Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा

भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको डल्लुमा अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्याससमेत गरेको छ। बीवाईडीको एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका डेपुटी जनरल म्यानेजर झाङ जी र असिस्टेन्ट जनरल म्यानेजर तथा आफ्टर सेल्स हेड फेङ एरदोङले भक्तपुरस्थित सर्भिस सेन्टरको उदघाटन गरेका हुन। नेपालको बढ्दो ग्राहक आधारलाई लक्षित गर्दै बीवाईडीको बिक्रीपछिको सेवा पूर्वाधार विस्तार गर्ने, सर्भिसको पहुँचलाई थप सहज बनाउने र सवारीसाधनको स्वामित्व अवधिभर ग्राहकलाई सहज तथा व्यवस्थित सेवाको अनुभव प्रदान गर्ने साइमेक्स इंकको निरन्तर प्रयासलाई थप मजबुत बनाएका छन्। भक्तपुरमा निर्माण गरिएको नयाँ सर्भिस सेन्टर २५ हजार ७२.६० वर्गफिट क्षेत्रफलमा फैलिएको छ। यसलाई सेल्स, सर्भिस र स्पेयर पार्ट्स सम्बन्धी सुविधा एउटै स्थानमा उपलब्ध हुने ‘थ्रीएस’ सेन्टरका रूपमा विकास गरिएको छ। उक्त सर्भिस सेन्टरमा आठवटा सर्भिस बे उपलब्ध छन्। तीमध्ये पाँचवटा हाल सञ्चालनमा आएका छन् भने बाँकी तीनवटा भविष्यमा सवारीसाधनको सर्भिससम्बन्धी आवश्यकता बढ्दै जाँदा प्रयोगमा ल्याइने छ। सो सेन्टरमा सवारीसाधन बिक्रीका लागि शोरुमसमेत चाँडै नै सञ्चालनमा आउने छ। बीवाईडीको अन्तर्राष्ट्रिय ब्रान्ड मापदण्डलाई स्थानीय सम्पदासँग जोड्ने उद्देश्यले यसलाई ‘बीवाईडी हेरिटेज शोरुम एन्ड सर्भिस सेन्टर’ अवधारणामा विकास गरिएको हो। यस परियोजनाले स्थानीय समुदायको सांस्कृतिक पहिचानलाई सम्मान गर्दै परम्परागत सवारीसाधन बिक्री तथा सर्भिसिङको अवधारणाभन्दा फरक र विशेष अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा एउटै स्थानमा उपलब्ध हुने यस सर्भिस सेन्टरले बीवाईडीको प्राविधिक दक्षता र सर्भिस स्ट्यान्डर्ड अनुसार ग्राहकलाई सवारीसाधन खरिददेखि नियमित मर्मतसम्भारसम्म सहज र सुविधाजनक सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गइरहेको अवस्थामा ग्राहकलाई बिक्रीपछिको सेवा सहज रूपमा उपलब्ध गराउने साइमेक्सको दीर्घकालीन दृष्टिकोणलाई समेत यसले प्रतिबिम्बित गरेको छ। भक्तपुरको सर्भिस सेन्टर उद्घाटनकै दिन काठमाडौंको डल्लुमा नयाँ बीवाईडी सर्भिस सेन्टर निर्माणका लागि शिलान्यास गरिएको छ। The post भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम?
प्रविधिJust now

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम?

त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनःसंरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ। त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। यी योजना कार्यान्वयन भएमा विश्वविद्यालयको प्रशासनिक, शैक्षिक र प्राज्ञिक स्वरूपमा ठूलो फेरबदल आउने अपेक्षा गरिएको ...

टेक्नोलोजी खबर
इन्टरनेट प्याकेज र शुल्कमा प्राधिकरणको निगरानी, १४ सेवा प्रदायक कारबाहीमा
प्रविधिJust now

इन्टरनेट प्याकेज र शुल्कमा प्राधिकरणको निगरानी, १४ सेवा प्रदायक कारबाहीमा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड र निर्देशनविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।प्राधिकरणले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अनुमतिपत्रका सर्त उल्लङ्घन गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम कारबाही गरिएको हो ।प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार स्वीकृत प्याकेजअनुसार ...

आइसिटी समाचार
नेपालमा सार्वजनिक भयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी: विशेषता तथा विवरण
प्रविधिJust now

नेपालमा सार्वजनिक भयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी: विशेषता तथा विवरण

२७ असोज, काठमाडौं। इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा नयाँ १५० सिसी क्षमताको स्कुटर सार्वजनिक गरेको छ । नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी (Vespa 150 FI OBD 2 Stage B) सार्वजनिक गरेको हो । काठमाडौँको त्रिपुरेश्वरस्थित डेल्टा अटोकर्पको शोरुममा आयोजित विशेष कार्यक्रममार्फत नयाँ मोडल सार्वजनिक गरिएको […] The post नेपालमा सार्वजनिक ...

आइसिटी फ्रेम
आफूखुशी शुल्क बढाउने १४ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणले तिरायो जरिवाना, स्वीकृति नलिई लागू गरिएका प्याकेज र शुल्क तत्काल बन्द गर्न निर्देशन
प्रविधिJust now

आफूखुशी शुल्क बढाउने १४ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणले तिरायो जरिवाना, स्वीकृति नलिई लागू गरिएका प्याकेज र शुल्क तत्काल बन्द गर्न निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्रका शर्तविपरीत काम गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै इन्टरनेट (इमेलसहित) सेवा सञ्चालन गर्न अनुमति पाएका सेवा प्रदायकले अनुमतिपत्रका सर्त तथा प्रचलित कानुनअनुसार सेवा सञ्चालन नगरेको निरीक्षण तथा जाँचबुझ प्रतिवेदनका आधारमा जरिवाना गर्ने निर्णय गरिएको जनाएको छ। दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम ती ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play