Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

१०औँ राष्ट्रिय खेलकुद : आज ९ खेलमा प्रतिस्पर्धा हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
१०औँ राष्ट्रिय खेलकुद : आज ९ खेलमा प्रतिस्पर्धा हुँदै
Photo / Coverage: पर्दाफास

जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (शुक्रबार) विभिन्न नौ खेल विधामा प्रतिस्पर्धा हुँदैछ । खेल तालिकाअनुसार महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस, कबड्डी, जिम्न्यास्टिक, पुरुष क्रिकेट, फुलकन्ट्याक्ट कराँते र शारीरिक सुगठनका खेल सञ्चालन हुनेछन् । महिला क्रिकेट वीरेन्द्रनगर रंगशाला तथा पुरुष क्रिकेट कालुञ्चोक मैदानमा हुनेछ । त्यस्तै, पुरुष फुटबल मुख्य रंगशालामा र महिला बास्केटबल वीरेन्द्रनगर रंगशालामा सञ्चालन हुनेछ । यसैगरी, टेनिस बर्दियामा, कबड्डी मुख्य कबड्डी हलमा र जिम्न्यास्टिक मिनी कबड्डी हल सुर्खेतमा आयोजना हुनेछ । फुलकन्ट्याक्ट कराँते ब्याडमिन्टन कभर्डहल सुर्खेतमा सञ्चालन हुँदा शारीरिक सुगठनका प्रतिस्पर्धा रुकुम पश्चिमको चौरजहारीमा हुनेछन् । खेल तालिकाअनुसार शारीरिक सुगठनका प्रतिस्पर्धा बिहान ८ बजेदेखि सुरु हुनेछन् । टेनिस, कबड्डी, जिम्न्यास्टिक, पुरुष क्रिकेट र फुलकन्ट्याक्ट कराँते बिहान ९ बजेदेखि सञ्चालन हुनेछन् । त्यस्तै, महिला क्रिकेट, पुरुष फुटबल र महिला बास्केटबलका खेल पनि बिहान ९ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न खेल विधाका प्रतिस्पर्धा कर्णाली प्रदेशसहित बाँके, बर्दियालगायतका जिल्लामा सञ्चालन भइरहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विदेशी नागरिकता लिएकाको वंशजको नागरिकता किन खोस्ने ? अभियन्ता घिमिरेले दिए यस्तो तर्क
OthersJust now

विदेशी नागरिकता लिएकाको वंशजको नागरिकता किन खोस्ने ? अभियन्ता घिमिरेले दिए यस्तो तर्क

‘नागरिकता खोई ?’ अभियानका अभियन्ता बासुदेव घिमिरेले विदेशमा नागरिकता लिएका नेपालीको वंशजको नागरिकताको निरन्तरता कायम गर्नुपर्ने बताएका छन् । उनले वंशजको नागरिकताको निरन्तरता विदेशमा बस्ने नेपालीको व्यक्तिगत आवश्यकताभन्दा पनि नेपालको राष्ट्रिय आवश्यकता भएको बताएका हुन्। नेपाल न्यूज बैंकसँगको कुराकानीमा घिमिरेले ठूलो सङ्ख्यामा नेपाली युवा विदेश पलायन भइरहेका बेला उनीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालसँग जोड्न वंशजको नागरिकताको निरन्तरता आवश्यक रहेको ...

पर्दाफास
सिरहामा १४ लाख ४५ हजारभन्दा बढीको अवैध सामान बरामद
OthersJust now

सिरहामा १४ लाख ४५ हजारभन्दा बढीको अवैध सामान बरामद

१२ मंसिर, सिरहा । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले जिल्लाका विभिन्न सीमा क्षेत्रबाट १४ लाख ४५ हजार ६२० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले मंसिर ११ गते बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरेको चेकजाँच तथा निगरानीका क्रममा मोटरसाइकल, लत्ताकपडा, किराना सामान, बिँडी, पेय पदार्थ, कुर्सी, मदिरा… ...

अनलाइन खबर
चार महिनादेखि राष्ट्रिय सूचना आयोग पदाधिकारीविहीन, नियुक्ति प्रक्रिया अझै अन्योलमा
OthersJust now

चार महिनादेखि राष्ट्रिय सूचना आयोग पदाधिकारीविहीन, नियुक्ति प्रक्रिया अझै अन्योलमा

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त र सूचना आयुक्त नियुक्तिका लागि आवेदन आह्वान गरिएको लामो समय बितिसक्दा पनि सरकारले नियुक्ति प्रक्रिया टुङ्ग्याउन नसक्दा आयोग पदाधिकारीविहीन बनेको छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि नयाँ सरकार बनेसँगै आयोग पदाधिकारीविहीन बनेको हो । आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदका लागि २०८३ साउन २२ गते दरखास्त आह्वान गरी सार्वजनिक सूचना जारी ...

पर्दाफास
जेनजी आन्दोलनमा महोत्तरी कारागारबाट फरार लागुऔषध मुद्दाका एक बन्दी सिरहामा पक्राउ
OthersJust now

जेनजी आन्दोलनमा महोत्तरी कारागारबाट फरार लागुऔषध मुद्दाका एक बन्दी सिरहामा पक्राउ

जेनजी आन्दोलनका क्रममा महोत्तरीको जलेश्वर कारागारबाट फरार भएका लागुऔषध मुद्दाका एक बन्दीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका–७ निवासी करिब २२ वर्षीय दुर्गेश यादवलाई पक्राउ गरिएको हो । उनी लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका बेला आन्दोलनका क्रममा फरार भएका थिए । प्रहरीका अनुसार मंसिर ११ गते दिउँसो ३ः२५ बजे इलाका प्रहरी कार्यालय माडर सिरहाबाट ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement