Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

१३औं छायाँछवि तीज म्युजिक अवार्डका विजेतालाई ट्रफी प्रदान

Share:WhatsAppFacebookX (Twitter)Telegram
१३औं छायाँछवि तीज म्युजिक अवार्डका विजेतालाई ट्रफी प्रदान
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । छायाँछवि क्रियशनले १३औं संस्करणको ‘छायाँछवि तीज म्युजिक अवार्ड’का विजेताहरूलाई ट्रफी प्रदान गरेको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी तथा देशको असहज परिस्थितिका कारण अवार्डको औपचारिक समारोह स्थगित गरिएकोमा आयोजकले विजेताहरूलाई ट्रफी हस्तान्तरण गरेको हो । छायाँछविका अध्यक्ष शान्तिप्रियले प्राकृतिक प्रकोप र देशको परिस्थितिका कारण निर्धारित समयमा अवार्ड वितरण कार्यक्रम गर्न नसकिएको बताउनुभयो । उहाँले आगामी संस्करणका अवार्ड कार्यक्रम भने निर्धारित समयमै आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विजेताहरूलाई अभिनेत्री वसुन्धरा भुसाल, चलचित्र पत्रकार विजयरत्न तुलाधर, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला तथा संस्कृतिकर्मी आरसी कोइरालाले ट्रफी प्रदान गर्नुभएको थियो । अवार्डअन्तर्गत ‘छमछम नाचिदेउ’बाट प्रकाश मिश्रले सर्वोत्कृष्ट तीज गीत मिक्सिङ र ‘छमछमी नाँचौं न’बाट विपिन आचार्यले सर्वोत्कृष्ट तीज गीत एरेञ्जरको अवार्ड प्राप्त गर्नुभयो । ‘मेरो माया जुनीभरिलाई’बाट आशा कार्कीले सर्वोत्कृष्ट तीज गीत मोडल नवप्रतिभा तथा सुमन सागरजंग केसीले सर्वोत्कृष्ट तीज गीत मोडल पुरुषको अवार्ड हात पार्नुभयो । त्यस्तै, ‘माईतीघरको आँगन’बाट झरना रिसाल सर्वोत्कृष्ट तीज गीत मोडल महिला घोषित हुनुभयो । ‘लाली लपक्कै’बाट गम्भीर विष्टले सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशकको अवार्ड पाउँदा ‘नौरति फूली’बाट दीपक शर्माले सर्वोत्कृष्ट तीज गीत शब्दको अवार्ड प्राप्त गर्नुभयो । ‘जन्मेर हुर्केको घर’बाट मनु पन्तले सर्वोत्कृष्ट तीज गीत लय र ‘रानीहार’बाट शंकर थापा स्माइलले सर्वोत्कृष्ट मौलिक तीज गीत लयको अवार्ड जित्नुभयो । त्यसैगरी, ‘लाली लपक्कै’बाट निशा सुनार सर्वोत्कृष्ट दोहोरी तीज गीत गायिका र प्रकाश सपुत सर्वोत्कृष्ट दोहोरी तीज गीत गायक घोषित हुनुभयो । ‘भिजायो फरिया बर्खैले’बाट सरिता भारतीले सर्वोत्कृष्ट तीज गीत गायिका, ‘नक्कल पार्ने बानी’बाट गंगा गौतमले सर्वोत्कृष्ट मौलिक तीज गीत गायिका तथा ‘एक वर्षमा एक चोटी’बाट अञ्जु श्रेष्ठले सर्वोत्कृष्ट तीज गीतको अवार्ड प्राप्त गर्नुभयो। ‘ह्वीस्की फोरिन्छ’बाट रश्मी पाण्डेले सर्वोत्कृष्ट तीज गीत जुरी अवार्ड पाउनुभयो । कार्यक्रममा गायिका सहिमा श्रेष्ठ, गीतकार नारायण कँडेल तथा ब्युटीसियनद्वय चाँदनी श्रेष्ठ र स्मृति सुब्बालाई सम्मानसमेत गरिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कृषिमा स्नातक गरेका युवाको रोजाइमा पुष्पखेती
Latest NewsJust now

कृषिमा स्नातक गरेका युवाको रोजाइमा पुष्पखेती

बाँकेको नेपालगन्जमा कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका तीन विद्यार्थीले लोभलाग्दो पुष्पखेती गरेका छन्। नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित फुटाहामा उनीहरुले प्रयोगात्मक रूपमा खेती गरेर आर्थिक उपार्जन गरेका छन् । स्थानीय बेदराज आर्चाय, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सानो लगानी गरेर ठुलो प्रतिफल प्राप्त हुने विश्वास राखेका छन्। ‘फिट फार्म&r... ...

नेपालखबर
भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै
Latest NewsJust now

भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज (बुधबार) काठमाडौं आउँदै हुनुहुन्छ । प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारी भइरहेको बेला भारतीय विदेश सचिव मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउन लाग्नुभएको हो । नेपाल र भारतले भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणको सोमबार संयुक्त रूपमा घोषणा गरेका थिए । दुई देशबीचको लामो ...

हिमालय टाइम्स
पार गर्न छिटो, टोल तिर्न सास्ती
Latest NewsJust now

पार गर्न छिटो, टोल तिर्न सास्ती

काठमाडौँ, कात्तिक १८ गते । सडक उपयोग दस्तुर सङ्कलनका लागि ‘रेडियो आवृत्ति पहिचान’ (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन, आरएफआइडी) प्रविधि कार्यान्वयनमा आउन नसकेपछि मुलुककै पहिलो अत्... ...

गोरखापत्र
दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस
Latest NewsJust now

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस

काठमाडौं । सरकारले प्रेस काउन्सिल ऐन २०४८ लाई संशोधन गर्न बनेको अध्यादेशसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो । यसैगरी, सरकारले एसियाली विकास बैंक (एडिबी) बाट सडक सुधारका लागि २८५ मिलियन अमेरिकी डलर ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play