Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/क्यानडासँग २४ रनले हार्‍यो नेपाल, शीर्ष ६ मा पुग्न ओमानलाई हराउनैपर्ने

क्यानडासँग २४ रनले हार्‍यो नेपाल, शीर्ष ६ मा पुग्न ओमानलाई हराउनैपर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
क्यानडासँग २४ रनले हार्‍यो नेपाल, शीर्ष ६ मा पुग्न ओमानलाई हराउनैपर्ने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार ओमानमा भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ। क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमा अलआउट भयो। ओमानको अल अमरेत क्रिकेट मैदानमा भएको खेलमा नेपालका युवा ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै ८७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। करण केसीले अविजित १७ रन जोड्दै अन्तिमसम्म संघर्ष गरे पनि अन्य ब्याटरबाट पर्याप्त साथ नपाउँदा नेपालले हार बेहोर्नुपर्‍यो। लिग–२ मा सुरुआती दुई खेल जितेर शीर्ष ६ मा पर्ने सम्भावना बलियो बनाएको नेपाल यो हारपछि अंकतालिकामा सातौँ स्थानमा झरेको छ। लिगका सबै ३६ खेल खेलेको क्यानडा २९ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ। नेपालले अब शीर्ष ६ मा पर्ने सम्भावना कायम राख्न अन्तिम खेलमा घरेलु टोली ओमानलाई हराउनुपर्नेछ। लिग–२ को शीर्ष ६ मा रहने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता कायम राख्ने अवसर पाउने भएकाले नेपालका लागि अन्तिम खेल निर्णायक बनेको छ। नेपाल यसअघि नै शीर्ष चारको दौडबाट बाहिरिसकेको छ। त्यसैले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा सिधै स्थान बनाउन असफल नेपालले अब विश्वकप छनोटमा पुग्न प्लेअफ क्वालिफायरको बाटो लिनुपर्नेछ। टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा १० विकेट गुमाएर २५६ रन बनाएको थियो। उसका ओपनर युबराज सम्राले शतकीय इनिङ्स खेले। उनले ११७ बलमा ११ चौका र चार छक्काको मद्दतमा १०५ रन बनाए। अर्का ओपनर आरोन जोन्सले ३६ रन जोडे। पहिलो विकेटका लागि सम्रा र जोन्सबीच ७२ रनको साझेदारी भएको थियो। हर्ष थाकरले ३४ तथा कप्तान हम्जा तारिकले ३० रन बनाए। समित गोहेलले १७ र आदित्य बरदाराजनले १२ रनको योगदान दिए। ठूलो स्कोरतर्फ अघि बढिरहेको क्यानडालाई नेपाली स्पिनरले दबाबमा राखेका थिए। क्यानडाका सबै १० विकेट नेपाली स्पिनरले लिए। नेपालका लागि ललित राजवंशीले १० ओभरमा एक मेडन राख्दै ३९ रन खर्चेर सर्वाधिक चार विकेट लिए। सन्दीप लामिछानेले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा रोहित पौडेलले एक विकेट हात पारे। २५७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका युवा ओपनर अर्जुन कुमालले उत्कृष्ट प्रदर्शन गरे। उनले ११२ बलमा चार चौकासहित ८७ रन बनाए। ओडीआईमा पहिलो शतक बनाउनबाट १३ रनले चुकेका अर्जुनले ४१ ओभरसम्म क्रिजमा टिकेर नेपालको इनिङ्स सम्हालेका थिए। तर उनलाई अन्य ब्याटरले लामो समय साथ दिन सकेनन्। अर्जुन आउट भएपछि नेपालले लगातार विकेट गुमाउँदै लक्ष्यबाट टाढियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २७, इशान पाण्डे र गुलशन झाले समान २१ तथा आसिफ शेखले २० रन बनाए। करण केसी १७ रनमा अविजित रहे। अन्तिमतिर करणले एक छेउबाट इनिङ्स सम्हाल्ने प्रयास गरे पनि नेपाल ४६औँ ओभरमै अलआउट भयो। क्यानडाका शिल पटेलले नन्दन यादव र ललित राजवंशीलाई आउट गरे भने सन्दीप लामिछाने रनआउट भए। क्यानडाका लागि सुदजिन्दर सिंहले तीन तथा कलिम साना र शिल पटेलले समान दुई विकेट लिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

दसैँमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
ताजा खबरJust now

दसैँमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बडादसैँका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दसैँका समयमा औद्योगिक तथा व्यावसायिक गतिविधि कम हुने भए पनि घरपरिवार, धार्मिक स्थल, बजार तथा सार्वजनिक क्षेत्रमा विद्युत् खपतको प्रकृति फरक हुने भएकाले विद्युत् प्रणालीको सुरक्षित र भरपर्दो सञ्चालनलाई प्राधिकरणले प्राथमिकतामा राखेको छ । प्राधिकरणका ...

कर्पोरट खबर
मुक्त कमैया बस्तीमा  छैन दसैँको उत्साह
ताजा खबरJust now

मुक्त कमैया बस्तीमा छैन दसैँको उत्साह

सन्तोष दहितदाङ, असोज ३१ गते । देशभर दसैँको रौनक छाएको छ । रोजगारीको सिलसिलामा गाउँबाट सहर, जिल्ला बाहिर र विदेश पुगेका नेपाली घर फर्किन थालेका छन् । गाउँघरमा दसैँको चहलपहल बढेको छ... ...

गोरखापत्र
अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक
ताजा खबरJust now

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ । बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अस्थायी मर्मतपछि सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएपछि दसैँ मनाउन घर फर्किने यात्रुलाई सहज भएको छ । यही असोज ९... ...

रातोपाटी
इरफान पठान पोखराको क्रिकेट एम्बासडर
ताजा खबरJust now

इरफान पठान पोखराको क्रिकेट एम्बासडर

पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणलाई भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इरफान पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play