पोखरा । पोखरामा आयोजित १९औँ भाइटीका महोत्सवमा विदेशी पर्यटकले सप्तरङ्गी टीका र सयपत्री फूलको माला लगाएर तिहार मनाएका छन्। नेपाली संस्कृति र चाडपर्वलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले होटल संघ पोखराले हरेक वर्ष भाइटीका महोत्सव आयोजना गर्दै आएको छ। महोत्सवमा सहभागी विदेशी पर्यटकले नेपाली परम्पराअनुसार भाइटीका लगाउनुका साथै सेलरोटी र नेपाली दालभातको स्वादसमेत लिएका थिए। नेपाली संस्कृति र परम्परासँग प्रत्यक्ष रूपमा जोडिन पाउँदा उनीहरू उत्साहित देखिएका थिए। तस्बिर : नेपाल फोटो लाइब्रेरी
पोखराको भाइटीका महोत्सवमा रमाए विदेशी पर्यटक

Read Complete Original Article
Published originally on हिमालय टाइम्स





