Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

१०० अर्ब डलरको अर्थतन्त्र निर्माणका लागि पूर्वाधारमा लगानी बढाउनुपर्छः अध्यक्ष पाण्डे

Share:WhatsAppFacebookX (Twitter)Telegram
१०० अर्ब डलरको अर्थतन्त्र निर्माणका लागि पूर्वाधारमा लगानी बढाउनुपर्छः अध्यक्ष पाण्डे
Photo / Coverage: टक्सार

काठमाडौं । नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउन पूर्वाधार क्षेत्रमा लगानी बढाउनुका साथै उत्पादन क्षमता विस्तार गर्नुपर्ने नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट २०२६ सम्बन्धी पत्रकार सम्मेलन तथा प्रोजेक्ट शोकेसमा बोल्दै उनले सडक र पुल निर्माणमा मात्र सीमित नभई ऊर्जा, सिँचाइ, औद्योगिक क्षेत्र, डिजिटल सञ्जाल, खानेपानी र सहरी विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने बताए। अध्यक्ष पाण्डेले लगानी आकर्षित गर्न सरकार परिवर्तन भए पनि नफेरिने नीति, स्पष्ट नियम, समयमै निर्णय र भरपर्दो सार्वजनिक सेवा आवश्यक रहेको उल्लेख गरे। उनले पूर्वाधार निर्माणसँगै सञ्चालन र मर्मतसम्भारलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए। सरकारले नीतिगत स्थिरता र लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने तथा निजी क्षेत्रले पुँजी, प्रविधि र उद्यमशीलतामार्फत उत्पादन र रोजगारी बढाउनुपर्ने उनको भनाइ छ। नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी डिसेम्बर ९ र १० गते काठमाडौंको सोल्टी होटलमा आयोजना हुने भएको छ। नेपाल सरकार, सीएनआई र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनले पूर्वाधार लगानी, उत्पादन र आर्थिक समृद्धिका विषयमा छलफल गर्नेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री राहत कोषमा १८ अर्ब ३७ करोडभन्दा बढी मौज्दात
Latest NewsJust now

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब ३७ करोडभन्दा बढी मौज्दात

रसुवाको भोटेकोसी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १३ अर्ब ६... ...

नेपालखबर
जनकपुरको पाँचौँ विकेट पतन, ५५ रनमा आधा टोली आउट
Latest NewsJust now

जनकपुरको पाँचौँ विकेट पतन, ५५ रनमा आधा टोली आउट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पाँचौँ विकेट गुमाएको छ । लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले ९.५ ओभरमा ५५ रन बनाउँदा पाँचौँ विकेट गुमाएको... ...

रातोपाटी
पूर्वाधार सम्मेलनअघि नै ५९ कानुन संशोधन गर्छाैँ, संसद् सञ्चालन नभए अध्यादेश ल्याउँछौँ : कानुनमन्त्री
Latest NewsJust now

पूर्वाधार सम्मेलनअघि नै ५९ कानुन संशोधन गर्छाैँ, संसद् सञ्चालन नभए अध्यादेश ल्याउँछौँ : कानुनमन्त्री

काठमाडौँ ।सरकारले आगामी ‘नेपाल पूर्वाधार सम्मेलन' अघि लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित ५९ वटा कानुन संशोधन गर्ने तयारी गरेको छ। सम्मेलनको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै कानुन, न्याय... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play