म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा

<img src="https://www.lumbinisanchar.com/wp-content/uploads/2026/10/1791952329-a1fST-2-400x220.jpg" alt=""/> <p>काठमाडौँ । श्रीलंकाका लागि प्रश्तावित नेपाली राजदुत डा. मञ्चलाकुमारी झाले आफू आरक्षणको विरोधी भएको बताउनुभएको छ ।<br/>बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा सांसदहरुले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो रु भन्ने आरोपपछि यस्तो जवाफ दिनुभएको हो । आफू आरक्षणका आधारमा नभइ योग्यताका आधारमा सिफारिस भएको बताउनु भयो । आफूले अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीतिशास्त्र तथा परराष्ट्र नीति र कुटनीतिमा स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन गरेको बताउनु भयो । आफूले अवसरलाई आरक्षणभन्दा योग्यता र क्षमताका आधारमा प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्ने बताउनु भयो ।</p> <p><em>उनले भनिन्, ‘म आफ्नो शैक्षिक योग्यता, क्षमता र अनुभवप्रति विश्वस्त छु । अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीतिशास्त्र तथा परराष्ट्र नीति र कुटनीतिमा स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन गरेकी छु । साथै, सार्वजनिक विषयमा लेखन र विश्लेषणमार्फत पनि योगदान दिँदै आएकी छु । म अवसरलाई आरक्षणभन्दा योग्यता र क्षमताका आधारमा प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले, आफ्नो नियुक्तिलाई पनि योग्यता र क्षमताको आधारमा मूल्याङ्कन गरियोस् भन्ने चाहन्छु । कुटनीतिक क्षेत्रमा प्रत्यक्ष अनुभवको कमी रहेको कुरा म स्वीकार गर्छु । तर सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुभवसँग जोड्दै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्छु भन्नेमा विश्वस्त छु । सकारात्मक सोच, सिक्ने इच्छाशक्ति र दृढ प्रतिवद्धताका साथ नेपाल र श्रीलंकाबीचको सम्बन्ध सुदृढ बनाउन सक्ने विश्वास व्यक्त गर्दछु ।’</em></p> <p>उनले कुटनीतिक क्षेत्रमा प्रत्यक्ष अनुभवको कमी रहेको बताइन् । सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अनुभवसँग जोड्दै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नसक्नेमा विश्वस्त रहेको बताइन् । न्युज एजेन्सी नेपाल</p>
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधकिृतमा कवि फुयाँल नियुक्त
फुयाँलले यसअघि सन नेपाल लाइफ इन्स्योरेन्समा वरष्ठि नायब प्रमुख कार्यकारी अधकिृत र आईएमई लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधकिृतका रूपमा काम गिरसकेका छन् । ...

झिझिया नृत्यबारे बहस
जीवछ यादवलहान, असोज २८ गते । मधेसको मिथिला भाषाभाषीको बाहुल्यता रहेको क्षेत्रमा दसैंको समयमा प्रस्तुत गरिने झिझिया नृत्यलाई लोकनृत्यको रुपमा लिइने गरिन्छ । यो लोकनृत्य संस्कृतिको स... ...

पोखरा–दुबई उडान : वर्ष दिनको टिकट बुकिङ खुला
पोखरा।फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ। सुरुमा ६ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो। फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले दुबई–पोखरा–दुबई उडान सुरुवातमै उत्साहजनक रहेपछि फ्लाई दुबईले ...
महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव पाँच दिनपछि फेला
सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ। ...


