Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

१९ वर्षपछि वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गर्दैछौँ : मन्त्री यादव

Share:WhatsAppFacebookX (Twitter)Telegram
१९ वर्षपछि वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गर्दैछौँ : मन्त्री यादव
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारी, श्रम तथा रोजगार क्षेत्रमा देखिएका बेथिति अन्त्य गर्न सरकारले नीतिगत र कानुनी सुधारलाई तीव्रता दिएको बताउनुभएको छ। आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले वर्षौंदेखि थुप्रिएका समस्या समाधान गर्दै विगतका कमी–कमजोरी सच्याएर श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागिपरेको बताउनुभयो। मन्त्री यादवले १९ वर्षपछि वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गर्न लागिएको जानकारी दिनुभयो। त्यस्तै, संघीयता कार्यान्वयनमा आएपछि संशोधन हुन नसकेको राष्ट्रिय युवा ऐनलाई पनि समय र आवश्यकताअनुसार परिमार्जन भइरहेको उहाँले बताउनुभयो। राष्ट्रिय रोजगार ऐन निर्माणको काम अघि बढिरहेको उल्लेख गर्दै मन्त्री यादवले सामाजिक उद्यमशीलताको विषयलाई समेत उक्त ऐनमा समेट्ने घोषणा गर्नुभयो। राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष ३५ वर्षमुनिको युवा हुने व्यवस्था प्रस्ताव गरिएको जानकारी दिँदै उहाँले युवा नेतृत्व र सहभागितालाई प्राथमिकता दिइएको बताउनुभयो। नयाँ अवसर सिर्जना गर्नुका साथै ती अवसरलाई दिगो र प्रभावकारी बनाउन बलियो नीतिगत आधार तयार गर्नु सरकारको प्राथमिकता रहेको उहाँको भनाइ थियो। नीति, ऐन तथा नियमावलीमा सुधार गरेर प्रणालीप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने काम भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘श्रम, रोजगारी र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका बेथिति हटाइरहेका छौँ। वर्षौंदेखि थुप्रिएका समस्या समाधान गर्दै विगतका कमी–कमजोरी सच्याइरहेका छौँ। समय र आवश्यकताअनुसार नीति, ऐन र नियमावली सुधार गरिरहेका छौँ। राष्ट्रिय रोजगार ऐन निर्माण गरिरहेका छौँ। सामाजिक उद्यमशीलताको विषयलाई पनि उक्त ऐनमा समेट्ने घोषणा गर्दछु।’ मन्त्री यादवले वैदेशिक रोजगार ऐन १९ वर्षपछि व्यापक रूपमा संशोधन भइरहेको उल्लेख गर्दै संघीयता कार्यान्वयनपछि संशोधन हुन नसकेको राष्ट्रिय युवा ऐनलाई पनि समयसापेक्ष बनाइरहेको बताउनुभयो। उहाँले राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष ३५ वर्षमुनिको युवा हुने व्यवस्था प्रस्ताव गरिएको जानकारी दिँदै नयाँ अवसर सिर्जना गर्नु मात्र पर्याप्त नहुने बताउनुभयो। ती अवसरलाई दिगो रूपमा अगाडि बढाउन बलियो नीतिगत आधार आवश्यक रहेको उहाँको भनाइ थियो। यसैगरी, सरकारले युवासँग सहकार्य गरेर नीति निर्माण गर्न चाहेको मन्त्री यादवले बताउनुभयो। युवाका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्दै नयाँ अवसर सिर्जना गर्न सरकार युवासँगै अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
घर अगाडि पार्किङ गरेको स्कोर्पियोको चार वटै चक्का गायब
Latest NewsJust now

घर अगाडि पार्किङ गरेको स्कोर्पियोको चार वटै चक्का गायब

नयाँ दिल्ली । घर अगाडि पार्किङ गरेको स्कोर्पियो गाडीको चार वटै चक्का गायब भएको घटना प्रकाशमा आएको छ । भारतको उत्तर प्रदेश राज्यको ग्रेटर नोएडास्थित सिग्मा–३ सेक्टरमा चोरले स्कोर्पियोको चार... ...

रातोपाटी
इराकी अदालतद्वारा आईएसमा आबद्ध सात फ्रान्सेली नागरिकलाई आजीवन कारावासको सजाय
Latest NewsJust now

इराकी अदालतद्वारा आईएसमा आबद्ध सात फ्रान्सेली नागरिकलाई आजीवन कारावासको सजाय

गत वर्ष सिरियाली हिरासतबाट इराक स्थानान्तरण गरिएका ४७ जना फ्रान्सेलीविरुद्धको कारबाहीको सिलसिलामा यो फैसला आएको हो ...

कान्तिपुर
अपाङ्गता भएका व्यक्तिका लागि खुला सांस्कृतिक प्रतियोगिता हुँदै
Latest NewsJust now

अपाङ्गता भएका व्यक्तिका लागि खुला सांस्कृतिक प्रतियोगिता हुँदै

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको कला, संस्कृति, सिर्जनशीलता तथा प्रतिभा उजागर गर्ने उद्देश्यले युवा अपाङ्ग संगठन–नेपालले खुला सांस्कृतिक प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी मंसिर २६ गते शनिबार बिहान ११... ...

रातोपाटी
‘चेपाङ बालबालिकाको शिक्षामा बेनीघाट रोराङको प्रयास प्रशंसनीय’
Latest NewsJust now

‘चेपाङ बालबालिकाको शिक्षामा बेनीघाट रोराङको प्रयास प्रशंसनीय’

धादिङ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन बेनीघाट रोराङ गाउँपालिकाले गरेका प्रयास प्रशंसनीय रहेको बताएका छन्। गाउँपालिकाले आयोजना गरेको शैक्षिक सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले गरिबी, भौगोलिक विकटता र सामाजिक विभेदका कारण शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालयसम्म पुर्‍याउने, टिकाउने र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने जिम्मेवारी सबैको भएको बताए। गाउँपालिकाले शिक्षाका लागि भिक्षा महायज्ञ आयोजना गरी करिब ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement