Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ४०७ जनालाई कारबाही

Share:WhatsAppFacebookX (Twitter)Telegram
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ४०७ जनालाई कारबाही
Photo / Coverage: पर्दाफास

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४०७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७४, सिसिटिभिमार्फत १६, रातोबत्तीमा ४ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ७५, हर्न निषेधमा ३, लेन क्रसमा ३ अवस्था ठिक नभएको ५ जना र अन्यमा २२८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मीपूजामा विद्युतको माग १ हजार ७०० मेगावाट पुग्ने
OthersJust now

लक्ष्मीपूजामा विद्युतको माग १ हजार ७०० मेगावाट पुग्ने

नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको अधिकतम माग करीब १ हजार ७०० मेगावाट पुग्ने र उत्पादन भने २ हजार ५०० मेगावाट हुने अनुमान छ । मागभन्दा उत्पादन करीब ८०० मेगावाट बढी हुने भएकाले तिहारमा विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताएका ...

पर्दाफास
दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग
OthersJust now

दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग

काग तिहार २०८३ को अवसरमा चर्चित एबम बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ काग सम्मेलन गरेका छन् । शनिबार बिहान कागको आवाज निकाल्दै दुलालले आकाशमा उडिरहेका कागलाई एकै ठाउँमा जम्मा पारेका हुन् । राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय कार्यसमितिको आयोजना तथा इलामको सन्दकपुर गाउँपालिकाको सह–आयोजनामा सम्मेलन गरिएको हो । कार्यक्रमको मुख्य प्रायोजकमा एनआरएनए वरिष्ठ ...

पर्दाफास
तिहार र छठमा विद्युत आपूर्ति बन्द हुन नदिन यस्तो छ प्राधिकरणको तयारी
OthersJust now

तिहार र छठमा विद्युत आपूर्ति बन्द हुन नदिन यस्तो छ प्राधिकरणको तयारी

२१ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ । उज्यालोको पर्व तिहारमा विद्युत आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको छ । तिहार तथा छठ… ...

अनलाइन खबर
सम्झौता भएको ६ वर्ष  बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन
OthersJust now

सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन

२१ कात्तिक, स्याङ्जा । स्थानीयलाई सहज रूपमा आयुर्वेदिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्याङ्जाका तीन स्थानीय तहमा निर्माण थालिएका आयुर्वेद औषधालयका भवन ६ वर्षसम्म पनि पूरा भएका छैनन् । आँधीखोला गाउँपालिका–५ सेतिदोभान, अर्जुनचौपारी गाउँपालिका–५ आरुचौर र वालिङ नगरपालिका–१ धनुबाँसेमा निर्माणाधीन भवन अलपत्रजस्तै बनेका छन् । ६ वर्षअघि सम्झौता भएर चारअघि निर्माण सुरु भएको भवन पूर्ण… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play