Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/राजनीतिक दबाब र व्यक्तिगत स्वार्थबाट टाढा रहेर काम गर्न प्रहरी अधिकृतलाई प्रधानमन्त्री शाहको निर्देशन

राजनीतिक दबाब र व्यक्तिगत स्वार्थबाट टाढा रहेर काम गर्न प्रहरी अधिकृतलाई प्रधानमन्त्री शाहको निर्देशन

10/12/2026, 12:14:42 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
राजनीतिक दबाब र व्यक्तिगत स्वार्थबाट टाढा रहेर काम गर्न प्रहरी अधिकृतलाई प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहबाट दीक्षित भई कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी अधिकृतहरूलाई कुनै पनि प्रकारको राजनीतिक दबाब र व्यक्तिगत स्वार्थबाट टाढा रहेर कानूनको शासन कायम गर्न निर्देशन दिएका छन् । सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले नेपाल प्रहरीको छवि उच्च राख्न इमान्दारी, अनुशासन र नैतिकता प्रमुख आधार भएको बताए । करिब १६ महिना लामो कठोर तालिम पूरा गरेका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै उनले पेशागत मर्यादा र जवाफदेहितालाई प्राथमिकतामा राखेर जिम्मेवारी निर्वाह गर्न आग्रह गरे । प्रधानमन्त्री साहले संविधान, प्रचलित कानून र नियमको पालना गर्दै कुनै पनि अनुचित दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । नागरिकको जिउधनको रक्षा, अपराध अनुसन्धान र देशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी निर्वाह गर्दा कुनै पनि प्रकारको सम्झौता गर्न नहुने उनको भनाइ थियो । ‘यस तालिमबाट प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्न आवश्यक ज्ञान, सीप र क्षमता हासिल गर्नुभएको छ भन्ने विश्वास लिएको छु । अब प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै नैतिकता, निष्ठा, इमान्दारी, अनुशासन र जवाफदेहितालाई आफ्नो कार्यसम्पादनको आधार बनाउनुहुनेछ भन्ने अपेक्षा गर्दछु,’ प्रधानमन्त्री साहले भने । उनले बदलिँदो अपराधको स्वरूपलाई ध्यानमा राख्दै अपराध अनुसन्धानलाई निष्पक्ष, वैज्ञानिक र प्रमाणमुखी बनाउन सूचना प्रविधिको उचित प्रयोग गर्नुपर्नेमा जोड दिए । प्रविधिको प्रभावकारी उपयोगले अनुसन्धान प्रक्रियालाई थप विश्वसनीय र प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । प्रहरी सङ्गठनलाई आवश्यक पर्ने स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री साहले प्रहरी अधिकारीहरूलाई सङ्गठनको प्रोटोकलविपरीतका गतिविधि, व्यक्तिगत स्वार्थ र अनुचित प्रभावबाट टाढा रहन सचेत गराए । उनले निर्भीकताका साथ कर्तव्य निर्वाह गर्दै नागरिकको सुरक्षा र कानूनको शासन कायम गर्न आग्रह गरे । दीक्षान्त समारोहमा प्रशिक्षार्थीका अभिभावक तथा प्रहरी नेतृत्वको उपस्थिति थियो । करिब १६ महिना लामो आधारभूत तालिम पूरा गरेका १८४औँ समूहका प्रहरी निरीक्षकहरू अब देशका विभिन्न क्षेत्रमा खटिएर प्रहरी सेवामा योगदान पुर्‍याउनेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]
ताजा खबरJust now

दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]

सीजी ब्रान्डले घरायसी प्रयोजनका सामग्रीहरू किन्दा भारी मात्रामा उपहार लिएर बजारमा आएको जनाएको छ । ...

हाम्राकुरा
दूतावासको खर्चमा प्रथम सचिवकी बहिनीको स्वास्थ्य बीमा ! सरकारी क्वार्टरमा पनि बसोबास
ताजा खबरJust now

दूतावासको खर्चमा प्रथम सचिवकी बहिनीको स्वास्थ्य बीमा ! सरकारी क्वार्टरमा पनि बसोबास

• जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवमाथि अनियमितताको आरोप र उनकी बहिनीको स्वास्थ्य बीमा विवरण फेला परेको छ। • यादवले बहिनीलाई एटेंडेंट भिसामा ल्याउन चाहेका थिए, तर दूतावासले भिसा नदिएपछि विद्यार्थी भिसामा ल्याएको बताइएको छ। • यादवले ४२ दिनको हाजिरी गरेको विषयमा छानबिन र कारबाहीको मागसहित उजुरी परेको छ, र पत्रकारलाई धम्की दिएको आरोप पनि छ। ...

नेपालबहस
पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव, संघीय सरकारको ४० प्रतिशत शेयर हिस्सा रहने
ताजा खबरJust now

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव, संघीय सरकारको ४० प्रतिशत शेयर हिस्सा रहने

• सरकारले पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ, जसमा नेपाल सरकारको ४० प्रतिशत शेयर स्वामित्व रहनेछ। • प्रस्तावित कानूनी व्यवस्थाबाट पूर्वाधार क्षेत्रमा लगानी बढ्ने, स्थानीय तहको वित्तीय पहुँच सुदृढ हुने र सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ। • विधेयक पारित भएमा नगर विकास कोष ऐन, २०५३ खारेज हुनेछ र सम्पूर्ण सम्पत्ति, दायित्व ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play