Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

१० करोड लगानीको कान्ति ताल बेवारिसे, संरक्षण अभावमा भत्किँदै संरचना

Share:WhatsAppFacebookX (Twitter)Telegram
१० करोड लगानीको कान्ति ताल बेवारिसे, संरक्षण अभावमा भत्किँदै संरचना
Photo / Coverage: केन्द्रबिन्दु

नेपालगञ्ज । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब १० करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको नेपालगञ्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । उपमहानगरपालिकाले ठूलो लगानी गरेर निर्माण गरेका संरचना भत्किनुका साथै ताल क्षेत्र झाडी र बुट्यानले ढाकेपछि यसको सौन्दर्य हराउँदै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको ताल परिसरमा निर्माण गरिएका रेलिङलगायतका पूर्वाधार भत्किएका छन् । पर्यटकलाई आकर्षित गर्न बनाइएका संरचनाको सामान्य मर्मतसम्भार हुन नसक्दा ठूलो लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको स्थानीयको गुनासो छ । नेपालगन्ज–२२ पुरैनीका स्थानीय चेतबहादुर थापाले संरक्षण र रेखदेखको अभावमा तालको अवस्था बिग्रँदै गएको बताए । ‘कान्ति ताललाई पर्यटकीयस्थल बनाउन ठूलो बजेट खर्च गरिएको हो । तर, अहिले यहाँका संरचना भत्किएका छन्, झाडी बढेको छ । संरक्षणका लागि पटकपटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ भएको छैन’, उनले भने । थापाका अनुसार कान्ति ताल पर्यटकीयस्थल मात्र नभई जैविक विविधताका दृष्टिले पनि महत्वपूर्ण क्षेत्र हो । विभिन्न प्रजातिका चराचुरुङ्गीको प्राकृतिक बासस्थान रहेको तालको संरक्षण नहुँदा यहाँको पर्यावरणीय महत्व जोखिममा परेको उनको भनाइ छ । ‘यो तालको महत्व पर्यटकीय पूर्वाधारमा मात्र सीमित छैन । यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी पाइन्छन् । तालको प्राकृतिक स्वरूप जोगाउन सकिए यसले पर्यटनसँगै जैविक विविधताको संरक्षणमा पनि योगदान पुर्‍याउँछ’, थापाले भने । पर्यावरण तथा चरा संरक्षणमा क्रियाशील अभियानकर्मीले तालको प्राकृतिक स्वरूप जोगाउन र पुरानै अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएका छन् । संरक्षणका लागि आवश्यक पहल नहुँदा तालको अवस्था सुधार हुन सकेको छैन । ताल सञ्चालनका लागि वार्षिक २८ लाख रुपैयाँ राजस्व बुझाउने सम्झौता गरी जिम्मा लिएका फनबहादुर गुरुङले पनि ताल परिसरका पूर्वाधार तोडफोड भएको बताए । ‘ताल परिसरमा निर्माण गरिएका रेलिङ तथा अन्य संरचनामा क्षति पुगेको छ । लागुऔषध प्रयोगकर्ताले ती संरचना तोडफोड गरेको हुनसक्ने देखिन्छ । संरचनाको संरक्षण र नियमित रेखदेखका लागि प्रभावकारी व्यवस्था आवश्यक छ’, उनले भने । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतमा बनाइएका योजनाले अपेक्षित नतिजा दिन नसकेको स्वीकार गरे । उनले अब सरोकारवाला निकायसँग छलफल गरेर तालको दिगो संरक्षण र व्यवस्थापनका लागि नयाँ योजना बनाउने तयारी भइरहेको बताए । ‘विगतमा निर्माण गरिएका योजनाले सोचेअनुसारको नतिजा दिन सकेनन् । अब सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिसँग गहन छलफल गरेर कान्ति तालको दिगो संरक्षण र व्यवस्थापनका लागि प्रभावकारी योजना बनाउने तयारीमा छौँ’, प्रवक्ता रिजालले भने । उपमहानगरपालिकाले नयाँ योजना बनाउने बताए पनि यसअघि खर्च भएको रकमको प्रतिफल र निर्माण भएका संरचनाको संरक्षणबारे प्रश्न उठेको छ । सात वर्षअघि सुरु गरिएको योजनाले अपेक्षित गति लिन नसक्दा तालको विकासमा गरिएको लगानी खेर जाने जोखिम बढेको छ । नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले तालको तत्काल संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए । ‘कान्ति ताल नेपालगञ्जको पर्यटन र आर्थिक समृद्धिसँग जोडिएको महत्वपूर्ण सम्पत्ति हो । यसलाई जीर्ण अवस्थामा छाड्नु हुँदैन । भएका संरचनाको मर्मतसम्भार गरेर तालको प्राकृतिक र पर्यटकीय महत्व जोगाउन तत्काल पहल गर्नुपर्छ’, श्रेष्ठले भने । स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन र जैविक विविधता संरक्षणको सम्भावना बोकेको कान्ति तालको अवस्था सुधार गर्न उपमहानगरपालिकाले तत्काल प्रभावकारी व्यवस्थापन योजना ल्याउनुपर्ने स्थानीयको माग छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
Latest NewsJust now

पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३ दशमलव ३९ र खर्च २३ दशमलव ३७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा... ...

रातोपाटी
चीनसँग व्यापारिक सम्बन्ध थप विस्तार गर्न अस्ट्रेलियाको जोड
Latest NewsJust now

चीनसँग व्यापारिक सम्बन्ध थप विस्तार गर्न अस्ट्रेलियाको जोड

अस्ट्रेलियाका व्यापार तथा पर्यटनमन्त्री डन फरेलले चीनसँगको द्विपक्षीय व्यापार र आर्थिक सम्बन्ध थप विस्तार गर्न सकिने बताएका छन् । चिनियाँ समाचार एजेन्सी सिन्ह्वासँग हालैको अन्तर्वार्तामा मन्त्री फरेलले चीन अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको उल्लेख गर्दै दुई देशबीच रचनात्मक र स्थिर सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिएका हुन् । उनले विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितताबीच अस्ट्रेलियाले एशिया प्रशान्त क्षेत्रका साझेदार मुलुकहरूसँग सहकार्य ...

टक्सार
जाडो बढेसँगै पूर्वी तराईमा तातो भक्काको व्यापार चम्कियो, गृहिणीलाई हिउँदको सहारा
Latest NewsJust now

जाडो बढेसँगै पूर्वी तराईमा तातो भक्काको व्यापार चम्कियो, गृहिणीलाई हिउँदको सहारा

मोरङ । जाडोयाम सुरु भएसँगै मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा बिहानैदेखि तातो भक्काको बाफ र बास्ना फैलिन थाल्छ । स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको गेटछेउमा विगत २२ वर्षदेखि भक्का बनाएर बिक्री गर्दै आएकी डाँगीहाट... ...

रातोपाटी
यी हुन् सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा कम्पनी
Latest NewsJust now

यी हुन् सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा कम्पनी

काठमाडौं । सरकारले आव २०८१ ८२ मा सबैभन्दा धेरै कर तिर्ने १९ व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले कर दिवसको अवसरमा क्षेत्रगत रूपमा अगाडि रहेका व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको हो । सर्वाधिक कर तिर्ने व्यक्ति तथा कम्पनीलाई अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्मान गरेका हुन्। निकायहरूमध्ये सबैभन्दा बढी सूर्य नेपालले कर तिरेको छ भने एकलौटी फर्महरूमध्ये थर्ड आइ ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play