Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

१० औँ राष्ट्रिय खेलकुद: ६८ पदकको छिनोफानो, बागमती प्रदेश शीर्ष स्थानमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
१० औँ राष्ट्रिय खेलकुद: ६८ पदकको छिनोफानो, बागमती प्रदेश शीर्ष स्थानमा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म २२ स्वर्ण, २२ रजत र २४ कास्य गरी कुल ६८ पदकको छिनोफानो भएको छ। अहिलेसम्मको पदक तालिकामा बागमती प्रदेश अगाडि देखिएको छ। बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कास्यसहित कुल १९ पदक जित्दै अग्रता लिएको हो। प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने तय भए पनि केही खेलहरू भने सुरु भइसकेका छन्। बुधबार दोस्रो दिनसम्म एनआरएनएले ६ स्वर्ण, १ रजत र २ कास्यसहित ९ पदक जोडेको छ। त्यस्तै, नेपाल पुलिसले ३ स्वर्ण, ७ रजत र ८ कास्यसहित १८ पदक हात पार्दा नेपाल आर्मीले २ स्वर्ण, ८ रजत र ८ कास्यसहित समान १८ पदक नै जितेको छ। सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र २ रजतसहित ३ पदक जितेको छ भने कोशी प्रदेशले १ स्वर्ण पदक हात पारेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने
Latest NewsJust now

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका कुनै पनि प्रमुख सहरहरूमा वर्षाको सम्भावना छैन। सबै सहरहरूमा वर्षाको सम्भावना शून्य... ...

रातोपाटी
किशोरीमाथि जबरजस्ती करणी र कुटपिट: भिडियो सार्वजनिक गर्ने बाबुछोरा पक्राउ
Latest NewsJust now

किशोरीमाथि जबरजस्ती करणी र कुटपिट: भिडियो सार्वजनिक गर्ने बाबुछोरा पक्राउ

काठमाडौं । मोरङको कानेपोखरी ६ मा १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा पीडित किशोरीका ससुरा र सोही घटनालाई लिएर पीडित बालिकालाई कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने किशोरीका श्रीमान् पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा किशोरीका ५५ वर्षीय ससुरा र उनका २३ वर्षीय श्रीमान् छन्। गत कात्तिक २९ गते राति किशोरीलाई घरमा ससुरा जयराम दर्जीले ...

केन्द्रबिन्दु
बाल हिंसा र ओसारपसार न्यूनीकरणमा युनिसेफसँग सहकार्यको तयारी
Latest NewsJust now

बाल हिंसा र ओसारपसार न्यूनीकरणमा युनिसेफसँग सहकार्यको तयारी

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराबिच बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका क्षेत्रमा सहयोग र साझेदारीका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement