Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

१८ करोड रुपैयाँ दिएर नेपाली कांग्रेस पार्टी किन्ने प्रयास गरियाे : शेरबहादुर देउवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
१८ करोड रुपैयाँ दिएर नेपाली कांग्रेस पार्टी किन्ने प्रयास गरियाे : शेरबहादुर देउवा
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २१ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा आर्थिक लेनदेन भएको दाबी गर्नुभएको छ। उहाँले १८ करोड रुपैयाँ दिएर पार्टी किन्ने प्रयास भएको आराेप लगाउनुभयाे । नेपाली कांग्रेसको देउवा पक्षले आयोजना गरेको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आफूले नियमित महाधिवेशन छिटो गरौँ भन्ने प्रस्ताव राखे पनि आफू विदेशमा रहेका बेला विशेष महाधिवेशन गरिएको बताउनुभयो। उहाँले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले आफ्नो ज्यानमा खतरा रहेको बताउनुभएको समाचार आफूले पढेको उल्लेख गर्दै पार्टीको आधिकारिकता विवादमा उठेको आर्थिक लेनदेनको प्रसङ्गसमेत जोड्नुभयो। ‘कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले मेरो ज्यानको खतरा भएको छ भनेको मैले समाचारमा पढेको थिएँ तर ठूला–ठूला कुरा गर्नेहरू १८ करोड दिएर पार्टी किन्ने ? अब पैसामा पार्टी बेच्ने हामीले ? इनम सापकोटाको कुरा आएको छ नि, कुरा स्पष्ट छ त,’ देउवाले भन्नुभयो। आफू पार्टी सभापति रहेकै अवस्थामा गगन थापा पक्षले विशेष महाधिवेशन आयोजना गरेको भन्दै उहाँले त्यसविरुद्ध आफूहरू अदालत जानुपरेको स्पष्ट पार्नुभयो। ‘म पार्टी सभापति छु, मैले महाधिवेशन गराएको छैन, त्यसकारण हामी अदालत जानुपरेको हो,’ उहाँले भन्नुभयो। देउवाले आफू राजनीतिबाट सम्मानजनक रूपमा बिदा हुन चाहेको पनि बताउनुभयो। अब आफूलाई पार्टीमा कुनै पदको लोभ वा मोह नरहेको उल्लेख गर्दै उहाँले उमेरलगायतका कारणले पनि पदमा रहिरहने चाहना नभएको स्पष्ट पार्नुभयो। ‘म सम्मानजनक रूपमा बिदा लिन चाहन्छु, मलाई कुनै लोभ छैन, मेरो उमेर र अन्य कारणले पनि,’ उहाँले भन्नुभयो। यसैबीच, नेपाली कांग्रेसमा बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरूले आफ्नो अधिकार खोजिरहेको देउवाको भनाइ छ। उहाँले कांग्रेस सबैको साझा पार्टी भएको उल्लेख गर्दै आगामी दिनमा पनि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो। ‘यो पार्टी उहाँहरूकै हो, हाम्रो पार्टी हो, हामी भोलिका दिनमा पनि सँगै रहनेछौँ,’ देउवाले भन्नुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बजेट विवादमा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध
PoliticsJust now

बजेट विवादमा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध

धनगढी – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । अवरोधपछि शनिबार आधा घण्टाका लागि स्थगित गरिएको बैठक पुन:बस्न नसकी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । शनिबार प्रदेश सभाको आठौँ अधिवेशनको २४औँ बैठक सुरु हुनासाथ कांग्रेसका प्रदेशसभा सदस्यहरूले उठेर विरोध जनाएका […] ...

काठमाण्डुपाटी
देउवाको प्रश्न, ‘१८ करोड दिएर पार्टी किनिदियो रे, पैसामा पार्टी बेच्ने हामीले ?’
PoliticsJust now

देउवाको प्रश्न, ‘१८ करोड दिएर पार्टी किनिदियो रे, पैसामा पार्टी बेच्ने हामीले ?’

काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको चलखेल भएको भन्ने आरोपप्रति प्रश्न उठाएका छन् । उनले पैसाको लेनदेन गरेर पार्टीको आधिकारिकता किनिएको भन्ने आशय व्यक्त गर्दै आफूहरूले पैसामा पार्टी नबेच्ने बताएका छन् । शनिबार काठमाण्डुको राष्ट्रिय सभागृहमा देउवा पक्षले आयोजना गरेको काठमाण्डु जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै […] ...

काठमाण्डुपाटी
गगनमाथि कटाक्ष : ‘ओलीको खुट्टा ढोग्न जानुभयो, देउवालाई भेटेको भए आशीर्वाद पाउनुहुन्थ्यो’
PoliticsJust now

गगनमाथि कटाक्ष : ‘ओलीको खुट्टा ढोग्न जानुभयो, देउवालाई भेटेको भए आशीर्वाद पाउनुहुन्थ्यो’

काठमाण्डु – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगनकुमार थापामाथि कटाक्ष गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको खुट्टा ढोग्न गएको बताएका छन् । शेरबहादुर देउवा समूहको काठमाण्डु जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले थापाले पूर्वसभापति शेरबहादुर देउवालाई भेट्न गएको भए आशीर्वाद पाउने टिप्पणी गरे । ‘गगनजी केपी ओलीजीका खुट्टा ढोग्न गएको मान्छे, शेरबहादुर देउवाजीलाई ढोग्न […] ...

काठमाण्डुपाटी
नेपाल संवत् ११४७ को स्वागतमा कांग्रेसको सुकुण्डा र्‍याली
PoliticsJust now

नेपाल संवत् ११४७ को स्वागतमा कांग्रेसको सुकुण्डा र्‍याली

नेपाली कांग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत् ११४७ को अवसरमा आज सुकुण्डा र्‍याली आयोजना गरेको छ । र्‍यालीमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सहभागी भएका छन् । नेपाल संवत्को नयाँ वर्षको स्वागत तथा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको हो । र्‍यालीमा सहभागीहरूले सुकुण्डा बोकेर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गरेका थिए । नेपाल संवत् नेपाली मौलिक ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play