Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/ह्वावे वाच जीटी ७ सिरिज नेपालमा सार्वजनिक

ह्वावे वाच जीटी ७ सिरिज नेपालमा सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
ह्वावे वाच जीटी ७ सिरिज नेपालमा सार्वजनिक

ह्वावेले नेपालमा आफ्नो नयाँ ह्वावे वाच जीटी ७ सिरिज आधिकारिक रूपमा सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, अत्याधुनिक स्वास्थ्य निगरानी सुविधा तथा आउटडोर खेलकुद ट्र्याकिङ क्षमतासहितको यस सिरिजले नेपाली उपभोक्तालाई उत्कृष्ट स्मार्टवाच अनुभव प्रदान गर्नेछ। यस सिरिजअन्तर्गत ४४,९९० मूल्यको ह्वावे वाच जीटी ७र ६४,९९० मूल्यको ह्वावे वाच जीटी ७ प्रो उपलब्ध छन्। आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएका यी स्मार्टवाचमा आकर्षक डिजाइनसँगै स्मार्ट फिटनेस तथा स्वास्थ्यसम्बन्धी सुविधाहरू समावेश गरिएका छन्। नेपालको साहसिक यात्राका लागि उपयुक्त ह्वावे वाच जीटी ७ प्रो मा एयरोस्पेस-ग्रेड टाइटेनियम एलोय केस, नानो-टेक्नोलोजी सिरेमिक बेजेल र नीलमणि (सफायर) ग्लासको सुरक्षा प्रदान गरिएको छ। यसमा रहेको १.४७ इन्चको एमोलेड डिस्प्लेले अधिकतम ३,००० निट्ससम्मको ब्राइटनेस प्रदान गर्ने भएकाले बाहिरी वातावरणमा पनि स्क्रिन स्पष्ट देख्न सकिन्छ। ह्वावेको सनफ्लावर पोजिसनिङ सिस्टम र डुअल-ब्यान्ड जीपीएस प्रविधिसहितको यस स्मार्टवाचले यात्राको मार्गलाई सटीक रूपमा ट्र्याक गर्न सहयोग गर्छ। यसको ट्रेल रनिङ मोडले उचाइ, गति, उकालो–ओरालोको ढलान, दूरी तथा मुटुको धड्कनसम्बन्धी जानकारी प्रदान गर्छ। यी सुविधाले यसलाई हाइकिङ, ट्रेकिङ तथा अन्य आउटडोर गतिविधिका लागि उपयुक्त बनाउँछन्। यसका अतिरिक्त, साइकलिङ र गल्फका लागि विशेष सुविधाहरू तथा ४० मिटरसम्मको गहिराइमा फ्रिडाइभिङ गर्न सहयोग गर्ने सुविधाले यस स्मार्टवाचको खेलकुदसम्बन्धी क्षमतालाई थप विस्तार गरेको छ। उन्नत स्वास्थ्य निगरानी र लामो ब्याट्री लाइफ ह्वावे वाच जीटी ७ प्रो मा ईसीजी विश्लेषण, मुटुको धड्कन तथा रगतमा अक्सिजनको मात्रा निगरानी, निद्रा विश्लेषण, एचआरभी (हार्ट रेट भेराएबिलिटी) ट्र्याकिङ र तनाव निगरानीजस्ता सुविधाहरू उपलब्ध छन्। यसमा रहेको फिजिकल रेडिनेस स्कोरले प्रयोगकर्तालाई शरीरको रिकभरी अवस्था र दैनिक गतिविधिका लागि आफ्नो तयारी बुझ्न सहयोग गर्छ। साथै, ११० भन्दा बढी वर्कआउट मोडहरूले विभिन्न फिटनेस लक्ष्य हासिल गर्न सहयोग पुर्‍याउँछन्। कम्पनीले दावी गरे अनुसार यस स्मार्टवाचको अर्को विशेषता यसको लामो ब्याट्री लाइफ हो। प्रयोगको अवस्थाअनुसार हल्का प्रयोगमा २१ दिनसम्म, सामान्य प्रयोगमा १२ दिनसम्म र ट्रेल रनिङ मोडमा ५१ घण्टासम्म ब्याट्री टिक्न सक्छ। यो स्मार्टवाच एण्ड्रोइड र आईओएस दुवै डिभाइससँग प्रयोग गर्न सकिन्छ। मूल्य, उपलब्धता र सीमित अवधिको विशेष अफर ह्वावे वाच जीटी ७को ४६ एमएम भेरियन्ट कालो र पहेँलो रङमा तथा ४१ एमएम भेरियन्ट गुलाबी रङमा उपलब्ध छ। यसको मूल्य ४४,९९० तोकिएको छ। त्यस्तै, ह्वावे वाच जीटी ७ प्रो को ४६ एमएम भेरियन्ट कालो, हरियो र पहेँलो रङमा उपलब्ध छ। यसको मूल्य ६४,९९० रहेको छ। सीमित अवधिका लागि ह्वावे वाच जीटी ७ प्रो खरिद गर्ने ग्राहकले NPR ५,४९० मूल्य पर्ने ह्वावे फ्रीबड्स एसई २ निःशुल्क प्राप्त गर्नेछन्। यस विशेष अफरले ग्राहकलाई प्रिमियम स्मार्टवाचको अनुभवसँगै थप मूल्यवान उपहार प्राप्त गर्ने अवसर प्रदान गर्नेछ। The post ह्वावे वाच जीटी ७ सिरिज नेपालमा सार्वजनिक appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

केडीडीआईले जापानमा ड्रोन डेलिभरी सेवा सुरु गर्न अल्फाबेटको विङ्गसँग साझेदारी
प्रविधिJust now

केडीडीआईले जापानमा ड्रोन डेलिभरी सेवा सुरु गर्न अल्फाबेटको विङ्गसँग साझेदारी

केडीडीआईले सन् २०२७ मा ड्रोन डेलिभरी सेवा सुरु गर्न अल्फाबेटको विङ्गसँग साझेदारी गरेको छ। केडीडीआईको सहायक कम्पनी केडीडीआई स्मार्टड्रोन र अल्फाबेटको स्वामित्वमा रहेको विङ्ग एभिएसन (Wing Aviation) ले जापानमा व्यावसायिक ड्रोन डेलिभरी सेवा सुरु गर्न रणनीतिक साझेदारी गरेका छन्। यसअन्तर्गत सन् २०२७ मा केही छानिएका क्षेत्रहरूबाट सेवाको सुरुवात गर्ने लक्ष्य राखिएको छ। यी कम्पनीहरूले खाद्यान्न, दैनिक घरायसी सामान र अन्य साना खुद्रा सामग्रीहरू—जसमा ...

टेक्नोलोजी खबर
नेटफ्लिक्स र होइचोईले भारतभर बंगाली सामग्रीहरू हिन्दी, तमिल र तेलुगु भाषामा स्ट्रिम गर्ने
प्रविधिJust now

नेटफ्लिक्स र होइचोईले भारतभर बंगाली सामग्रीहरू हिन्दी, तमिल र तेलुगु भाषामा स्ट्रिम गर्ने

बंगाली भाषाको स्ट्रिमिङ प्लेटफर्म तथा कन्टेन्ट स्टुडियो ‘होइचोई’ र नेटफ्लिक्सले भारतभर होइचोईका सामग्रीहरूको वितरण विस्तार गर्न सहमति जनाएका छन्। सम्झौताका सर्तहरू अनुसार, आगामी दुई वर्षभित्र सार्वजनिक हुने होइचोईका सबै शृङ्खलाहरू होइचोईमा बंगाली भाषामा उपलब्ध हुनुका साथै, नेटफ्लिक्समा हिन्दी, तमिल र तेलुगु भाषामा विशेष रूपमा उपलब्ध हुनेछन्। अक्टोबर २२, २०२६ मा घोषणा गरिएको, आफ्नै किसिमको यो पहिलो बहु-वर्षीय सहकार्यको उद्देश्य लोकप्रिय बंगाली कथाहरूलाई ...

टेक्नोलोजी खबर
अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला
प्रविधिJust now

अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी सङ्घीय निर्वाचन आयोग (एफइसी) को विद्युतीय फाइलिङ प्रणालीमा ह्याकरहरूले अवरोध पुर्‍याएका छन्। रोयटर्सका अनुसार यसका कारण राजनीतिक दल तथा समितिहरूलाई चुनावी खर्चको अनिवार्य विवरण बुझाउन समस्या भएको छ। आयोगले प्रणालीमा अनधिकृत प्रवेशको प्रयास भएपछि अनलाइन सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको छ। सूचना प्रविधि कर्मचारीले सेवा पुनः सञ्चालन गर्न काम गरिरहेका छन्। अवरोधका कारण ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play