Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

११ फिटको राजगोमनको उद्धार

Share:WhatsAppFacebookX (Twitter)Telegram
११ फिटको राजगोमनको उद्धार
Photo / Coverage: नेपालन्युज

मकवानपुर।हेटौंडा उपमहानगरपालिका–१५ भोर्लेस्थित एक किराना पसलबाट राजगोमन सर्प (किङ कोब्रा) को सुरक्षित उद्धार गरिएको छ। स्थानीय महेन्द्र दोङको पसलको दराजमा भेटिएको करिब ११ फिट लामो विषालु राजगोमन सर्पलाई उद्धारकर्ता राजेश थापा ‘गरिब’ र रोशन थापा ‘दीप’ ले करिब आधा घण्टाको प्रयासपछि सुरक्षित उद्धार गरेका हुन्। पसलको दराजमा सर्प देखिएपछि स्थानीय वडा सदस्य सिंहबहादुरले उद्धारकर्ता राजेश र रोशनलाई खबर गरेसँगै उनीहरूले राजगोमनलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएका हुन्। त्यसअघि स्थानीयवासीले सर्पलाई भगाउने प्रयासमा पेट्रोल खन्याएको कारण उद्धारमा थप चुनौती सिर्जना भएको बताउँदै उद्धारकर्ता राजेशले धुवाँ लगाएर पेट्रोल खन्याइएपछि सर्प आक्रामक बन्दा सुरक्षित रूपमा नियन्त्रणमा लिन विशेष सावधानी अपनाउनु परेको बताए। सर्पलाई धपाउने उद्देश्यले पेट्रोल वा डिजेल प्रयोग गर्नु जोखिमपूर्ण हुने बताउँदै उनले सामान्य अवस्थामा रहेको सर्पले समेत आफूलाई खतरा महसुस गरेमा आक्रमण गर्न सक्ने भएकाले यस्तो गतिविधि नगर्न आग्रह गरे। वडा सदस्य सिंहबहादुरले स्थानीयवासीको सहयोगमा उद्धार गरिएको राजगोमनलाई मानव बस्तीबाट टाढा जङ्गलमा सुरक्षित रूपमा छाडिएको उद्धारकर्ता रोशनले बताए। आफूहरूले हालसम्म १६ पटक राजगोमनको उद्धार गरिसकेको बताउँदै उनले हेटौंडासहित मकवानपुरगढी, बकैया र बागमती गाउँपालिकाका विभिन्न स्थानबाट राजगोमन उद्धार गरिएको बताए। यसअघि १४औं पटकको उद्धारका क्रममा आफूूलाई बकैया र बागमती गाउँपालिकाको सीमावर्ती क्षेत्रमा राजगोमनले टोकेको बताए।राजगोमन विश्वकै सबैभन्दा लामो विषालु सर्प भएको बताउँदै उनले यसको विषले स्नायु प्रणालीमा गम्भीर असर पुर्‍याउन सक्ने बताए। उनका अनुुसार गोमनको टोकाइबाट मानिसको ज्यान समेत जान सक्छ। यद्यपि, राजगोमनले सामान्यतया मानिसलाई आक्रमण गर्न खोज्दैन। खतरा महसुस गरेमा भने आफ्नो सुरक्षाका लागि आक्रामक बन्न सक्छ। सर्पलाई मार्नुको सट्टा उद्धार गरी प्राकृतिक वासस्थानमा फर्काउनु पर्ने उल्लेख गर्दै उनले वातावरणीय सन्तुलन कायम राख्न र खाद्य शृङ्खलालाई व्यवस्थित बनाउन सर्पको महत्वपूर्ण भूमिका हुने भएकाले यसको संरक्षण आवश्यक रहेको बताए। मकवानपुरमा राजगोमनका अतिरिक्त मोनोसेलेट कोब्रा, स्पेक्टाकल्ड कोब्रा, बेन्डेड करेट, कोरल स्नेक, ग्रिन पिट भाइपर र रेडनेक किलब्याकलगायतका विभिन्न प्रजातिका सर्प पाइन्छन्। सर्पले टोकेमा झारफुक वा घरेलु उपचारमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आवश्यक रहेको बताइन्छ। सर्पको उद्धारपछि डिभिजन वन कार्यालय मकवानपुरसँगको समन्वयमा सुरक्षित वासस्थानमा छाड्ने गरेको उनले जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मलेसिया रोजगारी : स्वास्थ्य परीक्षणको सिन्डिकेटले नयाँ कामदार जाने प्रक्रिया अवरुद्ध
Latest NewsJust now

मलेसिया रोजगारी : स्वास्थ्य परीक्षणको सिन्डिकेटले नयाँ कामदार जाने प्रक्रिया अवरुद्ध

काठमाडौँ । मलेसियामा रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण असोज १५ देखि रोकिएको छ । स्वास्थ्य परीक्षण रोकिएपछि मलेसियाको भिसा जारी हुन नसकेको व्यवसायीले बताएका छन् । उनीहरुका अनुसार अहिले पनि... ...

रातोपाटी
कर्णालीको आक्रामक सुरुवात
Latest NewsJust now

कर्णालीको आक्रामक सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजविरुद्ध आक्रामक ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ७ ओभरमा... ...

रातोपाटी
इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब
Latest NewsJust now

इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब

वासिङ्टन, कात्तिक १६ गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गर्... ...

गोरखापत्र
१७ दिन बित्दा पनि बोलाएनन् प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक
Latest NewsJust now

१७ दिन बित्दा पनि बोलाएनन् प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक

गएको १७ दिनदेखि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन।  सामान्यतया साताको एक वा दुईपटक बस्दै आएको मन्त्रिपरिषद् बैठक यसपटक लामो समयदेखि नबसेको हो।  हरेक सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक राख्दै आएका प्रधानमन्त्री बालेन्द्र शाहले यसपटक झण्डै तीन साता बित्न लाग्दासमेत बैठक नबोलाएका हुन्। दसैँअघि गएको असोज ३० गतेपछि अहिलेसम्म मन्त्रिपरिषद् बैठक बसेको छ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play