सर्तविपरीत इन्टरनेट सेवा चलाउने नेपाल टेलिकमसहित थप ६ कम्पनीलाई प्राधिकरणले तिरायो जनही ५० हजार रुपैयाँ जरिवाना

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्रको सर्तविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमसहित थप ६ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। प्राधिकरणले ती कम्पनीको कार्यबाट कुनै ग्राहकलाई हानि नोक्सानी भएको भए सम्बन्धित ग्राहकको मागअनुसार क्षतिको बिगो वा क्षतिपूर्ति उपलब्ध गराउन पनि निर्देशन दिएको छ। साथै, प्राधिकरणबाट स्वीकृत नगराई सञ्चालन गरिएका इन्टरनेट सेवाका प्याकेज तथा शुल्क तत्काल बन्द गरी त्यसबारे प्राधिकरणलाई जानकारी गराउन भनिएको छ। जरिवानामा पर्ने कम्पनीमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, आई. जोन प्रालि, चितवन युनिक नेट प्रालि, स्काई ब्रोडब्याण्ड प्रालि, सजिलो नेट प्रालि र कनेक्ट नेपाल नेटवर्क प्रालि रहेका छन्। गत असोज २७ गते निजी क्षेत्रका अग्रणी मानिने वर्ल्डलिङ्क, सुबिसु तथा भायानेटलगायतका १४ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणले जनाही ५० हजार रुपैयाँ जरिवाना गरेको थियो। प्राधिकरणका अनुसार अनुमतिपत्रमा तोकिएका सर्तविपरीत काम गरेको पाइएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम जरिवाना गर्ने निर्णय गरिएको हो। सोही ब्यहोरा गत असोज २७ गते १४ आइएसपीहरुको नाममा काटिएको पत्रमा पनि उल्लेख थियो। गत असोज १९ गतेदेखि निजी इन्टरनेट सेवा प्रदायकहरुले आफुखुशी ५० एमबीपीएसभन्दा कमका प्याकेज बिक्री बन्द गरेर अन्य प्याकेजहरुका पनि शुल्क बढाउने वा गति घटाउने गरेका थिए। सरकारी स्वामित्वको नेपाल टेलिकमले भने आफ्ना शुल्कमा कुनै थपघट गरेको थिएन। यसबाट विभिन्न सेवा प्रदायकका कनेक्शन चलाउने ग्राहकहरुले हेलो सरकारलगायत सामाजिक सञ्जालमा यो कदमको विरोध गर्दै अब नेपाल टेलिकमको कनेक्शन जोड्नुपर्छ भन्ने आवाज उठाएका थिए। यसरी निजी सेवा प्रदायकहरुको रवैया र त्यसका कारण रुष्ट ग्राहकहरुलाई सही समयमा आफ्नो सेवातर्फ मोड्न नेपाल टेलिकमले पनि विभिन्न प्याकेज तथा छुट र एउटै फाइबरबाट इन्टरनेट, टेलिफोन र आईपी टीभी पनि बण्डलिङ गर्दै आक्रामक विज्ञापन गर्न थाल्यो। सम्बन्धित समाचार इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गर्दा सरकारी कम्पनीले नियामकको निर्देशन विपरित खुलेआम बन्डलिङमा सेवा दिँदै यसबारे व्यापक चर्चा परिचर्चा शुरु भयो र नियामकले निजी र सरकारीबीच भेदभाव गरेर निजीलाई कारबाही तथा सरकारीलाई उन्मुक्ति दिएको आरोप समेत लगाइयो। यसबारे टेक्नोलोजीखबरले बिहीबार समाचार प्रकाशन गरेको थियो। सोही समाचार प्रभावका रुपमा आज प्राधिकरणले नेपाल टेलिकमसहित अन्य गरी ६ इन्टरनेट सेवा प्रदायकमाथि कारबाही गरेर विज्ञप्ति सार्वजनिक गरेको बुझिन्छ। यसबारे सञ्चारमन्त्री र सचिवले पनि निकै चासो लिएर हेरिरहेको बुझिएको छ। मन्त्रालयबाट नेपाल टेलिकमलाई समेत यो कैफियत छिटोभन्दा छिटो सुल्झाउन कडा निर्देशन गएको टेक्नोलोजीखबरलाई स्रोतमार्फत् थाहा हुन आएको छ। प्राधिकरणले अनुमतिपत्र प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकलाई इन्टरनेट सेवाका प्याकेज तथा शुल्क अनिवार्य रूपमा प्राधिकरणबाट स्वीकृत गराएर मात्रै लागू गर्न निर्देशन दिएको छ। स्वीकृत शुल्क सार्वजनिक सूचनामार्फत प्रकाशित गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ। यसै सम्बन्धमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने, ‘हामीले नेपाल टेलिकमलगायतलाई फेरि जरिवाना गरेका छौं। सरकारी सेवा प्रदायक भनेर हामीले नियम विपरीत काम गर्न दिन मिल्दैन।’ The post सर्तविपरीत इन्टरनेट सेवा चलाउने नेपाल टेलिकमसहित थप ६ कम्पनीलाई प्राधिकरणले तिरायो जनही ५० हजार रुपैयाँ जरिवाना appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

अमेरिकामा नयाँ कारखाना बनाउन चीनमा चिप उपकरण निर्यातको अनुमति खोज्दै एसके हाइनिक्स
दक्षिण कोरियाली चिप निर्माता एसके हाइनिक्सले अमेरिकामा नयाँ कारखाना निर्माण गर्ने योजनासँगै चीनमा चिप उत्पादन बढाउन अमेरिकी उपकरण निर्यातको अनुमति मागेको छ। यस विषयमा जानकार दुई व्यक्तिका अनुसार कम्पनीले चीनस्थित कारखानामा थप उपकरण लैजान वासिङ्टनसँग स्वीकृति खोजिरहेको छ। अमेरिकी उत्पादन क्षमता पुनर्निर्माण गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एसके हाइनिक्स, सामसङ र अन्य विदेशी चिप निर्मातालाई अमेरिकामा कारखाना ...

विपुल क्षेत्रीको कन्सर्टमा जगदम्बा मोटर्सद्वारा बुटवलमा TVS NTORQ 150 सार्वजनिक
३० असोज, काठमाडौं। नेपालका लागि TVS Motor Company को आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले बुटवलमा नयाँ TVS NTORQ 150 सार्वजनिक गरेको छ। चर्चित गायक विपुल क्षेत्रीको सांगीतिक कन्सर्टको अवसर पारेर आयोजना गरिएको उक्त सार्वजनिक कार्यक्रममा लाइभ संगीतको उत्साहसँगै नेपालको पहिलो 150cc Hyper Sport Scooter को दमदार प्रदर्शन र आकर्षक डिजाइन प्रस्तुत गरिएको थियो। कार्यक्रममा TVS […] The post विपुल क्षेत्रीको कन्सर्टमा ...

सिटिजन्स बैंक र सिटीटेक बीच सम्झौता: लुप पर्चेज क्रेडिट र ईएमआई सेवा सुरु
३० असोज, काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटीटेक ग्रुपसँग लुप नेटवर्कमा इस्युअर बैंकका रूपमा आबद्ध हुन सम्झौता गरेको छ। यस सहकार्यसँगै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल माध्यमबाट सहज रूपमा कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने भएको छ। यस सम्झौतापश्चात् सिटिजन्स बैंकका योग्य डेबिट कार्ड, क्रेडिट कार्ड होल्डरहरूले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक प्रतिष्ठानहरूबाट सामान […] The post सिटिजन्स बैंक र ...


