Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

१५ सरकारी प्रणालीसँग जोडियो राष्ट्रिय परिचयपत्र, सर्वोच्च अदालतदेखि स्थानीय तहसम्म अन्तरआवद्धताको तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
१५ सरकारी प्रणालीसँग जोडियो राष्ट्रिय परिचयपत्र, सर्वोच्च अदालतदेखि स्थानीय तहसम्म अन्तरआवद्धताको तयारी
Photo / Coverage: पर्दाफास

राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली सरकारी सेवा प्रवाहसँग जोडिने क्रम तिब्र बनेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालसम्म १५ वटा सरकारी तथा सार्वजनिक निकायका सूचना प्रणालीसँग अन्तरआवद्धता कायम गरी सेवा सञ्चालनमा ल्याएको छ । सर्वोच्च अदालतदेखि स्थानीय तहसम्मका निकायले समेत राष्ट्रिय परिचयपत्र प्रणालीसँग आफ्नो सेवा अन्तरआवद्धता गर्न अनुरोध गरेका छन् । विभागको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक प्रगति विवरणअनुसार राहदानी विभाग, घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली, कम्पनी रजिस्ट्रारको कार्यालय, नागरिक एप, चालक अनुमतिपत्रसम्बन्धी इडीएल प्रणाली (वागमती प्रदेश), कर्जा सूचना केन्द्र, निवृत्तभरण व्यवस्थापन कार्यालय, वैदेशिक रोजगारसम्बन्धी सेवा, निर्वाचन आयोग, आन्तरिक राजस्व विभागको प्यानसेवा, राष्ट्रिय कितावखाना (निजामती), गृह मन्त्रालयको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली, स्वास्थ्य बीमा बोर्ड र अध्यागमन विभागलगायतका प्रणालीसँग अन्तरआवद्धता कायम भइसकेको छ । यी प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता, व्यक्तिगत घटना दर्ता, राहदानी, नागरिकता, कर, वैदेशिक रोजगार, स्वास्थ्य बीमा तथा अध्यागमनलगायतका सेवामा राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग भइरहेको छ । विभागले नागरिक एपमा राष्ट्रिय परिचयपत्र प्रणालीका सबै तथ्यांक रियल टाइम सिङ्क हुने व्यवस्था गरेको छ । यसले राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण तत्काल अद्यावधिक तथा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । त्यस्तै, गत भदौ महिनामा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र स्वास्थ्य बीमा बोर्डको प्रणालीबीच अन्तरआवद्धता कायम गरी सेवा सञ्चालन गरिएको छ । गत असोजमा एनआईडीएमआइएस र अध्यागमन विभागको नेपाली पोर्ट प्रणालीबीच पनि अन्तरआवद्धता गरी सेवा सञ्चालनमा ल्याइएको विभागले जनाएको छ । राष्ट्रिय परिचयपत्र प्रणालीलाई थप सरकारी सेवासँग जोड्ने प्रक्रिया पनि अघि बढाइएको छ । वैदेशिक रोजगार सेवा, अदालतमा मुद्दा व्यवस्थापन प्रणाली, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र सेवा, स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपद् व्यवस्थापन, अध्यागमन सेवा, बन्दीको पहिचान तथा बन्दी वितरणलगायतका क्षेत्र र प्रणालीलाई अन्तरआवद्धता गर्ने सम्बन्धमा नेपाल सरकारका सचिवस्तरीय बैठकबाट निर्णय भइसकेको छ । यसैगरी, विभाग र सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, भूमि व्यवस्था तथा अभिलेख विभागको प्रणाली तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिसम्बन्धी सेवा प्रणालीबीचको विद्युतीय सेवा प्रयोग गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । कर्मचारी सञ्चय कोष र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रणालीसँग समेत अन्तरआवद्धतालाई शिघ्र कार्यान्वयन गर्ने उद्देश्यले विभागले समन्वय अघि बढाएको छ । यसका लागि शिक्षा विभागसँग गत साउन १६ गते र कर्मचारी सञ्चय कोषसँग गत साउन ५ गते बैठक बसेको थियो । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग सेवा अन्तरआवद्धता गर्न सर्वोच्च अदालत, काठमाडौं महानगरपालिका, बाँसगढी नगरपालिका, चिकित्सा शिक्षा आयोग र नेपाल क्लियरिङ हाउस लिमिटेडबाट समेत विभागमा अनुरोध प्राप्त भएको विभागले जानकारी दिएको छ । तीन महिनामा ७ लाख ७३ हजारभन्दा बढीको विवरण संकलन सरकारी निकायका प्रणालीसँग अन्तरआवद्धता विस्तारसँगै विभागले राष्ट्रिय परिचयपत्रको विवरण संकलन, कार्ड छपाइ तथा वितरणलाई तिब्रता दिएको छ । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अर्थात् २०८३ साउनदेखि असोजसम्म ७ लाख ७३ हजार २१९ जनाको विवरण संकलन भएको छ । ५ लाख ५९ हजार ६४९ जनाको विवरण राष्ट्रिय परिचय नम्बर कायम गरि विवरण राखिएको छ । यस अवधिमा १ लाख १० हजार ८५२ राष्ट्रिय परिचयपत्र कार्ड छपाइ गरिएको छ भने १ लाख ३५ हजार ८५६ कार्ड जिल्लामा पठाइएको विभागले जानाएको छ । तीन महिनामा ३ लाख ४७ हजार १०९ राष्ट्रिय परिचयपत्र वितरण गरिएको विभागको विवरणमा उल्लेख छ । हालसम्मको समग्र प्रगतिअनुसार २ करोड १५ लाख ८२ हजार ८०३ जनाको विवरण संकलन भएको छ । त्यस्तै, २ करोड ७ लाख ३७ हजार ७०१ जनाको विवरण प्रमाणिकरण भई राष्ट्रिय परिचय नम्बरमा समावेश भएको छ । हालसम्म ५० लाख १३ हजार ४२८ कार्ड छपाइ, ७९ लाख ६ हजार ४८१ कार्ड जिल्लामा पठाउने र ४८ लाख २ हजार ११७ कार्ड वितरण गर्ने काम सम्पन्न भएको विभागले जनाएको छ । विभागले राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान देशभर विस्तार गरेको छ । विवरण संकलन अभियान ७७ वटै जिल्लामा चलिरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सार्वजनिक बिदाले दानबहादुर कार्कीको रिटमा तोकिएको पेशी प्रभावित हुने
OthersJust now

सार्वजनिक बिदाले दानबहादुर कार्कीको रिटमा तोकिएको पेशी प्रभावित हुने

काठमाण्डु- छठ पर्वको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिटमा तोकिएको पेशी प्रभावित हुने भएको छ । कार्कीले आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सर्वोच्च अदालतले उक्त रिट आज दर्ता गर्दै कात्तिक ३० गतेका लागि पेशी […] ...

काठमाण्डुपाटी
नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल
OthersJust now

नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

२७ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । ३१औं पार्टनरसिप समिट २०२६ मा सहभागी हुने क्रममा भएको उक्त भेटवार्तामा नेपाल–भारतबीचको व्यापार, पारवहन, औद्योगिक सहकार्य, लगानी प्रवद्र्धन, गुणस्तर प्रमाणीकरण तथा नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायतका महत्वपूर्ण विषयमा विस्तृत… ...

अनलाइन खबर
भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी
OthersJust now

भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० जना प्रस्तावित राजदूतहरूको नाम पठाएकोमा शुक्रबारसम्म तीन देशका राजदूतको अग्रिमो प्राप्त भइसकेको छ । ...

अनलाइन खबर
घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो
OthersJust now

घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

२७ कात्तिक, काठमाडौं । तिहारपछिको सेयर बजार एकल अंकले झरेको छ । ६.४४ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६४८ अंकमा कायम भएको छ । शुक्रबार सेयर बजारमा ११० कम्पनीको मूल्य बढेको छ भने १६० को घटेको छ । त्यस्तै कारोबार भएका ९ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबारका क्रममा अधिकांश समय बजार रातो अंकमा रह्यो… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play