Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

२४ घण्टै देउसी भैलो खेल्न पाइने, गृह मन्त्रालयले तोक्यो ७ सर्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
२४ घण्टै देउसी भैलो खेल्न पाइने, गृह मन्त्रालयले तोक्यो ७ सर्त
Photo / Coverage: पर्दाफास

गृह मन्त्रालयले तिहारका अवसरमा देउसी-भैलो कार्यक्रम २४ घण्टा सञ्चालन गर्न दिने भएको छ। मन्त्रालयले सोमबार देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै निर्धारित सर्त पालना गरी देउसी-भैलो खेल्न दिन निर्देशन दिएको हो। मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले कात्तिक २३ गते जारी गरेको परिपत्रमा नेपालीहरूको मौलिक सांस्कृतिक, धार्मिक तथा परम्परागत चाड तिहारका अवसरमा देउसी-भैलो कार्यक्रम अनुशासित रूपमा २४ घण्टा सञ्चालन गर्न दिन भनिएको छ। मन्त्रालयले यसअघि असोज २४ गते जारी गरेको सूचनाको पूर्ण पालना गराउनसमेत प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ। देउसी-भैलो सञ्चालनका क्रममा शान्ति सुरक्षा, सामाजिक सद्भाव र सार्वजनिक मर्यादामा प्रतिकूल असर पर्न नदिन सातबुँदे सर्त तोकिएको छ। परिपत्रअनुसार देउसी-भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक र मर्यादित ढंगले सञ्चालन गर्नुपर्नेछ। कार्यक्रममा सहभागी हुने वा नहुने विषय व्यक्तिको इच्छामा निर्भर हुने र कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने व्यवस्था गरिएको छ। त्यस्तै, विभिन्न जातजाति, धर्म, भाषा, लिंग वा समुदायप्रति घृणा तथा द्वेष फैलाउने किसिमका अश्लील नृत्य, गीत, संगीत वा नाराको प्रयोग गर्न निषेध गरिएको छ। मन्त्रालयले चाडपर्व मनाउने क्रममा जुवा तथा तास नखेल्न, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न र मादक पदार्थ तथा लागूपदार्थ सेवन गरेर सवारीसाधन नचलाउन निर्देशन दिएको छ। अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम तथा ध्वनि उपकरण प्रयोग नगर्नसमेत भनिएको छ। विशेष गरी अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा शान्ति कायम राख्न मन्त्रालयले आग्रह गरेको छ। सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण, वातावरणीय स्वच्छता र फोहोरमैला व्यवस्थापनमा पनि ध्यान दिनुपर्नेछ। देउसी-भैलो खेल्ने क्रममा जथाभाबी फोहोर नगर्न मन्त्रालयले निर्देशन दिएको छ। देउसी-भैलो तथा चाडपर्व मनाउने क्रममा कुनै शंकास्पद गतिविधि देखिए, दुर्घटना भए वा अन्य समस्या उत्पन्न भए तत्काल प्रहरी नियन्त्रण कक्षको १०० वा आपत्कालीन कार्य सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी युद्धपोत ‘थियोडोर रुजवेल्ट’ अर्को साताअघि मध्यपूर्व नपुग्ने
OthersJust now

अमेरिकी युद्धपोत ‘थियोडोर रुजवेल्ट’ अर्को साताअघि मध्यपूर्व नपुग्ने

अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत यूएसएस थियोडोर रुजवेल्ट नेतृत्वको स्ट्राइक ग्रुप नोभेम्बरको मध्यअघि मध्यपूर्व नपुग्ने भएको छ । ...

अनलाइन खबर
गोर्खा सैनिकको इतिहास झल्काउने ग्यालरी स्थापना
OthersJust now

गोर्खा सैनिकको इतिहास झल्काउने ग्यालरी स्थापना

गण्डकी – भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल पोखराले भारतीय सेनाका गोर्खा रेजिमेन्टहरूको इतिहास झल्काउने ग्यालरी स्थापना गरेको छ । पोखरा महानगरपालिका–१६ दीपस्थित गोर्खा मेमोरियल म्युजियममा स्थापित ग्यालरीको हालै भारतीय राजदूतावासका डिफेन्स एटाचे कर्णेल भी शुब्रमण्यमले शुभारम्भ गरेका थिए । ग्यालरीमा भारतीय सेनाका विभिन्न गोर्खा रेजिमेन्टहरूको ऐतिहासिक पृष्ठभूमि, योगदान, वीरता र बलिदानसँग सम्बन्धित अभिलेख, तस्वीर, […] ...

काठमाण्डुपाटी
रासिदको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य
OthersJust now

रासिदको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य

रासिद खानको अर्धशतक मदतमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबारको दोस्रो खेलमा चितवन राइनोजलाई १८१ रनको लक्ष्य दिएको छ । ...

अनलाइन खबर
इजरायलमा गादी आइजेनकोटसामु ७ चुनौती
OthersJust now

इजरायलमा गादी आइजेनकोटसामु ७ चुनौती

७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि उनी नेतान्याहुको युद्ध मन्त्रिपरिषद्मा पनि सामेल भएका थिए, तर पछि उनी नेतान्याहुका आलोचक बने। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play