Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बुढीगण्डकी बाढीपछि गोरखामा अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न के-के गरिदैछ ?

बुढीगण्डकी बाढीपछि गोरखामा अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न के-के गरिदैछ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
बुढीगण्डकी बाढीपछि गोरखामा अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न के-के गरिदैछ ?

काठमाडौं । बुढीगण्डकी र स्यार खोलामा आएको बाढीले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मर्मत तथा पुनःस्थापनाको काम तीव्र बनाएको छ । आरूघाट गाउँपालिका–३ को केउरपानी र ढुंगेमा दुई ट्रान्सफर्मर चार्ज गर्ने तयारी भइरहेको छ । सोती, लिदिङ र स्यामराङका तीन ट्रान्सफर्मर तथा धार्चे गाउँपालिकाका सबै क्षेत्रमा विद्युत् सेवा अवरुद्ध रहेको नेपाल विद्युत् प्राधिकरण आरूघाट वितरण केन्द्रले जनाएको छ । बाढीले गोरखा र धादिङमा विद्युत् वितरण प्रणाली, उच्च भोल्टेजका ७० भन्दा बढी पोल तथा विभिन्न जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएको छ । अन्य धेरै क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन भइसकेको मन्त्रालयले जनाएको छ । बाढीबाट बुढीगण्डकी, टाइम्स इनर्जी प्रालि (३४१ मे.वा.), दोभान खोला (२४.५ मे.वा.), यारु खोला (३०.५९ मे.वा.), माछा खोला (१६ मे.वा.) लगायतका जलविद्युत् आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण तथा सामग्री, बेलिब्रिज, पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ । मन्त्रालयका प्रवक्ता मोहन शाक्यकाअनुसार बाढीले अवरुद्ध भएलगत्तै प्राधिकरणले विद्युत सेवा सुचारु गर्न काम थालेको थियो । करिब १० घण्टामै भीमसेन थापा गाउँपालिका वडा नं. २, ३ र ४ मा विद्युत् सेवा सुचारु भएको थियो । यसैगरी आरुघाट बजारसहित आरुघाट गाउँपालिकाको डाँडागाउँ ब्रान्च र आरुपोखरी ब्रान्चमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको थियो । मन्त्रालयले यसै हप्ताभित्र सबै ठाउँमा विद्युत् सेवा सुचारु गर्नेगरी काम भइरहेको जनाएको छ । The post बुढीगण्डकी बाढीपछि गोरखामा अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न के-के गरिदैछ ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]
ताजा खबरJust now

दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]

सीजी ब्रान्डले घरायसी प्रयोजनका सामग्रीहरू किन्दा भारी मात्रामा उपहार लिएर बजारमा आएको जनाएको छ । ...

हाम्राकुरा
दूतावासको खर्चमा प्रथम सचिवकी बहिनीको स्वास्थ्य बीमा ! सरकारी क्वार्टरमा पनि बसोबास
ताजा खबरJust now

दूतावासको खर्चमा प्रथम सचिवकी बहिनीको स्वास्थ्य बीमा ! सरकारी क्वार्टरमा पनि बसोबास

• जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवमाथि अनियमितताको आरोप र उनकी बहिनीको स्वास्थ्य बीमा विवरण फेला परेको छ। • यादवले बहिनीलाई एटेंडेंट भिसामा ल्याउन चाहेका थिए, तर दूतावासले भिसा नदिएपछि विद्यार्थी भिसामा ल्याएको बताइएको छ। • यादवले ४२ दिनको हाजिरी गरेको विषयमा छानबिन र कारबाहीको मागसहित उजुरी परेको छ, र पत्रकारलाई धम्की दिएको आरोप पनि छ। ...

नेपालबहस
पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव, संघीय सरकारको ४० प्रतिशत शेयर हिस्सा रहने
ताजा खबरJust now

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव, संघीय सरकारको ४० प्रतिशत शेयर हिस्सा रहने

• सरकारले पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ, जसमा नेपाल सरकारको ४० प्रतिशत शेयर स्वामित्व रहनेछ। • प्रस्तावित कानूनी व्यवस्थाबाट पूर्वाधार क्षेत्रमा लगानी बढ्ने, स्थानीय तहको वित्तीय पहुँच सुदृढ हुने र सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ। • विधेयक पारित भएमा नगर विकास कोष ऐन, २०५३ खारेज हुनेछ र सम्पूर्ण सम्पत्ति, दायित्व ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play