काठमाडौँ । शुक्रबार नेपाल राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ६१ दिनको लागि ४० अर्ब रूपैयाँ निक्षेप संकलन गर्न लागेको हो । यसको सावाँब्याज राष्ट्र बैंकले २०८३ माघ ११ गते भुक्तानी गर्ने जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।
४० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






