सुर्खेत। १० औँ राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशको पुरुष फुटबल टिम लिग चरणबाटै बाहिरिएको छ। बिहिबारको खेलमा गण्डकी प्रदेशसँग पराजित भएसँगै कर्णाली लिग चरणबाटै बाहिरिएको हो। गण्डकी प्रदेशले ५–० को अन्तरले कर्णालीलाई पराजित गरेको हो। आजको खेल जित्नै पर्ने दवावमा रहेको कर्णाली लिग चरणबाट बाहिरिने पहिलो टोलीसमेत बनेको छ। यसअघि मंगलबार उद्घाटन खेलमा नेपाल पुलिस क्लवसँग कर्णाली ३–० ले पराजित भएको थियो। आजको खेलको १६औँ मिनेटमा गण्डकीका लछु थापाले पहिलो गोल गरे। त्यसैगरी खेलको २५ औँ र ३३ औँ मिनेटमा गण्डकीका आशिष गुरुङले दुई गोल गरेर टिमलाई ३–० को अग्रता दिलाएका थिए। गण्डकीका सुदिप गुरुङले खेलको दोस्रो हाफको ५७ औँ मिनेटमा थप एक गोल गरे। अतिरिक्त थप भएको चार मिनेटमा गण्डकीका टेगराज गुरुङले एक गोल गरेर खेलको अन्तर ५–० कायम गरेका थिए। म्याच कमिसनर वीरेन्द्र पाण्डेले गण्डकीका रन्दिप पौडेल, यामबहादुर श्रेष्ठ र कर्णालीका दिलविजय शाहीले पहेलो कार्ड पाएका थिए। उनका अनुसार आज दिउँसो साढे दुई बजे हुने खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको (एपीएफ) र मधेस प्रदेश भिड्नेछन्। घर फर्कियो लुम्बिनीको महिला क्रिकेट टोली प्रतियोगिताअन्तर्गत महिला क्रिकेटतर्फ लुम्बिनी प्रदेश समूह चरणबाट बाहिरिएको छ । आफ्नो दोस्रो खेलमा मधेश प्रदेशसँग पराजित भएसँगै लुम्बिनी घर फर्किएको हो। लुम्बिनी आफ्नो पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबसँग पराजित भएको थियो । बिहिबार पनि मधेश प्रदेशसँग लुम्बिनी पराजित भएको हो। लुम्बिनीले सात विकेटको क्षतिमा ७९ रन बनाएको थियो। लुम्बिनीकी ओपनर ऋतु रावलले ४१ रनको नटआउट पारी खेलिन्। उनले मधेशविरुद्ध ५६ बलको सामना गरेर पाँच चौका प्रहार गरिन्। यस्तै, लुम्बिनीकी सिमा थापाले १० रनको योगदान दिइन्। मधेशविरुद्धको खेलमा आस्मा पुलामी मगरले पाँच, अनिता चौधरी र दीपा कुँवरले समान चार÷चार रनको योगदान दिदा सुस्मिता भुषालले दुई र ओपनर श्रुती बुढाथोकी, सरस्वती पुन, मनिषा रानाले एक/एक रन बनाए। लुम्बिनीलाई सस्तैमा समेट्न मधेश प्रदेशकी सुस्मिता यादवले चार विकेट लिइन। ८० रनको लक्ष्य मधेशले १२.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो। सुस्मिताल चार ओभर बलिङमा २० रन खर्चिएकी थिइन। यस्तै रोजी कडारीले दुई विकेट लिंदा कप्तान पुजा महतोले एक विकेट लिइन्। मधेश प्रदेशकी ओपनर एलिसा यादवले ४२ रनको महत्वपूर्ण पारी खेलिन्। ३६ बलको सामना गरेकी उनले आठ चौका प्रहार गरिन्। कप्तान पुजा महतोले १५ रन बनाउँदा अनुराधा चौधरीले सात रन बनाइन्। ओपनर साना प्रविनले चार रन र सरस्वती चौधरीले दुई रनको योगदान दिइन्। चाँदनी खातुन चार रनमा नटआउट भइन्।
१० औँ राष्ट्रिय खेलकुदः पुरुष फुटबलतर्फ लिग चरणबाटै बाहिरियो कर्णाली

Read Complete Original Article
Published originally on नेपालन्युज






