहेका चालकहरूले उक्त प्रस्ताव स्वीकार गर्न वा आफ्नोतर्फबाट वैकल्पिक भाडा प्रस्ताव गर्न सक्छन्। त्यसपछि यात्रुले प्रस्तावित भाडा, चालक आइपुग्ने अनुमानित समय, चालकको रेटिङ र सवारीसाधनका आधारमा उपयुक्त चालक छनोट गर्न सक्छन्। यात्रा सुरु हुनुअघि नै भाडा तय हुने भएकाले यात्रुहरूलाई तिर्नुपर्ने रकमबारे पूर्वजानकारी प्राप्त हुन्छ। क्याम्पेनले विशेषगरी दैनिक आवतजावतका क्रममा यात्रुहरूले प्राथमिकता दिने दुई पक्षलाई जोड दिएको छ—भाडाको पूर्वनिश्चितता र सवारीको छिटो उपलब्धता। एपमा चालक आइपुग्ने अनुमानित समय अग्रिम रूपमा हेर्न सकिने भएकाले यात्रुहरूले आफ्नो आवश्यकता र समयअनुसार चालक छनोट गर्न सक्छन्। इनड्राइभको यो प्रणालीले चालकहरूलाई समेत सवारी अनुरोध र भाडासम्बन्धी निर्णयमा स्वतन्त्रता प्रदान गर्छ। चालकहरूले आफूलाई उपयुक्त लागेका अनुरोध स्वीकार गर्न वा प्रस्तावित भाडामा असहमति भए वैकल्पिक रकम प्रस्ताव गर्न सक्छन्। यसरी यात्रु र चालक दुवैको सहमतिमा भाडा निर्धारण हुने प्रक्रियालाई क्याम्पेनले ‘दुवैको चित्त बुझ्छ’ भन्ने सन्देशमार्फत प्रस्तुत गरेको छ। इनड्राइभका एसिया प्यासिफिक रिजनल डाइरेक्टर मार्क टलीले भने, “काठमाडौंका यात्रुहरूका लागि सवारी सेवा प्रयोग गर्दा भाडाको पूर्वजानकारी र समयमै सवारी उपलब्ध हुनु महत्त्वपूर्ण पक्ष हुन्। आपसी सहमतिमा भाडा निर्धारण गर्ने व्यवस्था इनड्राइभको सुरुवातदेखि नै प्रमुख विशेषता रहँदै आएको छ। यसले यात्रुहरूलाई भाडा छनोटमा स्वतन्त्रता दिनुका साथै चालकहरूलाई पनि आफ्नो आम्दानीसम्बन्धी निर्णयमा सहभागी हुने अवसर प्रदान गर्छ। प्यासेन्जर ३६० क्याम्पेनमार्फत हामी नेपालका यात्रुहरूलाई सहज, भरपर्दो र तिरेको रकमअनुसार उचित मूल्य प्राप्त हुने सवारी सेवा उपलब्ध गराउने प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै छौँ।” इनड्राइभकी ब्रान्ड एम्बेसडर तथा अभिनेत्री स्वस्तिमा खड्काले भनिन्, “इनड्राइभको मलाई मनपर्ने पक्ष भनेकै यसको पारदर्शिता हो। यहाँ यात्रा सुरु हुनुअघि नै यात्रु र चालक दुवैको सहमतिमा भाडा तय हुन्छ। यसले यात्राको अन्त्यमा भाडालाई लिएर कुनै असमझदारी हुने सम्भावना कम गर्छ। काठमाडौंजस्तो व्यस्त सहरमा भाडाको चिन्ता नगरी ढुक्कसँग यात्रा गर्न पाउनु आफैंमा महत्त्वपूर्ण कुरा हो। मेरो विचारमा ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ भन्ने सन्देशले यही आपसी सहमति र विश्वासलाई दर्शाउँछ।” यस क्याम्पेनअन्तर्गत इनड्राइभले ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का अभिनीत नयाँ भिडियो समेत सार्वजनिक गरेको छ। नेपाली मौलिक संस्कृति झल्काउने संगीत र स्थानीय परिवेशलाई समेटेर तयार पारिएको भिडियोमार्फत यात्रु र चालकबीचको आपसी सहमति तथा सन्तुष्टिको सन्देश प्रस्तुत गरिएको छ। नेपाली दर्शकको दैनिक जीवनशैली र सांस्कृतिक भावनासँग जोडिने गरी तयार गरिएको भिडियोले क्याम्पेनको मुख्य सन्देशलाई थप प्रभावकारी रूपमा सम्प्रेषण गर्ने अपेक्षा कम्पनीले गरेको छ। The post इनड्राइभको ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ क्याम्पेन सार्वजनिक appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम?
प्रविधिJust now

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम?

त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनःसंरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ। त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। यी योजना कार्यान्वयन भएमा विश्वविद्यालयको प्रशासनिक, शैक्षिक र प्राज्ञिक स्वरूपमा ठूलो फेरबदल आउने अपेक्षा गरिएको ...

टेक्नोलोजी खबर
इन्टरनेट प्याकेज र शुल्कमा प्राधिकरणको निगरानी, १४ सेवा प्रदायक कारबाहीमा
प्रविधिJust now

इन्टरनेट प्याकेज र शुल्कमा प्राधिकरणको निगरानी, १४ सेवा प्रदायक कारबाहीमा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड र निर्देशनविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।प्राधिकरणले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अनुमतिपत्रका सर्त उल्लङ्घन गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम कारबाही गरिएको हो ।प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार स्वीकृत प्याकेजअनुसार ...

आइसिटी समाचार
नेपालमा सार्वजनिक भयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी: विशेषता तथा विवरण
प्रविधिJust now

नेपालमा सार्वजनिक भयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी: विशेषता तथा विवरण

२७ असोज, काठमाडौं। इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा नयाँ १५० सिसी क्षमताको स्कुटर सार्वजनिक गरेको छ । नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी (Vespa 150 FI OBD 2 Stage B) सार्वजनिक गरेको हो । काठमाडौँको त्रिपुरेश्वरस्थित डेल्टा अटोकर्पको शोरुममा आयोजित विशेष कार्यक्रममार्फत नयाँ मोडल सार्वजनिक गरिएको […] The post नेपालमा सार्वजनिक ...

आइसिटी फ्रेम
आफूखुशी शुल्क बढाउने १४ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणले तिरायो जरिवाना, स्वीकृति नलिई लागू गरिएका प्याकेज र शुल्क तत्काल बन्द गर्न निर्देशन
प्रविधिJust now

आफूखुशी शुल्क बढाउने १४ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणले तिरायो जरिवाना, स्वीकृति नलिई लागू गरिएका प्याकेज र शुल्क तत्काल बन्द गर्न निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्रका शर्तविपरीत काम गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै इन्टरनेट (इमेलसहित) सेवा सञ्चालन गर्न अनुमति पाएका सेवा प्रदायकले अनुमतिपत्रका सर्त तथा प्रचलित कानुनअनुसार सेवा सञ्चालन नगरेको निरीक्षण तथा जाँचबुझ प्रतिवेदनका आधारमा जरिवाना गर्ने निर्णय गरिएको जनाएको छ। दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम ती ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play