३१ अंकले बढ्यो नेप्से परिसूचक, करिब साढे ८ अर्ब रूपैयाँभन्दा बढीको कारोबार

काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक ३३।२९ अंकले बढेर २६९५.६० अंकमा पुगेको छ । आज नेप्सेका कारोबार भएका १३ ओटै उपसमहु सेयरमूल्य बढेको छ । विहीबार नेप्सेमा घलेम्दी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३५ करोड ६१ लाख ६८ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । आजको दिन नेप्सेमा बेनी हाइड्रोपावर प्रोजेक्टका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेको छ । यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ३.६५ प्रतिशतले घटेको छ । कुल ३५० कम्पनीको २ करोड ३२ लाख ५८ हजार ९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५७ करोड ९८ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

नेपालमा तीन महिनामै टिकटकका २० लाखभन्दा बढी भिडियो हटाइए
काठमाडौँ / टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक अर्थात् अप्रिलदेखि जुनसम्म नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको छ ...

Bajaj WEGO खरिदमा ५० हजार रुपैयाँ छुट, ३० हजारसम्म अतिरिक्त मूल्यांकन सुविधा
काठमाडौं । बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपाली ग्राहकलाई लक्षित गर्दै नयाँ Bajaj WEGO इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधनमा आकर्षक चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ। ‘चाडपर्वको बहार, WEGO मा ५० हजार’ नारासहित ल्याइएको योजनाअन्तर्गत ग्राहकले Bajaj WEGO खरिद गर्दा ५० हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्। योजनाअन्तर्ग… ...

नेपालका ५ सहरमा सुरु भयो CHERY Q को डेलिभरी
काठमाडौं । नेपालका लागि चेरी (CHERY) सवारीसाधनको आधिकारिक वितरक पायोनियर मोटो कर्पले नयाँ अर्बन एसयूभी CHERY Q को डेलिभरी काठमाडौंसहित देशका पाँच प्रमुख सहरमा सुरु गरेको छ। कम्पनीका अनुसार काठमाडौं, चितवन, बिर्तामोड, बुटवल र विराटनगरबाट ग्राहकलाई सवारीसाधन हस्तान्तरण गर्न थालिएको हो। यससँगै कम्पनीले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै प्रमुख सहरका ग्राह… ...

सुदूरपश्चिममा औद्योगिक कर्जा बढ्दा कृषि कर्जा घट्यो, उद्योगको क्षमता उपयोग ५१ प्रतिशत, आर्थिक वृद्धिदर ३.२८ प्रतिशत
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा उद्योगहरूको औसत क्षमता उपयोग ५१.२९ प्रतिशतमा सीमित रहेको छ । कृषि क्षेत्रमा कर्जा प्रवाह घटेको छ भने औद्योगिक कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.२८ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । प्रतिवेदनमा समेटिएका १४ वटा नमुना उद्योगमध्ये … ...


