Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी (तस्बिरहरू)

१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी (तस्बिरहरू)

10/29/2026, 1:36:27 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी (तस्बिरहरू)

काठमाडाैँ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) काे आयाेजनामा १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ सुरु भएको छ । तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्यानले गोदावरी फूलको प्रदर्शनीको आयोजना गरिएकाे हाे। ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि २०८३ कार्तिक १२ देखि १६ गतेसम्म (पाँच दिन) जावलाखेलको खेल मैदान, ललितपुरमा हुनेछ। फ्यानले पुष्प व्यवसायको व्यवसायीक बिकास विस्तार तथा प्रबर्द्धन गर्ने उद्धेश्यले बि.सं.२०५१ साल देखि लगातार रुपमा पुष्प मेला/प्रदर्शनीको आयोजना गर्दै आएको छ। नेपालीहरूको महान चाड तिहार पर्व नजिकीदै गर्दा घर आँगन बगैचा सजाउन तथा स्वागत सत्कारमा बिशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यवसायीक प्रवर्द्धन गर्न, समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुऱ्याउनका लागि प्रदर्शनी गर्दै आएको छ । नेपालको एक मात्र बृहत गोदावरी गोदावरी फूल प्रदर्शनी रहेको यस मेलमा व्यवसायिक स्टल ७८, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ४, प्रतियोगितात्मक स्टल २, र फोटो सेल्फी स्टल १ गरी जम्मा ८६ वटा प्रदर्शनी कक्षहरु छन् । बिशेष गरि यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी रहेकोले गोदावरी फूलको बिबिध बिधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइने जनाएको छ। यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराईने छ। प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा १) मिनियचर, २) स्पाईडर, ३) रिफ्‌लेक्स, ४) ईन्कर्भ र ५) गोदावरीको कट फ्लावर प्रजाती रहने छ। मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ पनि प्रतिस्पर्धा गराईने आयोजकले जनाएको छ। १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी (तस्बिरहरु)अनुप प्रधान, न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ
ताजा खबरJust now

कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ

शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक सानेपामा बस्ने भएको छ । ...

कान्तिपुर
इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट
ताजा खबरJust now

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । विपक्षी दलहरूले ६७ सिट पाए पनि उनीहरूबीचको विभाजनले सरकार गठन चुनौतीपूर्ण बनेको... ...

रातोपाटी
गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल
ताजा खबरJust now

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

राजशाही (बङ्गलादेश), कात्तिक १२ गते । भारत र बङ्गलादेशबीच गङ्गा नदीको पानी बाँडफाँटसम्बन्धी ३० वर्षे सन्धि डिसेम्बर १२ मा समाप्त हुन लाग्दा बङ्गलादेशले नयाँ सम्झौताका लागि पहल गरेक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play