Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

९०औँ वार्षिकोत्सवमा नेपाल बैंकले ल्यायो फोन लोन र बीएनपीएल क्रेडिट कार्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
९०औँ वार्षिकोत्सवमा नेपाल बैंकले ल्यायो फोन लोन र बीएनपीएल क्रेडिट कार्ड
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बैंकको प्रधान कार्यालय धर्मपथमा सोमबार आयोजित समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्य तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलको विशेष आतिथ्य रहेको थियो । वि.सं. १९९४ कात्तिक ३० गते स्थापना भएको नेपाल बैंकले ८९ वर्ष पूरा गरी ९०औँ वर्षमा प्रवेश गरेको अवसरमा वार्षिकोत्सव समारोह आयोजना गरेको हो । बैंक सञ्चालक समितिका सदस्य बद्री खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले उपस्थित अतिथिहरूलाई स्वागत गरेका थिए । वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री वाग्लेले बैंकका तीन नयाँ डिजिटल सेवा शुभारम्भ गरेका छन् । उनले डिजिटल कर्जा सेवा ‘फोन लोन’, ‘बाइ नाउ पे लेटर’ (बीएनपीएल) क्रेडिट कार्ड तथा अनलाइन लोन एप्लिकेसन पोर्टल सार्वजनिक गरेका हुन् । सो अवसरमा अर्थमन्त्री वाग्लेले कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग तथा साना र मझौला उद्योगमा कर्जा लगानी विस्तार गर्न बैंकलाई आग्रह गरे । उत्पादन र उद्यमशीलता प्रवर्द्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले संस्थागत सुशासन, वित्तीय अनुशासन र व्यावसायिक कार्यसम्पादनमा उच्च मापदण्ड कायम गर्न निर्देशन दिए । त्यस्तै, डिजिटल रूपान्तरण र वित्तीय समावेशीकरणलाई प्राथमिकता दिन, डिजिटल बैंकिङ, साइबर सुरक्षा तथा तथ्यांक संरक्षणमा विशेष ध्यान दिन उनले सुझाव दिए । ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न पनि बैंकले थप पहल गर्नुपर्ने उनको भनाइ थियो । बैंकका अनुसार हाल देशभर २३० शाखा, २५० एटीएम र ५७ एक्सटेन्सन काउन्टरमार्फत २९ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । बैंकका करिब १६ लाख ग्राहक डिजिटल बैंकिङ सेवाबाट लाभान्वित भएका छन् । प्रविधिमैत्री बैंकिङ सेवाको विस्तारसँगै छिटोछरितो, गुणस्तरीय र प्रभावकारी ग्राहक सेवा प्रदान गर्दै आएको बैंकले युवा तथा दक्ष जनशक्तिमार्फत सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने लक्ष्य राखेको जनाएको छ । वार्षिकोत्सवका अवसरमा बैंकमा २५ वर्ष निरन्तर सेवा गरेका तीन जना र २० वर्ष सेवा गरेका १० जना कर्मचारीलाई दीर्घसेवा पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो । त्यस्तै, प्रादेशिक तथा भौगोलिक वर्गीकरणका आधारमा उत्कृष्ट उपलब्धि हासिल गर्ने १२ शाखालाई पुरस्कृत गरिएको थियो । प्राकृतिक विपत्तिका प्रतिकूल अवस्थामा समेत बैंकिङ सेवा निरन्तर सञ्चालन गरेका त्रिशूली र धुन्चे शाखालाई सम्मान गरिएको थियो । यसैगरी, स्याफ्रुबेंसी एक्सटेन्सन काउन्टर (धुन्चे शाखा) मा कठिन परिस्थितिमा समेत बैंकको सम्पत्ति साहसपूर्वक संरक्षण गर्ने कर्मचारी तथा सुरक्षाकर्मीलाई कदरपत्र प्रदान गरिएको बैंकले जनाएको छ । कार्यक्रमको समापन गर्दै अध्यक्ष बद्री खनालले कर्मचारीलाई आगामी दिनमा उच्च मनोबल, जिम्मेवारी र इमानदारीका साथ कार्यक्षेत्रमा खटिन प्रेरित गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२४ घण्टामा सवारी दुर्घटनामा १५ जनाले गुमाए ज्यान, १६९ जना घाइते
Latest NewsJust now

२४ घण्टामा सवारी दुर्घटनामा १५ जनाले गुमाए ज्यान, १६९ जना घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेकाे कार्तिक ३० गतेको विवरणअनुसार सबैभन्दा बढी मानवीय क्षति सुदूरपश्चिम र मधेस प्रदेशमा भएको छ । सुदूरपश्चिम प्रदेशमा पाँच जनाको मृत्यु हुँदा २५ जना घाइते भएका छन् । मधेस प्रदेशमा पनि पाँच जनाकै मृत्यु भएको छ भने ...

केन्द्रबिन्दु
हिमपातले सडक अबरुद्ध
Latest NewsJust now

हिमपातले सडक अबरुद्ध

राजन रावतहुम्ला, मङ्सिर १ गते । सिमकोट–हिल्सा सडक खण्डको यारी हिल्सा क्षेत्रको नारा सडक अबरुद्ध भएको छ । आइतबार भएको हिमपातले सडकमा हिउँ जमेको कारण यातायात सेवा अवरुद्ध भएको हो ।ना... ...

गोरखापत्र
बागमती सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी
Latest NewsJust now

बागमती सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी

सर्लाही । बागमती सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी गरिएको छ । मंगलबार ज्यालादारी कर्मचारीहरूको संघर्ष समिति/आन्दोलन परिचालन कमिटीले सर्लाहीको कर्मैयास्थित कार्यालयमा तालाबन्दी गरेको हो । उमेर हदका आधारमा दैनिक ज्यालादारी कर्मचारीलाई... ...

रातोपाटी
नेपाल–चीन सम्बन्धः कूटनीतिबाट समृद्धितर्फको आयाम
Latest NewsJust now

नेपाल–चीन सम्बन्धः कूटनीतिबाट समृद्धितर्फको आयाम

काठमाडौँ। बदलिँदो विश्व व्यवस्था, क्षेत्रीय शक्ति सन्तुलनमा आएको परिवर्तन, प्रविधिको तीव्र विकास र आर्थिक प्रतिस्पर्धाको विस्तारले आज कूटनीतिक सम्बन्धको परम्परागत परिभाषालाई फराकिलो बनाएको छ। अब कूटनीति केवल राज्यहरूबीच औपचारिक संवाद गर्ने, राजनीतिक सद्भाव व्यक्त गर्ने र उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने माध्यम मात्र रहेन। यो राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउने, विदेशी लगानी आकर्षित गर्ने, निर्यात बजार विस्तार गर्ने, प्रविधि हस्तान्तरण सुनिश्चित गर्ने, रोजगारी ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play