Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

२८ वर्षदेखि सामूहिक भाइटीका लगाउँदै अञ्जली दिदी भन्छिन्– भगवानले साथ दिएसम्म निरन्तरता दिन्छु

Share:WhatsAppFacebookX (Twitter)Telegram
२८ वर्षदेखि सामूहिक भाइटीका लगाउँदै अञ्जली दिदी भन्छिन्– भगवानले साथ दिएसम्म निरन्तरता दिन्छु
Photo / Coverage: पर्दाफास

दिदीबहिनी नभएका तथा परिवारबाट टाढा रहेका दाजुभाइलाई भाइटीका लगाइदिने उद्देश्यले अञ्जली दिदीले सुरु गरेको सामूहिक भाइटीकाको परम्परा २८ वर्षमा प्रवेश गरेको छ। काठमाडौंको वसन्तपुरस्थित मरु सत्तलको गोरखनाथ परिसरमा उनले हरेक वर्ष दाजुभाइलाई भाइटीका लगाउँदै आएकी छन्। भाइटीकाको अवसरमा अञ्जली दिदीले भगवानको पूजा गर्दागर्दै दाजुभाइलाई स्नेह, माया र ममता बाँड्न पाऊँ भन्ने उद्देश्यले सामूहिक भाइटीका सुरु गरेको बताइन्। ‘भगवानको आशीर्वाद हो। भगवानको पूजा गर्दागर्दै दाजुभाइलाई भाइटीका गरेर स्नेह, माया, ममता सबैलाई दिन पाऊँ भनेर मैले जुन उद्देश्यले गरेको थिएँ, भगवानकै आशीर्वादले यो काम गर्न सकेँ,’ उनले भनिन्। उनका अनुसार सुरुमा १०८ जना दाजुभाइलाई भाइटीका लगाउने सोचका साथ यो परम्परा सुरु गरिएको थियो। दोस्रो वर्षदेखि सहभागीको संख्या बढ्दै गएपछि २०८ जनाका लागि सगुनलगायतका सामग्री तयार गर्न थालिएको उनले बताइन्। २८ वर्षको अवधिमा ८० वर्षदेखि १०१ वर्षसम्मका ज्येष्ठ नागरिकसमेत भाइटीका लगाउन आएको अनुभव उनले सुनाइन्। पहिले आउने कतिपय दाजुभाइ अहिले नरहे पनि नयाँ पुस्ताका दाजुभाइको सहभागिता र उत्साह देखेर आफूलाई खुसी लाग्ने गरेको उनको भनाइ छ। ‘पहिलेभन्दा अहिले झन् बढी उत्साह भएर आउनुभएको जस्तो लाग्छ। जति पनि २५–२८ वर्षदेखि आउनुभएको छ, उहाँहरूमध्ये कतिपय अहिले हुनुहुन्न। तर उहाँहरूसँगै नयाँ दाजुभाइ पनि उत्साहित भएर आउनुभएको देख्दा खुसी लाग्छ,’ उनले भनिन्। सामूहिक भाइटीकाको २५ वर्ष पूरा भएको अवसरमा आफूले २५ वर्षदेखि निरन्तर भाइटीका लगाउन आउने पाँच जना दाजुभाइलाई विशेष सम्मान गरेको पनि उनले बताइन्। त्यस अवसरमा शिव मन्दिरमा उनीहरूलाई उभ्याएर सम्मानस्वरूप भाइटीका लगाइएको थियो। अञ्जली दिदीका अनुसार कतिपय दाजुभाइ कुनै कारणले भाइटीका लगाउन आउन नसके फोन गरेर सम्झिने गर्छन्। कोही मन्दिरमा आउन नसके घरमै पुग्ने गरेको उनले सुनाइन्। ‘दाजुभाइहरूले यति धेरै माया दिनुहुन्छ भन्ने मैले सोचेकी थिइनँ। हामीले उहाँहरूलाई जति माया र श्रद्धा ग¥यौँ, उहाँहरूले पनि हामीलाई त्यति नै माया गर्नुहुँदो रहेछ। यही स्नेह र ममताले मलाई झन् हौसला दिएको छ,’ उनले भनिन्। यो परम्परालाई निरन्तरता दिन परिवार, दिदीबहिनीका सन्तान तथा सञ्चारमाध्यमबाट समेत सहयोग पाएको उनले बताइन्। परिवारको साथ र दाजुभाइको मायाले आफूलाई कामप्रति निराश हुन नदिएको उनको भनाइ छ। आफ्नो उमेर र स्वास्थ्यले साथ दिएसम्म सामूहिक भाइटीकालाई निरन्तरता दिने उनको चाहना छ। ‘जब भगवानले साथ दिनुहुन्छ, त्यतिबेलासम्म म गर्दै जान्छु। सकेसम्म आफ्नै हातले टीका लगाउँछु। उभिन नसके कुर्सीमा बसेर भए पनि दाजुभाइलाई टीका लगाउने इच्छा छ,’ उनले भनिन्। उनले भाइटीका लगाउन आउने सबै दाजुभाइलाई दिदीको आशीर्वाद र भगवान्को कृपा सधैँ रहिरहोस् भन्दै सुखी र खुसी जीवनको कामनासमेत गरेकी छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सत्ता जोगाउन नेतन्याहूको नयाँ प्रस्ताव- राष्ट्रिय एकताको सरकार
OthersJust now

सत्ता जोगाउन नेतन्याहूको नयाँ प्रस्ताव- राष्ट्रिय एकताको सरकार

नेतन्याहूका लागि यो सत्ता संघर्ष राजनीतिक भविष्यसँगै व्यक्तिगत स्वतन्त्रतासँग पनि जोडिएको छ । उनीमाथि लागेका विभिन्न भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छन् । ...

अनलाइन खबर
आफ्नो फिल्म हेर्न नपाई बिते प्रशान्त तामाङ, ट्रेलरमा देखिए यस्तो रूप
OthersJust now

आफ्नो फिल्म हेर्न नपाई बिते प्रशान्त तामाङ, ट्रेलरमा देखिए यस्तो रूप

पछिल्लो समय प्रशान्त तामाङ बलिउडमा संघर्षरत थिए । उनी गायनभन्दा बढी अभिनयमा सक्रिय थि ए। त्यही क्रममा उनी फिल्म ‘ब्याटल अफ गलवान’मा अनुबन्धित भए । यो फिल्ममा अर्का नेपाली अभिनेता अनुपविक्रम शाही पनि थिए । दुई नेपाली कलाकार जोडिएको फिल्मको नाम पछि ‘मातृभूमि : मे वार रेस्ट इन पिस’ राखियो । निर्माणको लामो प्रक्रियापछि भर्खरै… ...

अनलाइन खबर
कस्ता छन् संसारका १५ सबैभन्दा ठूला वायुसेवा ?
OthersJust now

कस्ता छन् संसारका १५ सबैभन्दा ठूला वायुसेवा ?

अमेरिकाको युनाइटेड एयरलाइन्स जहाज संख्याका आधारमा संसारकै सबैभन्दा ठूलो वायुसेवा कम्पनी हो । युनाइटेडसँग हाल १ हजार १ सय १२ थान जहाज सञ्चालनमा छन् । ...

अनलाइन खबर
भारतको कश्मीरमा चरमपन्थी हमलामा तीन सुरक्षाकर्मी घाइते
OthersJust now

भारतको कश्मीरमा चरमपन्थी हमलामा तीन सुरक्षाकर्मी घाइते

एक अधिकारीका अनुसार दिउँसो कुलगामको मीर बजार क्षेत्रस्थित नौपोरा अखराननजिक मोटरसाइकलमा आएका अज्ञात आक्रमणकारीले प्रहरी टोलीमाथि गोली चलाएका थिए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play