Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/प्रहरी दिवसमा प्रधानमन्त्री अनुपस्थित, पठाए शुभकामना सन्देश

प्रहरी दिवसमा प्रधानमन्त्री अनुपस्थित, पठाए शुभकामना सन्देश

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरी दिवसमा प्रधानमन्त्री अनुपस्थित, पठाए शुभकामना सन्देश

काठमाडौं । ७१ औं प्रहरी दिवसका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय,नक्सालमा आयोजित कार्यक्रममा प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएका छन्।उनले कार्यक्रममा सहभागी नभई शुभकामना सन्देश पठाएका छन्। प्रधानमन्त्री बालेनले पठाएको शुभकामना सन्देश प्रहरी महानिरीक्षक ज्ञानबहादुर कार्कीले वाचन गरेका थिए। प्रधानमन्त्री शाहले पठाएको शुभकामना सन्देशमा नेपाल प्रहरीलाई विपद् व्यवस्थापन,प्रविधि विस्तार र पूर्वाधार विकासमा सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। उनले पछिल्लो समय बढ्दै गएको वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि नेपाल प्रहरीको सहकार्यमा नेपाल राष्ट्र बैंक,इन्टरनेट तथा टेलिकम सेवाप्रदायक र डिजिटल वालेटहरूलाई एक ठाउँमा ल्याएर नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था गरिँदै गरेको बताएका छन्। त्यस्तै,कृत्रिम बुद्धिमत्ता (एआई),एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट तथा इन्टिग्रेटेड एन्टी–स्क्याम सेन्टर स्थापनाको तयारी भइरहेको सन्देशमा उल्लेख छ। प्रहरी कर्मचारी,उनीहरूका परिवार तथा सर्वसाधारणको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको पनि प्रधानमन्त्रीले बताएका छन्। ‘विपद्मा सारथी,संकटमा छहारी,प्रविधियुक्त नेपाल प्रहरी’भन्ने नाराका साथ मनाइएको प्रहरी दिवसका अवसरमा प्रधानमन्त्रीले प्रहरी संगठनलाई आधुनिक तालिम,नीतिगत मार्गदर्शन,कानुनी सहजता र पूर्वाधार विकासमार्फत थप सक्षम बनाइने बताएका छन्। सन्देशमा उनले राष्ट्रको सेवा गर्ने क्रममा हालैको भोटेकोशी–त्रिशूलीको विपद् तथा विभिन्न कालखण्डमा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कर्तव्य निर्वाहका क्रममा घाइते तथा अशक्त भएका प्रहरीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले आन्तरिक शान्ति,सुरक्षा र सुव्यवस्था कायम राख्न नेपाल प्रहरीले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै संकटका बेला धैर्य,सही निर्णय र कुशल कार्यसम्पादन महत्त्वपूर्ण हुने बताएका छन्। The post प्रहरी दिवसमा प्रधानमन्त्री अनुपस्थित, पठाए शुभकामना सन्देश appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

‘सांसद खगेन्द्र सुनारमाथि प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
ताजा खबरJust now

‘सांसद खगेन्द्र सुनारमाथि प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’

काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि आवश्यक परे प्रक्रियाअनुसार अनुसन्धान गरेर अघि बढ्ने बताएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सांसद सुनारसँग सम्बन्धित विषयमा सरकारले आवश्यक प्रक्रिया अघि बढाउने बताएका हुन् । सांसद सुनारले एक महिलामाथि अश्लील शब्द प्रयोग गर्दै धम्की […] ...

लोकपथ
ऋण तिर्न जाँदा बैंकले किस्ता लिएन, अहिले १० करोडको घरजग्गा साढे ३ करोडमा लिलाम !
ताजा खबरJust now

ऋण तिर्न जाँदा बैंकले किस्ता लिएन, अहिले १० करोडको घरजग्गा साढे ३ करोडमा लिलाम !

• एनएमबी बैंकले पोखराका घरधनीहरूको घरजग्गा लिलाम गरेकोमा पीडितहरूले आक्रोश व्यक्त गर्दै मालपोत कार्यालय घेराउ गरेका छन्। • बैंकले ऋण तिर्न खोज्दा किस्ता नबुझ्ने र पछि ऋण नतिरेको भन्दै घरजग्गा लिलाम गरेको आरोप लगाइएको छ। • पीडितहरूले सरकारसँग निष्पक्ष छानबिनको माग गर्दै ऋणी र बैंकको जिम्मेवारीको स्पष्टता आवश्यक रहेको बताएका छन्। ...

नेपालबहस
चिकित्सा शिक्षामा ४१८ सिट थप, कुल सिट संख्या ९  हजार ६९१ पुग्यो
ताजा खबरJust now

चिकित्सा शिक्षामा ४१८ सिट थप, कुल सिट संख्या ९ हजार ६९१ पुग्यो

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि देशभरका विभिन्न शिक्षण संस्थाहरूमा कुल ९ हजार ६ सय ९१ सिट निर्धारण गर्दै समग्र क्षेत्रमा ४ सय १८ सिट वृद्धि गरेको छ। प्रधानमन्त्री... ...

रातोपाटी
यस वर्षका लागि सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय ?
ताजा खबरJust now

यस वर्षका लागि सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय ?

• सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य ४१०७ रुपैयाँ प्रतिक्वीन्टल तोकेको छ, जुन गत वर्षको ३९४५ रुपैयाँ भन्दा बढी हो। • मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू पनि गरेको छ, जसमा बाढी प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने र राहत प्रदान गर्ने योजना समावेश छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play