शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित

शशिला मोटर्स प्रा.लि.ले आयोजना गरेको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ। काठमाडौंको कलंकी मैत्रीनगरस्थित नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको विद्युतीय सवारीसाधन (ईभी) सर्भिस सेन्टर ‘शशिला सर्भिस सेन्टर’ मा सञ्चालित क्याम्पबाट हाइगर, किटोन, फराइजनलगायत ब्रान्डका सयभन्दा बढी ग्राहक लाभान्वित भएका छन्। कम्पनीका अनुसार ईभी सर्भिसिङमा केन्द्रित शशिला सर्भिस सेन्टर आधुनिक प्रविधि र सुविधासम्पन्न पूर्वाधारसहित सञ्चालनमा रहेको कम्पनीले जनाएको छ। सेन्टरमा २० वटा सर्भिस बे र ३० भन्दा बढी दक्ष प्राविधिकमार्फत सेवा प्रदान गरिँदै आएको छ। साथै यहाँ उच्च प्रविधियुक्त ब्याट्री मर्मत केन्द्रसमेत रहेको छ। सेन्टरबाट विद्युतीय सवारीसाधनमा देखिने सामान्यदेखि जटिल समस्यासम्मको समाधान उपलब्ध गराइँदै आएको कम्पनीको भनाइ छ। शशिला सर्भिस सेन्टरका सर्भिस हेड बिन्देशमान सिंह डंगोलले विद्युतीय सवारीसाधनको प्रभावकारी सर्भिसिङबारे बहस भइरहेका बेला क्याम्पले ग्राहकलाई बिक्रीपछिको सेवा र विश्वसनीयताप्रतिको भरोसा थप मजबुत बनाउन सहयोग गरेको विश्वास व्यक्त गरे। डंगोलले ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले दशैं बिदा तथा शनिबारसमेत सर्भिस सेन्टर खुला रहने जानकारी दिए। त्यस्तै शशिला मोटर्स प्रा.लि.का निर्देशक सचिन कायस्थले कम्पनीको प्राथमिकता विद्युतीय सवारीसाधन बिक्रीमा मात्र सीमित नरहेको स्पष्ट पारे। बिक्रीपछिको सेवालाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। ईभी प्रयोगकर्तालाई सहज, विश्वसनीय र गुणस्तरीय सर्भिसिङ सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको क्याम्पले बिक्रीपछिको सेवाप्रति कम्पनीको प्रतिबद्धता उजागर गरेको बताइएको छ। The post शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

आफूखुशी शुल्क बढाउने १४ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणले तिरायो जरिवाना, स्वीकृति नलिई लागू गरिएका प्याकेज र शुल्क तत्काल बन्द गर्न निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्रका शर्तविपरीत काम गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै इन्टरनेट (इमेलसहित) सेवा सञ्चालन गर्न अनुमति पाएका सेवा प्रदायकले अनुमतिपत्रका सर्त तथा प्रचलित कानुनअनुसार सेवा सञ्चालन नगरेको निरीक्षण तथा जाँचबुझ प्रतिवेदनका आधारमा जरिवाना गर्ने निर्णय गरिएको जनाएको छ। दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम ती ...

नयाँ लाइसेन्स प्रणालीमा प्राविधिक समस्या, यातायात कार्यालयको सेवा अवरुद्ध
काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र प्रणालीको सर्भरमा प्राविधिक समस्या उत्पन्न भएपछि यातायात व्यवस्था कार्यालयको सेवा प्रवाह अवरुद्ध भएको छ ।यातायात व्यवस्था कार्यालयले आज एक अत्यन्त जरुरी सूचना जारी गर्दै नयाँ सर्भरमा समस्या देखिएकाले सेवा सञ्चालन गर्न नसकिएको जनाएको छ ।कार्यालयका अनुसार सर्भरको समस्या समाधान हुना साथ अवरुद्ध सेवा पुनः सञ्चालन गरिनेछ । सेवा कहिलेदेखि नियमित हुन्छ भन्नेबारे भने सूचनामा ...

बाढीले जलविद्युत् आयोजना र वितरण लाइनमा क्षति, पुन:स्थापनामा जुट्यो प्राधिकरण
काठमाडौं । बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोलामा आएको बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मर्मत तथा पुन:स्थापनाको काम तीव्र बनाएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठका अनुसार बाढीबाट क्षति पुगेको विद्युत् प्रणाली मर्मत गरी धार्चे गाउँपालिकाबाहेकका सबै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुन: सञ्चालनमा ल्याइएको छ ।खोर्लाबेंसीदेखि माथिल्लो क्षेत्रमा सडक ...

दूरसञ्चार प्राधिकरणको निर्देशन विपरित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
२७ असोज, काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन र स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा बेच्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । प्राधिकरणबाट जारी अनुमतिपत्रका सर्तविपरीत काम गरेको निरीक्षण तथा जाँचबुझका क्रममा पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम ती सेवा प्रदायकलाई जरिवाना गर्ने निर्णय गरिएको प्राधिकरणले मंगलबार […] The post दूरसञ्चार प्राधिकरणको ...


