Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

१० वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि परीक्षण शुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
१० वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि परीक्षण शुरु
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । विगत १० वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि परिक्षण शुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरी बायोग्यास प्लान्ट परीक्षण शुभारम्भ गरेको हो । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले प्लान्ट परीक्षणको शुभारम्भ गरे । यसअघि कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई बायोग्यास प्लान्ट सञ्चालनको लागि हस्तान्तरण गरेका थिए । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ढकालले ऊर्जा मन्त्रालयको निर्देशन र काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा प्लान्टको प्राविधिक तथा व्यवस्थापकीय पक्षको अध्ययन गरी पुनः सञ्चालनमा ल्याइएको जानकारी दिए । उनका अनुसार करिव १० वर्षअघि निर्माण गरिएको उक्त प्लान्ट सञ्चालनमा आएको केही समयपछि बन्द भएको थियो । पुरानो प्लान्टको डिजाइन विद्युत उत्पादन गर्ने उद्देश्यले गरिएको भएपनि हालको प्राविधिक अध्ययनले उत्पादित बायोग्यासलाई सिधै उपभोक्तासम्म पु¥याउनु उपयुक्त देखाएको उनको भनाइ छ । पाइपलाइनमार्फत आसपासका घरपरिवारलाई ग्यास वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए । उनका अनुसार प्लान्टको दीर्घकालीन सञ्चालन सुनिश्चित गर्न सार्वजनिक–निजी साझेदारी ९पिपिपी० मोडेल अपनाउने विषयमा पनि छलफल भइरहेको छ । निजी क्षेत्रलाई सञ्चालन व्यवस्थापनमा सहभागी गराएर महानगरपालिकाको स्वामित्वमा प्लान्ट सञ्चालन गर्ने अवधारणालाई अघि बढाइएको उनले बताए । विश्व बैंककी अपरेसन म्यानेजर रिता ढकालले पुनःस्थापित प्लान्टबाट दैनिक तीन टन छुट्याइएको जैविक फोहोर प्रशोधन गरी करिब १५० घनमिटर बायोग्यास उत्पादन गर्ने लक्ष्य रहेको बताए । उत्पादित ग्यास आसपासका करिब १०० घरपरिवारलाई वितरण गरिने उनले जानकारी दिए । फोहोर व्यवस्थापन क्षेत्रबाट विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको करिब ३ देखि ५ प्रतिशत हिस्सा आउने उल्लेख गर्दै उनले जैविक फोहोरको उचित व्यवस्थापनले जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पु¥याउने बताए । विशेषगरी ल्यान्डफिल तथा डम्पिङ साइटमा जैविक फोहोर कुहिँदा निस्कने मिथेन र खुला रूपमा फोहोर जलाउँदा उत्सर्जन हुने ब्ल्याक कार्बन न्युनिकरणमा यस्ता परियोजना उपयोगी हुने उनको भनाइ छ । उनले प्लान्टको दिगो सञ्चालनका लागि घरघरबाटै जैविक र अजैविक फोहोर छुट्याउने व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनका अनुसार युरोपेली संघको सहयोगमा सन् २०१७ मा स्थापना गरिएको प्लान्ट विभिन्न प्राविधिक तथा व्यवस्थापकीय समस्याका कारण लामो समयसम्म सञ्चालन हुन सकेको थिएन । विश्व बैंकको सहयोगमा सञ्चालित मिनी ग्रिड इनर्जी एक्सेस परियोजनाअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र काठमाडौँ महानगरपालिकाले प्लान्टको पुनःस्थापना गरिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार विश्व बैंकको सहयोगमा यसअघि विभिन्न सात स्थानीय तहसँगको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ठूला बायोग्यास प्लान्ट निर्माण भएका छन् । त्यस्तै, निजी क्षेत्रको सहभागितामा २० वटाभन्दा बढी व्यावसायिक प्लान्ट स्थापना भएका छन् । केन्द्रले हरित जलवायु कोषसमक्ष ४८ मिलियन अमेरिकी डलरको फोहोर व्यवस्थापनसम्बन्धी परियोजना प्रश्ताव गरेको र त्यसमा प्राप्त सुझावअनुसार काम भइरहेको जनाएको छ । नेपाल र स्विडेनबीच पेरिस सम्झौताको धारा ६।२ अन्तर्गत द्विपक्षीय सम्झौता भएपछि निजी क्षेत्रको सहभागितामा ठूला बायोग्यास आयोजनाहरू अघि बढाउने तयारी गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हावाहुरीले सुन्तला झारेपछि म्याग्दीका किसानलाई लाखौँको क्षति
Latest NewsJust now

हावाहुरीले सुन्तला झारेपछि म्याग्दीका किसानलाई लाखौँको क्षति

• म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आएको हावाहुरीले सुन्तला बगैँचामा ठूलो क्षति पुर्याएको छ, जसका कारण किसानको मेहनत खेर गएको छ। • हावाहुरीले घर, विद्यालय र स्वास्थ्य चौकीमा पनि क्षति पुर्याएको छ, र गाउँपालिकामा क्षतिको विवरण सङ्कलन भइरहेको छ। • प्रभावित किसानलाई राहत र पुनर्निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिने जानकारी दिइएको छ। ...

नेपालबहस
बायोग्यास वितरणको नीति बनाउन डंगोलको माग
Latest NewsJust now

बायोग्यास वितरणको नीति बनाउन डंगोलको माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बायोग्यास वितरणका लागि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रममा उनले पाइपलाइनमार्फत ग्यास वितरण गर्ने नीति... ...

रातोपाटी
भवन र पुल शिलान्याससँगै कागजबाट निर्माण चरणमा
Latest NewsJust now

भवन र पुल शिलान्याससँगै कागजबाट निर्माण चरणमा

गोरखा । गोरखा र धादिङको साँध चिरेर सुसाउने बुढीगण्डकीको छालमा बितेका १३ वर्षदेखि एउटै अधुरो सपना बगिरह्यो। ‘एक दिन यो नदी थुनिनेछ, विशाल ताल बन्नेछ र देश झलमल्ल हुनेछ’ भन्ने त्यहाँका... ...

रातोपाटी
तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि धमाधम रुख कटान
Latest NewsJust now

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि धमाधम रुख कटान

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनका केही स्थानमा रुख कटानको काम धमाधम अगाडि बढाइएको छ । प्रसारण लाइन निर्माणका क्रममा काट्नुपर्ने... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement