काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकबाट अवैध रूपमा रकम असुल गरी मलेसिया पठाएको आरोपमा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव सहित ६ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार मलेसिया सरकार र नेपाल सरकारबिच भएको समझदारी विपरीत श्रमिकबाट संकलन गरिएको ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० बेलायती पाउण्ड गरी नेपाली रुपैयाँमा करिब १ अर्ब ६६ करोड २ लाख रुपैयाँभन्दा बढी रकम गैरकानुनी रूपमा विदेश पठाइएको आरोपमा उनीहरूलाई आज पक्राउ गरिएको हो। पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर, पूर्व श्रममन्त्री रामेश्वर राय यादव, तत्कालीन श्रम सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख उमेश ढुंगाना र राजिव पोखरेल, तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन्। प्रहरीका अनुसार श्रमिकलाई वैदेशिक रोजगारीका नाममा सङ्गठित रूपमा ठगी गरी उठाइएको रकम मलेसिया पठाइएको, विदेशी मुद्रा अपचलन गरिएको तथा त्यसबाट देशको अर्थतन्त्रमा समेत नकारात्मक असर परेको आशङ्कामा मानव तस्करी तथा सङ्गठित अपराधसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको छ।
१ अर्ब ६६ करोड रुपैयाँ अवैध रूपमा मलेसिया पठाएको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

Read Complete Original Article
Published originally on टक्सार




![[अर्काइभ] सरकारले मसाल जुलुसमाथि प्रतिबन्ध लगाएपछि...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/masal1-18112026020220-watermarked.jpg)

