Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

२३ वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवनबाट क्रिस्टियानो रोनाल्डोले लिए सन्न्यास

Share:WhatsAppFacebookX (Twitter)Telegram
२३ वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवनबाट क्रिस्टियानो रोनाल्डोले लिए सन्न्यास
Photo / Coverage: विश्वखबर

काठमाडौं– पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । सामाजिक सञ्जालमार्फत उनले पोर्चुगलको राष्ट्रिय टोलीबाट आफ्नो खेल जीवन अन्त्य गर्ने जानकारी दिएका हुन् । यससँगै फुटबल इतिहासकै उत्कृष्ट अन्तर्राष्ट्रिय खेल जीवनमध्ये एकको अन्त्य हुने भएको छ । ४१ वर्षीय रोनाल्डोले बिहीबार नोभेम्बरको अन्तर्राष्ट्रिय खेल विश्रामपछि पोर्चुगलको राष्ट्रिय टोलीको सात नम्बरको जर्सी छाड्ने बताएका छन् । रोनाल्डोको कप्तानीमा पोर्चुगलले सन् २०१६ मा पहिलोपटक युरोकपको उपाधि जितेको थियो । त्यसैगरी उनले सन् २०१९ र २०२५ मा नेसन्स लिगको उपाधि जिताउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । सन्न्यासको निर्णयबारे रोनाल्डोले भनेका छन्, ‘यो सजिलो निर्णय थिएन । किनकि केही निर्णय दिमागले मात्र गरिँदैनन्, ती निर्णयमा मनको भावना पनि जोडिएको हुन्छ ।’ उनले आफ्नो खेलले समर्थकलाई खुसी बनाएको, गोलले कसैलाई अँगालो हाल्न प्रेरित गरेको, चिन्ता भुलाएको वा देशप्रति गर्व महसुस गराएको भए आफ्नो खेल जीवन सार्थक भएको बताएका छन् । २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवनमा साथ दिने परिवार, पोर्चुगलका नागरिक, सहकर्मी खेलाडी, प्रशिक्षक तथा टोलीका कर्मचारीलाई रोनाल्डोले धन्यवाद दिएका छन्। घोषणासँगै सार्वजनिक गरेको भिडियोमा उनले लेखेका छन्, ‘पोर्चुगल सधैं मेरो एउटा हिस्सा भएर रहनेछ ।’ रोनाल्डोले पोर्चुगलका लागि अहिलेसम्म २३४ खेल खेलेका छन् भने १४६ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा राख्न सफल छन् । गत महिना नेसन्स लिगको एक खेलमा मुख्य प्रशिक्षक जोर्गे जेससले उनलाई मैदानमा उतार्न अस्वीकार गरेपछि रोनाल्डो र प्रशिक्षकबीच मतभेद भएको थियो । त्यसपछि रोनाल्डो तत्कालै राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेर बाहिरिएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
Latest NewsJust now

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष काठमाडौँ महानगरपालिका सम्यक महादान मूल समारोह समितिले सम्यक महादानको निमन्त्रणा प्रदान गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले... ...

रातोपाटी
जग्गा नामसारी गर्दा एक लाख घुस लिएको आरोपमा नासु पक्राउ
Latest NewsJust now

जग्गा नामसारी गर्दा एक लाख घुस लिएको आरोपमा नासु पक्राउ

जग्गा नामसारी गराउन घुस लिएको आरोपमा सर्लाहीको भूमि प्रशासन कार्यालयका नायव सुब्बा निर्मल तिमलसिनालाई पक्राउ गरिएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले तिमलसिनालाई नियन्त्रणमा लिएको हो। उनले जग्गा नामसारी गराउन एक लाख घुस लिएको अख्तियारको आरोप छ।  उनले घुस लिएको भनिएको एक लाख रुपैयाँ पनि अख्तियारको टोलीले नि... ...

नेपालखबर
TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै
Latest NewsJust now

TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

काठमाडौं । नेपाली हिप–हप संगीत नयाँ चरणमा प्रवेश गरिरहेका बेला भारतीय चर्चित र्‍याप रियालिटी शो MTV Hustle’ को नेपाली फ्रेन्चाइज ‘Hustle by NepHop’ नेपालमा आउने भएको छ । यस कार्यक्रमको Title Sponsor का रूपमा TVS NTORQ आबद्ध भएको छ । मलिन मिडिया एन्ड इभेन्ट प्रा.लि.ले नेपालमा ल्याउन लागेको ‘Hustle by NepHop’ लाई TVS NTORQ Presents […] ...

लोकपथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको भन्दै आन्दोलनमा उत्रिने सरोकारवालाहरूको चेतावनी [भिडियो]
Latest NewsJust now

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको भन्दै आन्दोलनमा उत्रिने सरोकारवालाहरूको चेतावनी [भिडियो]

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको भन्दै त्यसका विरुद्ध सामूहिक आन्दोलनमा उत्रिनुपर्ने बताएका छन्। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play