Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

४३५ रुपैयाँ प्रिमियममा आइपिओ बेचेको घोराही सिमेन्टको घाटा गहिरियो,खुद नोक्सानी १६ करोड १५ लाख पुग्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
४३५ रुपैयाँ प्रिमियममा आइपिओ बेचेको घोराही सिमेन्टको घाटा गहिरियो,खुद नोक्सानी १६ करोड १५ लाख पुग्यो
Photo / Coverage: टक्सार

काठमाडौँ । सर्वसाधारणलाई प्रतिकित्ता रु. ३३५ प्रिमियम थपेर रु. ४३५ मा प्राथमिक सेयर (आइपिओ) बिक्री गरेको घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको वित्तीय अवस्था थप खराब बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (असोज मसान्तसम्म) को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नोक्सानी बढेर १६ करोड १५ लाख ५१ हजार रुपैयाँ नाघेको छ । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीको खुद नोक्सानी १२ करोड ८० लाख २० हजार रुपैयाँ रहेको थियो । नाफा कमाएर आकर्षक प्रतिफल दिने प्रक्षेपणसहित महँगो मूल्यमा सेयर बेचेको कम्पनी निरन्तर घाटामा जाँदा सर्वसाधारण लगानीकर्ताको लगानी जोखिममा परेको छ । सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको मुख्य व्यवसाय र आम्दानी दुवैमा सङ्कुचन आएको छ । अघिल्लो वर्षको असोज मसान्तमा ९० करोड ६० लाख रुपैयाँ रहेको कम्पनीको सञ्चालन आम्दानी चालु वर्ष घटेर ८७ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ । बिक्री लागत बढेका कारण कम्पनीको कुल नाफा २२ करोड ३६ लाख रुपैयाँबाट घटेर १४ करोड ७६ लाख रुपैयाँमा झरेको छ । यद्यपि, ब्याजदरमा आएको गिरावटसँगै कम्पनीको वित्तीय खर्च भने अघिल्लो वर्षको १७ करोड ६३ लाख रुपैयाँबाट घटेर १३ करोड ३३ लाख रुपैयाँमा कायम भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ रहेको छ भने सेयर प्रिमियममा २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ र सञ्चित नाफामा ४६ करोड ४ लाख रुपैयाँ रहेको छ । नोक्सानी बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ३.२१ रुपैयाँ ऋणात्मक बनेको छ भने प्रतिसेयर नेटवर्थ १६२.०७ रुपैयाँ कायम भएको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० मा रु. १०० अङ्कित मूल्यमा रु. ३३५ प्रिमियम जोडेर प्रतिकित्ता रु. ४३५ मा आइपिओ निष्कासन गरेको थियो । त्यतिबेला कम्पनीको कुल सेयर सङ्ख्या करिब ३ करोड ९७ लाख कित्ता, प्रतिसेयर नेटवर्थ रु. २६९.५६ र प्रतिसेयर आम्दानी रु. १.३४ रहेको थियो । आइपिओपछि कम्पनीले एक वर्ष १५ प्रतिशत र अर्को वर्ष १० प्रतिशत बोनस सेयर वितरण गरे पनि हाल कुल सेयर सङ्ख्या करिब ५ करोड २ लाख कित्ता पुग्दा प्रतिसेयर नेटवर्थ घटेर रु. १६२.०७ मा झरेको छ । वित्तीय विवरण खस्कँदै गएपछि पुँजीबजारमा प्रिमियम मूल्य निर्धारणको मापदण्ड र नियामक निकायको भूमिकामाथि बहस सुरु भएको छ । कम्पनी व्यवस्थापनले भने आर्थिक मन्दीका कारण विकास निर्माणका कार्य सुस्त हुँदा सिमेन्टको माग घटेको र तीव्र प्रतिस्पर्धाका कारण बजार मूल्यमा दबाब परेको जनाएको छ । साथै, बाढीपहिरोका कारण सडक तथा पुलमा क्षति पुग्दा ढुवानी भाडा बढेको र निर्माण क्षेत्रले अपेक्षाकृत गति लिन नसक्दा वित्तीय विवरणमा असर परेको कम्पनीको दाबी छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौंमा छठको रौनक बढ्दो
Latest NewsJust now

काठमाडौंमा छठको रौनक बढ्दो

काठमाडौं। उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म विधिपूर्वक मनाइने महापर्व छठ आज सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर उदाउँदो सूर्यको पूजा आराधना गर्दै अर्घ्य अर्पण गरेका छन्। छठ पर्वको मुख्य विधिअनुसार गाईको दूध, फूल र जलले सूर्यदेवलाई अर्घ्य दिएपछि पर्वको समापन हुने धार्मिक मान्यता छ। यसअघि हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य ...

नेपालन्युज
दाङमा जुवाको खालबाट नगदसहित १५ जना पक्राउ
Latest NewsJust now

दाङमा जुवाको खालबाट नगदसहित १५ जना पक्राउ

तुलसीपुर उपमहानगरपालिका–५, मासु मार्केटस्थित तेजबहादुर डाँगीको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले ५ लाख ३० हजार २ सय ३५ रुपैयाँ नगद र १२ बुक तास बरामद गरेको थियो। ...

कान्तिपुर
खुला तार मुक्त बन्दै लेकसाइड
Latest NewsJust now

खुला तार मुक्त बन्दै लेकसाइड

फडिन्द्र अधिकारीकास्की, कात्तिक ३० गते । ताल किनारको बारी र बस्तीबाट छर्लङ्ङ देखिने हिमाल र घुमाउने घरलाई पृष्ठभूमिमा राखेर पर्यटकले तस्बिर खिच्थे । ग्रामीण जनजीवन र प्रकृतिसँग रमा... ...

गोरखापत्र
विश्व टेस्ट च्याम्पियनसिप सन् २०३१ सम्म नौ टोलीमै सीमित रहने सम्भावना
Latest NewsJust now

विश्व टेस्ट च्याम्पियनसिप सन् २०३१ सम्म नौ टोलीमै सीमित रहने सम्भावना

काठमाडौँ । विश्व टेस्ट च्याम्पियनसिप (डब्ल्यूटीसी) आगामी सन् २०३१ सम्मका दुई चक्रमा पनि नौ टोलीमै सीमित रहने सम्भावना देखिएको छ। प्रतियोगिता विस्तारको पक्षमा चर्को आवाज उठे पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play