Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

२२ वर्षपछि एउटै फिल्ममा उत्तम र निरुता

Share:WhatsAppFacebookX (Twitter)Telegram
२२ वर्षपछि एउटै फिल्ममा उत्तम र निरुता
Photo / Coverage: पर्दाफास

अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहलाई ‘दर्पणछायाँ’ जोडीका रूपमा चिनिन्छ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको उक्त फिल्मको त्रिकोणात्मक प्रेमकथालाई दर्शकले निकै रुचाएका थिए । फिल्मको सफलतासँगै निरुता, उत्तम र अर्का अभिनेता दिलीप रायमाझीको व्यस्तता पनि बढेको थियो । निरुता र उत्तमले त्यसपछि ‘लहना’, ‘उपहार’, ‘चीत्कार’ लगायत फिल्ममा एकसाथ काम गरे । यो जोडीले पछिल्लो पटक २२ वर्षअघि ‘सन्तान’ फिल्ममा अभिनय गरेको थियो । लामो समयपछि उनीहरू आगामी मङ्सिर ११ गते अर्थात् यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘सारथी’ मार्फत पर्दामा एकसाथ देखिँदैछन् । यो जोडीलाई पुनः एकसाथ पर्दामा ल्याउने काम निर्देशक कुमार गजुरेलले गरेका हुन् । उनले फिल्मको कथासँगै दुवै कलाकारलाई उनीहरूको करिअरकै फरक भूमिका प्रस्ताव गरेका थिए । आफूले यसअघि निर्वाह नगरेको पात्रमा अभिनय गर्न पाउने र पुरानो सहकर्मीसँग पुनः काम गर्ने अवसर पाएपछि दुवैले फिल्ममा काम गर्न सहमति जनाए । अभिनेत्री निरुताले ‘सारथी’ मा आफूले कलाकारिता यात्रामा अहिलेसम्म निर्वाह नगरेको भूमिका पाएको बताइन् । ‘यो पात्रलाई मैले कुनै फिल्ममा निर्वाह गरेकी रहेनछु । त्यसैले पनि यो फिल्म गर्ने सहमति दिएँ । हुन त मैले सक्रिय भएर काम गर्दा यस्तो पात्र बन्दैनथ्यो, नत्र मलाई पक्कै अफर हुन्थ्यो होला । यो फिल्ममा म आमाको भूमिकामा छु । यस्तो किसिमको देखिने भूमिका धेरै फिल्ममा गरेकी छु, तर फिल्म हेरेपछि मलाई अहिलेसम्म नदेखेको भूमिकामा देख्नुहुनेछ’, उनले भनिन् । निरुताले २२ वर्षपछि उत्तम प्रधानसँग काम गर्न पाउँदा खुसी लागेको पनि बताइन् । ‘उत्तमजीसँग धेरैपछि काम गर्न पाएँ, म निकै खुसी छु । हामीले पुराना दिनलाई सम्झियौँ’, उनले भनिन् । अभिनेता उत्तमले पनि फिल्ममा अभिनय गर्नुको कारण कथासँगै निरुता रहेको बताए । ‘मलाई केही फिल्म प्रस्ताव भए। केहीको कथा सुनेर मैले नगर्ने निर्णय लिएँ। तर, यसमा मैले निरुताजीले जस्तै अभिनय यात्राकै फरक भूमिका पाएँ । निरुताजी फिल्ममा हुनुहुन्छ भन्ने थाहा पाएपछि काम गर्ने उत्साह झनै बढ्यो। यसपटक केही फरक महसुस गर्नुका साथै धेरै कुरा सिक्ने अवसर पाएँ’, उनले भने । फिल्ममा अवकाशप्राप्त सैनिकको भूमिकामा देखिएका उत्तमलाई दुई फरक उमेर समूहमा प्रस्तुत गरिएको छ । ‘सन्तान’पछि निरुता र उत्तमलाई विभिन्न फिल्ममा अभिनयका लागि प्रस्ताव गरिए पनि एकसाथ पर्दामा ल्याउन निर्देशक तथा निर्माताले उपयुक्त कथा तयार गर्न सकेका थिएनन्। आफूहरूलाई सुहाउँदो भूमिका प्रस्ताव नभएकै कारण पुनर्मिलन हुन २२ वर्ष लागेको निरुताको भनाइ छ । ‘सायद, हामीलाई यो फिल्म जुरेको रहेछ, त्यसैले यत्रो समय लाग्यो। यो हामी नेपालीले भन्ने अर्गानिक फिल्म बनेको छ । हामीले स्थानीय समाजलाई पनि फिल्ममार्फत उजागर गर्ने कोसिस गरेका छौँ’, उनले भनिन् । म्याग्दीको दुर्गम गुर्जा गाउँको ग्रामीण परिवेश र जीवनशैलीलाई समेटिएको ‘सारथी’मा आमाछोराबीचको मर्मस्पर्शी संघर्षलाई मुख्य कथाका रूपमा प्रस्तुत गरिएको छ । जीवनयात्राका क्रममा आइपर्ने हरेक उतारचढावमा छोराको सारथी बनेकी आमाको भूमिकामा निरुता सिंह देखिएकी छन् भने छोराको भूमिकामा गिरि विश्वकर्माको अभिनय रहेको छ । निर्देशक गजुरेलकै कथा, पटकथा तथा संवाद रहेको फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गिरि विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय रहेको छ । किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो । फिल्मको छायांकन संकल्प भुजेलले गरेका छन् । तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् । अमिर केसी लाइन प्रोड्युसर रहेको फिल्ममा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको छ । राजु खतिवडा मुख्य सहायक निर्देशक रहेको फिल्ममा यमुना आचार्य र आशिष श्रेष्ठले सहायक निर्देशन गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ठमेलबाट नेपाली र विदेशी मुद्रासहित दुई जना पक्राउ
OthersJust now

ठमेलबाट नेपाली र विदेशी मुद्रासहित दुई जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् । काठमाडौँका जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार चितवनको बिसौनीकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिमलाई ठमेलबाट आज पक्राउ गरिएको हो । उनीहरूबाट नेपाली रु ५० लाख ५० हजार, ओमानी रियाल चार हजार २१५ र संयुक्त अरब इमिरेट्सको […] ...

मकालु खबर
वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै
OthersJust now

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निर्माणको शिलान्यास गरिन् । पुल रु चार करोड ७१ लाख ३४ हजार ७२७ मा निर्माण गरिने छ । निर्माण आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । पुलको […] ...

मकालु खबर
दोषीलाई कारबाही गर्छौं, बेथितिको फाइल खोल्न सुरु गरेका छौं : उपकुलपति थापा
OthersJust now

दोषीलाई कारबाही गर्छौं, बेथितिको फाइल खोल्न सुरु गरेका छौं : उपकुलपति थापा

'छानबिन समितिले प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदन अध्ययन गरिरहेका छौँ,' उपकुलपति थापाले भने, 'प्रतिवेदन अनुसार दोषीलाई त्रिवि र प्रचलित कानुन अनुसार कारबाही गर्छौं ।' ...

अनलाइन खबर
सवारी दुर्घटनामा एकको मृत्यु, १३ जना घाइते
OthersJust now

सवारी दुर्घटनामा एकको मृत्यु, १३ जना घाइते

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी अनिल पण्डितका अनुसार डण्डाबाट सर्दीतर्फ गइरहेको पिकअप र विपरीत दिशाबाट आइरहेको ट्याक्टर एकापसमा ठोक्किँदा विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको […] ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement