Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भारतमा ‘क्रक्रोज’ पार्टीको दोस्रो चरणको आन्दोलन, विपक्षी दल पनि सडकमा, मोदीको टाउको दुखाइ किन बन्यो ?

भारतमा ‘क्रक्रोज’ पार्टीको दोस्रो चरणको आन्दोलन, विपक्षी दल पनि सडकमा, मोदीको टाउको दुखाइ किन बन्यो ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतमा ‘क्रक्रोज’ पार्टीको दोस्रो चरणको आन्दोलन, विपक्षी दल पनि सडकमा, मोदीको टाउको दुखाइ किन बन्यो ?

नयाँ दिल्ली । भारतमा मतदाता नामावलीको पुनरावलोकनलाई लिएर सुरु भएको युवा आन्दोलन फेरि चर्किएको छ । ‘क्रक्रोज जनता पार्टी’ (सीजेपी) को नेतृत्वमा सुरु भएको प्रदर्शनमा सामाजिक सञ्जालका चर्चित व्यक्तित्व, विद्यार्थी संगठन, अधिकारकर्मी र विपक्षी दलका नेताहरू सहभागी हुन थालेपछि नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (बीजेपी) सरकारमाथि राजनीतिक दबाब बढेको छ । आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागिरहेका छन् भने विपक्षी दलहरूले निर्वाचन प्रक्रियाको पारदर्शिता र मतदाताको अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।गत जुलाईमा भएको पहिलो चरणको आन्दोलनमा युवाहरूले भारतको परीक्षा प्रणालीमा देखिएका अनियमिततालाई मुख्य मुद्दा बनाएका थिए । प्रश्नपत्र चुहिने, परीक्षा रद्द हुने र विद्यार्थीले पुन: तयारी गर्नुपर्ने समस्या बारम्बार दोहोरिँदा आफ्नो भविष्य र परिवारको सपना प्रभावित भएको भन्दै युवाहरू आक्रोशित बनेका थिए । प्रवेश परीक्षामा भएको भनिएको धाँधलीविरुद्ध सुरु भएको आन्दोलनले सरकारमाथि दबाब सिर्जना गरेपछि तत्कालीन शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पद छाड्नुपरेको थियो । त्यसबेला प्रधानमन्त्री नरेन्द्र मोदीले पनि युवाहरूको आवाज सरकारले सुन्ने बताएका थिए । पहिलो आन्दोलनबाट माग सम्बोधन गराउन सकिने सन्देश पाएका युवाहरू अहिले अर्को मुद्दा लिएर सडकमा उत्रिएका छन् । तर दोस्रो चरणको आन्दोलनप्रति सरकारको प्रतिक्रिया कस्तो हुन्छ भन्ने प्रश्नसँगै प्रदर्शन नियन्त्रणका लागि सुरक्षा बल परिचालन गरिएको विषय चासोका साथ हेरिएको छ । भारतको निर्वाचन आयोगले मतदाता नामावलीको विशेष पुनरावलोकन गरिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार मतदाता नामावलीबाट करिब १३ करोड नाम हटाउन खोजिएको छ । निर्वाचन अधिकारीहरूले मृतक, बसाइँ सरेका र फेला नपरेका व्यक्तिहरूको विवरण सच्याउने उद्देश्यले पुनरावलोकन प्रक्रिया अघि बढाइएको बताएका छन् । तर आन्दोलनकारी र विपक्षी दलहरूले यस प्रक्रियामा अनियमितता भएको, वास्तविक मतदातासमेत प्रभावित हुन सक्ने र सत्तारूढ बीजेपीलाई फाइदा पुग्ने आशंका व्यक्त गरेका छन् । उनीहरूले नाम हटाउने प्रक्रिया पारदर्शी बनाउन र मतदाताको अधिकार सुरक्षित गर्न माग गरेका छन् । आन्दोलनलाई संगठित रूपमा अघि बढाउने प्रमुख व्यक्तिमध्ये क्रक्रोज जनता पार्टीका संस्थापक अभिजित दिप्के छन् । उनीसँगै पार्टीका सहसंयोजक सौरव दास र आशुतोष रंकाले पनि प्रदर्शनमा सक्रिय भूमिका खेलेका छन् । उनीहरूले मतदाता नामावली पुनरावलोकन प्रक्रियाविरुद्ध आवाज उठाउँदै युवाहरूलाई सडकमा आउन आह्वान गरेका छन् । प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागसहित सुरु भएको अभियान अहिले निर्वाचन प्रक्रियाको पारदर्शिता र लोकतान्त्रिक संस्थाको जवाफदेहितासँग जोडिएको छ । आन्दोलनमा युट्युबर ध्रुव राठीको सहभागिताले पनि विशेष चर्चा पाएको छ । सामाजिक सञ्जालमा ठूलो दर्शकवर्ग भएका राठीले निर्वाचन आयोगको पारदर्शिता र जवाफदेहिता माथि प्रश्न उठाएका छन् । डिजिटल माध्यमबाट व्यापक रूपमा फैलिएको बहस सडक प्रदर्शनसँग जोडिएपछि आन्दोलनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि चर्चा पाएको छ । आन्दोलनले राजनीतिक महत्त्व पाउनुमा विपक्षी दलहरूको सहभागिताले समेत भूमिका खेलेको छ । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीसहित विपक्षी गठबन्धनका नेताहरूले निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै युवाहरूसँगै आवाज उठाएका छन् । दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र केरलाका मुख्यमन्त्री पिनरायी विजयनसमेत सडकमा निस्किएपछि आन्दोलन थप चर्किएको हो । यस्तै, वामपन्थी विद्यार्थी संगठन अल इन्डिया स्टुडेन्ट्स एसोसिएसनकी राष्ट्रिय अध्यक्ष नेहा बोरा र कम्युनिस्ट पार्टी अफ इन्डिया (माक्र्सवादी–लेनिनवादी) का महासचिवलगायत नेताहरू पनि आन्दोलनमा सहभागी भएका छन् । मुम्बई र बेंगलुरुमा सुरु भएका प्रदर्शन नयाँदिल्लीसम्म फैलिएका छन् । अक्टोबर १० मा नयाँदिल्लीको जन्तरमन्तर क्षेत्रमा प्रदर्शनको तयारी भइरहेका बेला प्रहरीले क्रक्रोज जनता पार्टीका संस्थापक अभिजित दिप्के, सौरव दास र आशुतोष रंकासहित विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । युट्युबर ध्रुव राठी र नेहा बोरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शनका क्रममा दुई हजारभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको विवरण सार्वजनिक भएको छ । पछि दिप्केसहित तीन जना आन्दोलनका अगुवालाई अदालतको आदेशपछि रिहा गरिएको थियो । प्रदर्शन नियन्त्रण गर्न नयाँदिल्लीका विभिन्न क्षेत्रमा प्रहरी तथा अर्धसैनिक बल परिचालन गरिएको छ । आन्दोलनलाई कमजोर बनाउन केही मेट्रो स्टेसन बन्द गरिएको छ भने मध्यदिल्लीका केही क्षेत्रमा मोबाइल इन्टरनेट सेवासमेत रोकिएको छ । सुरक्षाका नाममा चालिएका यस्ता कदमले आन्दोलनकारीको असन्तुष्टि थप बढाउँछन् वा प्रदर्शन नियन्त्रणमा सहयोग पुर्‍याउँछन् भन्ने प्रश्न पनि उठेको छ ।भारतको अहिलेको युवा आन्दोलनलाई नेपालमा भएको जेनजी आन्दोलनसँग तुलना गर्ने क्रमसमेत बढेको छ । सामाजिक सञ्जालमार्फत युवाहरू परिचालित हुनु, सरकार र संस्थाप्रति जवाफदेहिताको माग उठ्नु तथा परम्परागत राजनीतिक नेतृत्वमाथि प्रश्न गरिनु दुवै आन्दोलनका समान पक्ष हुन् । नयाँदिल्लीको सडकमा उत्रिएका कतिपय प्रदर्शनकारीले भारतलाई नेपाल र बंगलादेशजस्तै बनाइदिने भन्दै मोदी सरकारलाई चेतावनी दिएका छन् । यद्यपि, भारतको राजनीतिक, प्रशासनिक र सामाजिक अवस्था नेपाल तथा बंगलादेशभन्दा फरक भएकाले यी आन्दोलनको दिशा र परिणाम पनि फरक हुन सक्छन् । अब मोदी सरकारसामु आन्दोलनकारीले उठाएका प्रश्नको जवाफ दिने र निर्वाचन प्रक्रियाप्रतिको विश्वास कायम गर्ने चुनौती छ । सरकारले मतदाता नामावली पुनरावलोकनबारे स्पष्ट तथ्य सार्वजनिक गर्दै उजुरीको निष्पक्ष सुनुवाइ गर्छ वा आन्दोलन नियन्त्रणलाई प्राथमिकता दिन्छ भन्ने कुराले आगामी घटनाक्रम प्रभावित पार्न सक्छ । अर्कोतर्फ, क्रक्रोज जनता पार्टी र अन्य युवा संगठनले आन्दोलनलाई निरन्तरता दिन सक्छन् कि सक्दैनन् तथा विपक्षी दलहरूको सहकार्य कति टिकाउ हुन्छ भन्ने पनि महत्त्वपूर्ण हुनेछ । हालका घटनाले मोदी सरकारमाथि राजनीतिक दबाब बढाएको देखिए पनि यसैका आधारमा सरकारले सत्ता गुमाउने निष्कर्ष निकाल्न सकिँदैन । तर निर्वाचन प्रक्रियाको पारदर्शिता, मतदाताको अधिकार र निर्वाचन आयोगको निष्पक्षतामाथि उठेका प्रश्नलाई बेवास्ता गर्न सरकारलाई सहज हुने छैन । सरकारले यी प्रश्नलाई कसरी सम्बोधन गर्छ र आन्दोलनकारीले आफ्ना मागलाई कुन दिशामा अघि बढाउँछन् भन्ने कुराले भारतको आगामी राजनीतिक घटनाक्रम निर्धारण गर्नेछ । The post भारतमा ‘क्रक्रोज’ पार्टीको दोस्रो चरणको आन्दोलन, विपक्षी दल पनि सडकमा, मोदीको टाउको दुखाइ किन बन्यो ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

थाइल्यान्डमा ‘मिसेस एसिया इन्टरनेसनल २०२६’ सुरु, नेपालबाट सुमित्रा, कल्पना र गंगा भिड्दै
ताजा खबरJust now

थाइल्यान्डमा ‘मिसेस एसिया इन्टरनेसनल २०२६’ सुरु, नेपालबाट सुमित्रा, कल्पना र गंगा भिड्दै

काठमाडौँ । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एसिया इन्टरनेसनल पेजेन्ट’ अन्तर्गतको ‘क्लासिक एन्ड मिसेस एसिया इन्टरनेसनल २०२६’ थाइल्यान्डको खोन केनमा सुरु भएको छ। अक्टोबर १९ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व... ...

रातोपाटी
सूर्यविनायक–धुलिखेल सडक विस्तार : चौहत्तर प्रतिशत भौतिक प्रगति
ताजा खबरJust now

सूर्यविनायक–धुलिखेल सडक विस्तार : चौहत्तर प्रतिशत भौतिक प्रगति

बनेपा समाचारदाताबनेपा, असोज २८ गते । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तारको कामलाई निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिइएको छ । भक्तपुरको सूर्... ...

गोरखापत्र
बिहारमा डुङ्गा दुर्घटना : १३ जनाको मृत्यु, अधिकांश बालबालिका
ताजा खबरJust now

बिहारमा डुङ्गा दुर्घटना : १३ जनाको मृत्यु, अधिकांश बालबालिका

रौतहट । भारतको बिहारमा गङ्गा नदी पार गर्ने क्रममा भएको डुङ्गा दुर्घटनाले ठुलो मानवीय क्षति निम्त्याएको छ। वैशाखी जिल्लाको राघोपुरमा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश... ...

रातोपाटी
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
ताजा खबरJust now

कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग

• नेपाल कृषि मेशिनरी व्यवसायी संघले स्वदेशी कृषि यन्त्र उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंक ब्याज अनुदान र विद्युत् महसुलमा सहुलियतको माग गरेको छ। • कृषि यान्त्रीकरणलाई प्राथमिकता दिँदै नीतिगत सुधार र कृषि यन्त्रको आयातमा भन्सार सहुलियतको आवश्यकता रहेको संघको भनाइ छ। • आगामी मंसिर ४ देखि ६ गते काठमाडौँमा राष्ट्रियस्तरको कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुने भएको छ, जसमा आधुनिक ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play