Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र बिल दिन निर्देशन

राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र बिल दिन निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र बिल दिन निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा आसपासका होटल, रेस्टुरेन्ट र खाजाघरलाई अनिवार्य रूपमा मूल्यसूची राख्न र ग्राहकलाई बिल उपलब्ध गराउन निर्देशन दिएको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै खाद्य स्वच्छता, गुणस्तर र उपभोक्ता हित संरक्षणमा ध्यान दिन व्यवसायीलाई आग्रह गरेको हो। उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोलाई ध्यानमा राख्दै विभागले स्वच्छ, सुरक्षित र गुणस्तरीय खाना, खाजा तथा पेय पदार्थ बिक्री गर्न निर्देशन दिएको जनाएको छ । निर्देशनअनुसार होटल तथा रेस्टुरेन्टले ग्राहकले सहजै देख्ने स्थानमा मूल्यसूची राख्नुपर्नेछ। बिक्री गरिएका वस्तु तथा प्रदान गरिएका सेवाको वास्तविक मूल्य खुल्ने गरी अनिवार्य रूपमा बिल वा बिजक दिनुपर्नेछ । त्यस्तै, खाद्यवस्तुको तयारी, भण्डारण र बिक्री-वितरणमा स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ। भान्सा, भोजन कक्ष, भाँडाकुँडा, खानेपानी र शौचालयमा सरसफाइ कायम राख्न तथा म्याद गुज्रिएका, दूषित र खान अयोग्य खाद्यवस्तु बिक्री नगर्न पनि विभागले निर्देशन दिएको छ । विभागले उपभोक्तालाई पारदर्शी, मर्यादित र गुणस्तरीय सेवा प्रदान गर्न व्यवसायीलाई आग्रह गरेको छ। अनुगमनका क्रममा प्रचलित कानुन तथा उपभोक्ता हित संरक्षणसम्बन्धी व्यवस्था उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ । The post राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र बिल दिन निर्देशन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

बानियाँ तेस्रो मतसहित कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
ताजा खबरJust now

बानियाँ तेस्रो मतसहित कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा तेस्रो स्थान हासिल गर्दै उनी केन्द्रीय कार्यसमितिमा पुगेका हुन्।... ...

रातोपाटी
कोशी बाढीपीडित चार सय परिवारलाई राहत सामग्री प्रदान
ताजा खबरJust now

कोशी बाढीपीडित चार सय परिवारलाई राहत सामग्री प्रदान

बाढीपीडितलाई बाँडिएको राहतमा दाल, चामल, बेडसिट, ब्ल्याङ्केट, साबुन, कपडा, झुल, खानेपानी फिल्टरलगायत दैनिक उपभोगका सामग्री छन् । ...

कान्तिपुर
आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली चीन जाने
ताजा खबरJust now

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली चीन जाने

काठमाडौँ । आईएसएफ फुटबल वर्ल्ड कपको २९औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ । प्रतियोगिता असोज ३१ गतेदेखि कात्तिक ९ गते... ...

रातोपाटी
चितवनको भरतपुर फुटबल क्लब ‘चौथो ज्योतिपुञ्ज कप’को फाइनलमा
ताजा खबरJust now

चितवनको भरतपुर फुटबल क्लब ‘चौथो ज्योतिपुञ्ज कप’को फाइनलमा

रामपुर नगरपालिका–७, किसानबारीस्थित खेलमैदानमा आयोजित सेमिफाइनलमा चितवनकै सूर्यपुर एफसी, कालिकालाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान पक्का गरेको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play