४६औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न

भक्तपुर । भक्तपुरको यातामा आयोजित ४६औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत् साहित्य सम्मेलन) शनिबार साँझ सम्पन्न भएको छ । नेपाल संवत् ११४६ को अवसरमा ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने नारासहित शुक्रबारदेखि सुरु भएको सम्मेलनमा भाषा, साहित्य, कला, संस्कृति तथा समसामयिक सामाजिक र राजनीतिक विषयमा छलफल गरिएको थियो । समापन समारोहमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजनीतिमा सक्रिय व्यक्तिले समाजका समस्या बुझ्न अध्ययन, अनुसन्धान र व्यावहारिक अनुभवलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । राजनीतिक क्षमता पार्टी सदस्यताबाट मात्र पुष्टि नहुने उल्लेख गर्दै उहाँले व्यक्तिको ज्ञान, योग्यता र कार्यक्षमताका आधारमा मूल्याङ्कन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सम्मेलनका क्रममा किसान अगुवा मोहनबहादुर कुस्मा, लालाखिं गुरु आशालाल खायमली, समाजसेवी कृष्णदेवी वाङायो र सामाजिक अगुवा टेकबहादुर पलिखेललाई सम्मान गरिएको थियो । सम्मेलनको पहिलो दिन कवि दामोदर सुवाल, दयालक्ष्मी जोशी र ‘मुकुण्डो’ पुस्तकका लेखक वीणा जोशी सम्मानित हुनुभएको थियो । दुई दिनसम्म चलेको सम्मेलनमा नेपालभाषाका कविता, कथा तथा निबन्ध वाचन गरिएको थियो । यसका साथै प्रतियोगितात्मक साहित्यिक प्रस्तुति, नाटक, गीत, नृत्य र विविध सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिएका थिए । सम्मेलनका अवसरमा ‘तःमुंज्या’ स्मारिका पनि विमोचन गरिएको आयोजकले जनाएको छ । नेपाल संवत् ११०० अर्थात् विसं २०३७ देखि निरन्तर आयोजना हुँदैआएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको छ । साथै, नयाँ पुस्तालाई साहित्य सिर्जना तथा सांस्कृतिक गतिविधिमा सहभागी हुन प्रेरित गर्ने उद्देश्यसमेत सम्मेलनले राख्दै आएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

२४ घण्टामा काठमाडौँमा ४७० सवारी चालकमाथि कारबाही
काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधनका चालक कारबाहीमा परेका हुन्। कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रा... ...

म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते
याङगुन।म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। म्यानमाको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस बस विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएपछि सडकबाट करिब ५० फिट गहिरो खोल्सामा खसेको थियो। विभागका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ः०५ बजे पिन ओ ल्विन–मन्डाले सडक खण्डको ओरालोमा दुर्घटना भएको हो। पिन ...

असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
बाढीले केही आयोजना बन्द गराए पनि द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा बजारमार्फत निर्यात कारोबार बढेको हो। ...



