१० करोड नाघ्यो ‘पेन्सन पट्टा’को कमाइ

काठमाडौं । दयाहाङ राई अभिनित ‘पेन्सन पट्टा’को कमाइ १० करोड नाघेको छ। सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस रिपोर्ट फिल्मको ग्रस कलेक्सन १० करोड १७ लाख ७३ हजार ८२८ पुगेको हो। हिजो आइतबार अर्थात् प्रदर्शनको ३८ दिनसम्म फिल्मका लागि ३ लाख ५९ हजार १९४ टिकट बिक्री भएका छन्। भदौ २६ गतेदेखि प्रदर्शनरत यो फिल्मले सुरुवाती दिनमा सुस्त देखिए पनि पछि लय समातेको हो। यो फिल्म यस वर्षको धेरै कमाउने दोस्रो फिल्म बनिसकेको छ। माओत्से गुरुङको निर्देशनमा बनेको ‘पेन्सन पट्टा’ सामाजिक कथावस्तुमा बनेको फिल्म हो। यस फिल्मले लाहुरे जीवनशैलीसँग गाँसिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडाको कथा छ। फिल्ममा दयाहाङ राईसहित गौमाया गुरुङ मुख्य भूमिकामा छन्। साथै विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्करबहादुर गुरुङ, लुनीभा तुलाधर र सुरज तमुलगायतको पनि अभिनय छ। यसमा सुनील थापालाई पनि देख्न पाइन्छ। जो अहिले हामीमाझ छैनन्। The post १० करोड नाघ्यो ‘पेन्सन पट्टा’को कमाइ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

छुमसुरको पहिरो हटेपछि खाँदबारी–किमाथांका सडकमा एकतर्फी यातायात सञ्चालन
नेपाली सेनाले आइतबार साँझ ब्लाष्टिङ गरेर पहिरो हटाएसँगै लामो समयदेखि अवरुद्ध सडकमा सवारीसाधन सञ्चालन भएको हो । ...

बूढीगण्डकीले बगाएको आरुघाट पुलमा जोडियो बेलिब्रिज
काठमाडौं । बूढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलको टुटेको भागमा बेलिब्रिज जडान गरिएको छ । बेलिब्रिज निर्माणको काम सम्पन्न भएसँगै यातायात सेवा पुन: सञ्चालन गर्ने तयारी गरिएको छ । बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको थियो । यातायात सेवा तत्काल सञ्चालनमा ल्याउने उद्देश्यले नेपाली सेना र गोरखा सडक योजनाको ...

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने
• नेपाल टेलिकमले एनटी फाइबर सेवाअन्तर्गत नयाँ इन्टरनेट प्याकेजमा ग्राहकको चासो बढेको छ र १९८ नम्बरको क्षमता वृद्धि गरेको छ। • ग्राहकले अनलाइनमा पनि एनटी फाइबर जडानको लागि अनुरोध गर्न सक्ने व्यवस्था गरिएको छ। • एनटी फाइबरले रु चार हजार ९९९ मा ३० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराएको छ, जसले तुलनात्मक रूपमा कम शुल्कमा सेवा चाहने ग्राहकलाई आकर्षित गरेको ...

त्रिवि क्रिकेट मैदानमा कात्तिक ८ गतेसम्म भिडियो छायाङ्कन र ड्रोन उडाउन रोक
काठमाडौँ। त्रिवि क्रिकेट मैदानमा अन्तिम तयारीका काम गर्नुपर्ने भएकाले आगामी आइतबार, कात्तिक ८ गतेसम्म भिडियो छायाङ्कन, युट्युब सामग्री निर्माण र ड्रोन उडाउन रोक लगाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले... ...


