Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/महाधिवेशनका क्रममा खुलामञ्चमा भएको क्षति बेहोर्ने कांग्रेसको प्रतिबद्धता

महाधिवेशनका क्रममा खुलामञ्चमा भएको क्षति बेहोर्ने कांग्रेसको प्रतिबद्धता

Share:WhatsAppFacebookX (Twitter)Telegram
महाधिवेशनका क्रममा खुलामञ्चमा भएको क्षति बेहोर्ने कांग्रेसको प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका क्रममा काठमाडौंको खुलामञ्चमा कुनै किसिमको क्षति भए त्यसको क्षतिपूर्ति गर्ने प्रतिबद्धता जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यस्तो प्रतिबद्धता जनाएका हुन् । पत्रमा महाधिवेशन प्रयोजनका लागि असोज १४ देखि २३ गतेसम्म खुलामञ्च बुकिङ गरिएको र महाधिवेशन सञ्चालनका क्रममा खुलामञ्च परिसरमा कुनै क्षति हुन गएमा नेपाली कांग्रेसका तर्फबाट क्षतिपूर्ति गरिने प्रतिबद्धता पत्रमा व्यक्त गरिएको छ । महाधिवेशनजस्तो महत्वपूर्ण राष्ट्रिय राजनीतिक कार्यक्रम सफल र व्यवस्थित रूपमा आयोजना गर्न महानगरपालिकाबाट आवश्यक सहयोग, समन्वय तथा सहजीकरण प्राप्त हुने विश्वास पनि कांग्रेसले व्यक्त गरेको छ । कांग्रेसले सहयोग, समन्वय र सहजीकरणका लागि महानगरपालिकालाई धन्यवादसमेत दिएको छ । खुलामञ्चमा महाधिवेशनका क्रममा क्षति भएको विषय मिडिया र सामाजिक सञ्जालमा आएपछि काँग्रेसले महानगरलाई पत्र लेख्दै यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । The post महाधिवेशनका क्रममा खुलामञ्चमा भएको क्षति बेहोर्ने कांग्रेसको प्रतिबद्धता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]
ताजा खबरJust now

दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]

सीजी ब्रान्डले घरायसी प्रयोजनका सामग्रीहरू किन्दा भारी मात्रामा उपहार लिएर बजारमा आएको जनाएको छ । ...

हाम्राकुरा
दूतावासको खर्चमा प्रथम सचिवकी बहिनीको स्वास्थ्य बीमा ! सरकारी क्वार्टरमा पनि बसोबास
ताजा खबरJust now

दूतावासको खर्चमा प्रथम सचिवकी बहिनीको स्वास्थ्य बीमा ! सरकारी क्वार्टरमा पनि बसोबास

• जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवमाथि अनियमितताको आरोप र उनकी बहिनीको स्वास्थ्य बीमा विवरण फेला परेको छ। • यादवले बहिनीलाई एटेंडेंट भिसामा ल्याउन चाहेका थिए, तर दूतावासले भिसा नदिएपछि विद्यार्थी भिसामा ल्याएको बताइएको छ। • यादवले ४२ दिनको हाजिरी गरेको विषयमा छानबिन र कारबाहीको मागसहित उजुरी परेको छ, र पत्रकारलाई धम्की दिएको आरोप पनि छ। ...

नेपालबहस
पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव, संघीय सरकारको ४० प्रतिशत शेयर हिस्सा रहने
ताजा खबरJust now

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव, संघीय सरकारको ४० प्रतिशत शेयर हिस्सा रहने

• सरकारले पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ, जसमा नेपाल सरकारको ४० प्रतिशत शेयर स्वामित्व रहनेछ। • प्रस्तावित कानूनी व्यवस्थाबाट पूर्वाधार क्षेत्रमा लगानी बढ्ने, स्थानीय तहको वित्तीय पहुँच सुदृढ हुने र सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ। • विधेयक पारित भएमा नगर विकास कोष ऐन, २०५३ खारेज हुनेछ र सम्पूर्ण सम्पत्ति, दायित्व ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play